प्रविधिको पहुँच दूरदराजसम्म पु¥याइनुपर्छ ः सञ्चार राज्यमन्त्री
काठमाडौँ, १३ वैशाख । सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सूचना तथा सञ्चार प्रविधिको पहुँच देशका ग्रामीण भेगका दूरदराजसम्म पु¥याइनुपर्ने बताउनुभएको छ ।
‘इन्टरनेशनल गल्र्स इन आइसिटी डे’ को अवसरमा सञ्चार तथ सूचना प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणले संयुक्त रुपमा विहिवार आयोजना गरेको कार्यक्रममा उहाँले सूचना प्रविधिको पहुँच शहर र सुविधायुक्त क्षेत्रमा मात्र केन्द्रित रहेको भन्दै यसलाई गाउँका कुना कुनासम्म पु¥याउनु पर्ने बताएका हुन् ।
राज्यमन्त्री बाँस्कोटाले सूचना प्रविधि मुलुकमा समृद्धि प्राप्त गर्ने महत्वपूर्ण आधार बन्ने उल्लेख गर्दै आधुनिक सूचना प्रविधिको कसरी अधिकतम उपयोगिता बढाउने भन्नेतर्फ ध्यान दिन सरोकार भएका निकायको ध्यानाकर्षण गराउनुभयो ।
उहाँले भन्नुभयो, “मानव जीवनमा परिवर्तन ल्याउने महत्वपूर्ण आधार आइसिटीको सही सदुपयोग आजको आवश्यकता हो । अनुसन्धान, नवनिर्माण र मानव जीवनको उपयोगितामा प्रयोग गर्न सके यसले जनताको जीवनस्तर सुधार्न मद्दत पुग्छ तर, प्रविधिको दुरुपयोग भयो भने मुलुकलाई बर्बादीतर्फ लैजान सक्छ । त्यसैले सूचना प्रविधिको विकास र प्रयोगलाई सही ढंगले सदुपयोग गर्नुपर्छ ।”
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्यायले सूचना प्रविधिको असाधारण अवसर दिनप्रतिदिन बढ्दै गइरहेको र यसमा महिलाको पहुँच वृद्धि गर्न सकिए राज्यलाई सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
राष्ट्रिय महिला आयोगका सचिव अनिलकुमार ठाकुरले सूचना प्रविधिको प्रयोगबाट महिलाको सशक्तीकरण तथा सामाजिक संस्कारको विभेद न्यूनीकरणमा महत्वपूर्ण सहयोग पुग्ने धारणा राख्नुभयो ।
सूचना प्रविधि विभागका महानिर्देशक लक्ष्मीप्रसाद यादवले राज्यको हरेक निकायमा महिलाको पहुँच वृद्धि गर्न सूचना प्रविधि सहयोगीसिद्ध हुने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल दूर सञ्चार प्राधिकरणका वरिष्ठ निर्देशक आनन्दप्रसाद खनालले प्रविधिमा महिलाको पहुँच अभिवृद्धि गर्ने गरी प्राधिकरणले नीतिगत कार्यक्रम ल्याउने बताउनुभयो ।
सन् २०१० र २०१४ मा सम्पन्न आइटियु सम्मेलनको निर्णय अनुसार नेपालले सन् २०१३ देखि यो दिवस मनाउन थालेको हो ।
Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप !
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप भएको छ। गत जुलाईमा दुई देशका सेनाबीच सिमानामा ५ दिनसम्म आक्रमण प्रत्याक्रमण...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...












