छाउगोठः जनावरभन्दा देवताकै डर
जाजरकोट, ९ वैशाख । जुनीचाँदे–४ लुहादहकी गीता खड्का हरेक पटक महिनावारी हुँदा घरभन्दा पर बनाइएको छाउगोठमा बस्छिन् ।
छाउगोठमा एक्लै बस्नुपर्दा उनलाई निकै डर लाग्नेगर्छ तर त्यसभन्दा बढी डर उनलाई देवताको लाग्छ । देवताको डरकै कारण उनी महिनावारी हुँदा घरदेखि टाढा जंगलछेउमा रहेको छाउगोठमा बस्ने गरेकी छन् ।
“ममात्रै जानु परेको भए अप्ठेरो हुन्थ्यो, महिनावारी हुँदा यहाँका सबै महिला छाउगोठमै बस्छन्”, उनले भनिन्, “बज्यै, आमा, भाउजूले मानी आएको यो चलन हाम्रा लागि पनि नयाँ होइन, अब त नियमित जस्तै भइसक्यो ।” गीताले जस्तै जुनीचाँदेका महिला र युवतीले छाउपडी प्रथालाई संस्कारकै रुपमा स्वीकार्दै आएका छन् । “छुई हुँदा घरभित्रै बस्यो भने त देवता रिसाउँछन्, अनेक समस्या आइलाग्छन्”, गीताले छाउगोठ जानाको कारण बताइन्, “देवता लागे भने जिन्दगीभर दुःख पाइन्छ, त्योभन्दा बरु छाउगोठमा गएर बस्यो, एक हप्ता त हो ।” ‘देवता लाग्ने’ डरकै कारण यहाँका महिला छाउपडी बार्न बाध्य छन् ।
जुनीचाँदेकै पार्वती खड्का आदर्श माविमा कक्षा ११ मा पढ्छिन् । उच्च शिक्षा अध्ययनकै क्रममा रहेकी उनी पनि महिनावारी हुँदा छाउगोठमै पुग्छिन् । सरकारले छाउपडी प्रथा अन्त्य गर्न कानून बनाएको छ भन्नेबारे उनलाई थाहा नभएको होइन । पार्वतीलाई छाउपडी प्रथा गलत हो भन्ने थाहा छ । उनलाई पनि देवताको डरकै कारण गोठमा बस्नैपर्ने बाध्यता छ ।
पहिलेदेखि चलिआएको चलनलाई नकार्न निकै गाह्रो भएको उनको भनाइ छ । “महिनावारी हुँदा गोठमा गई नबसे लागो लाग्छ”, उनले भनिन् “देवता रिसाए हामीलाई अनर्थ हुन्छ, अनि जानुपरेन त गोठमा ?” कक्षा ९ मा अध्ययनरत गीता खड्का पनि पार्वतीकै जस्तो भ्रममा छिन् । उनलाई पनि गोठमा बस्दा हुने अन्य डरभन्दा देवता रिसाएर पु¥याउने क्षतिको डर बढी लाग्ने गर्छ । महिनावारीको समय र सुत्केरी हुँदा घरमा बसे देवताले नाश गर्छन् भन्ने गीताको बुझाइ छ । छाउपडीप्रथा गलत हो भनेर सुन्दै र पढ्दै आए पनि आफूलाई भने देवता रिसाउने डर नै बढी लाग्ने गरेको उनले बताइन् । गाउँका सबै महिला र युवती महिनावारी र सुत्केरी हँुदा छाउगोठमै बस्ने गरेकाले आफू पनि त्यहीँ बस्ने गरेको गीताको भनाइ छ ।
गीता र पार्वती मात्र होइन, छाउगोठ जिल्लाका विकट एवं दुर्गम गाउँपालिकाका रुपमा रहेको जुनीचाँदे– ४ लुहादहका सबै महिलाको बाध्यता बनेको छ । महिनावारी हँुदा सात र सुत्केरी हुँदा १० दिन गोठमा बस्नुपर्ने बाध्यताका कारण उक्त गाउँका महिलाले विभिन्न किसिमका समस्या झेल्नुपरेको स्थानीयवासी प्रेमबहादुर खड्काले बताए । पुरानो पुस्ताको जिद्दी र नयाँ पुस्ताले त्यसैलाई स्वीकार गरेका कारण गाउँबाट छाउपडी प्रथा हटाउन नसकिएको उनले बताए । विद्यालयमा छाउपडी प्रथाले निम्त्याउने समस्या र यो अन्धविश्वास हो भनेर जति पटक पढाए पनि विद्यार्थी नै सो भ्रमबाट मुक्त हुन नसकेको आदर्श माविकै शिक्षक नेपालीदास चौधरीले बताए । “म आदर्श माविमा आएको करीब १८ वर्ष पूरा भयो, यहाँका अधिकांश विद्यार्थीलाई बालविवाह र छाउपडीको बारेमा जतिसुकै शिक्षा दिए तापनि यो प्रथाको अन्त्य हुनै सकेको छैन”, शिक्षक चौधरीले भने ।
विगतदेखि हजुरआमा, आमाले गरेको चलन आफूहरुले नगर्दा घरबाटै छाउगोठमा बस्न दवाव आउने गरेको स्थानीयवासी महिला बताउँछन् । सुत्केरी अवस्थामा छाउगोठको बसाइले शिशु स्याहार गर्न कठिन हुने गरेको र त्यसभन्दा पहिले धेरै बालबालिकालगायत आमाको समेत ज्यान जाने गरेको स्थानीयवासी कविता खड्काले बताइन् । यसरी यहाँका किशोरी र महिला कुसंस्कारको शिकार बन्दै आएका छन् । छाउपडीमा बस्दा बिरामी परेर प्रत्येक महिना बाह्रभन्दा बढी बिरामी उपचारका लागि आउने गरेको स्थानीय स्वास्थ्यकर्मी प्रदीप थापाले जानकारी दिए ।
छाउपडी प्रथाका कारण यहाँका किशोरीको पढाइमा बाधा परेको छ । छाउपडी प्रथाकै कारण लुहादहमा रहेको विद्यालयमा अध्ययनरत किशोरी विद्यालय आउन लजाउने गरेको र कतिपयले विद्यालय नै छाड्ने गरेको शिक्षक बताउँछन् ।
के गर्दैछ स्थानीय सरकार
अन्धविश्वासका कारण छाउपडी प्रथाले विकराल रुप लिएपछि यसलाई हटाउनका लागि गाउँपालिका योजना बनाएर काम गर्ने तयारीमा छ । गाउँपालिका छाउपडी प्रथा हटाउनका लागि स्थानीय युवा र आमा समूहसँग छलफल गर्दै अगाडि बढेको छ ।
सरकारले नै छाउपडी प्रथाविरुद्धको ऐन बनाएर लागू गरेको छ । गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीले सो प्रथा अन्त्यका लागि पहल भइरहेको बताए । युवापुस्ताले छाउ हटाउन खोजे पनि वृद्धवृद्धालाई बुझाउन नसकिएको केसीको भनाइ छ । उनले भने, “अब हामी विशेष कार्यक्रम बनाएर यो कुसंस्कारको विरुद्धमा अभियान सञ्चालन गर्छौं, गाउँपालिका बजेट कार्यान्वयन प्रक्रियामा छ । यो प्रथा अन्त्यका लागि गाउँपालिकाबाट बजेट पनि विनियोजित गरिएको छ ।”
सबै जनप्रतिनिधि आआफ्ना ठाउँमा सक्रिय भई छिट्टै अभियान चलाएर सो संस्कार बदल्ने कार्यमा गम्भीर हुने अध्यक्ष केसीले बताए । जिल्लाका सम्बन्धित निकायले सो प्रथा अन्त्य गर्नका लागि समन्वय गरेर अघि बढ्नुपर्ने उनको भनाइ छ ।
Comments
अरु समाचार
-
दोलखाका युवा नेता ‘नोर्बु शेर्पा’ केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्दै
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का युवा नोर्बु शेर्पाले नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्ने घोषणा...
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...













