प्रविधिको पहुँच दूरदराजसम्म पु¥याइनुपर्छ ः सञ्चार राज्यमन्त्री
काठमाडौँ, १३ वैशाख । सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सूचना तथा सञ्चार प्रविधिको पहुँच देशका ग्रामीण भेगका दूरदराजसम्म पु¥याइनुपर्ने बताउनुभएको छ ।
‘इन्टरनेशनल गल्र्स इन आइसिटी डे’ को अवसरमा सञ्चार तथ सूचना प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणले संयुक्त रुपमा विहिवार आयोजना गरेको कार्यक्रममा उहाँले सूचना प्रविधिको पहुँच शहर र सुविधायुक्त क्षेत्रमा मात्र केन्द्रित रहेको भन्दै यसलाई गाउँका कुना कुनासम्म पु¥याउनु पर्ने बताएका हुन् ।
राज्यमन्त्री बाँस्कोटाले सूचना प्रविधि मुलुकमा समृद्धि प्राप्त गर्ने महत्वपूर्ण आधार बन्ने उल्लेख गर्दै आधुनिक सूचना प्रविधिको कसरी अधिकतम उपयोगिता बढाउने भन्नेतर्फ ध्यान दिन सरोकार भएका निकायको ध्यानाकर्षण गराउनुभयो ।
उहाँले भन्नुभयो, “मानव जीवनमा परिवर्तन ल्याउने महत्वपूर्ण आधार आइसिटीको सही सदुपयोग आजको आवश्यकता हो । अनुसन्धान, नवनिर्माण र मानव जीवनको उपयोगितामा प्रयोग गर्न सके यसले जनताको जीवनस्तर सुधार्न मद्दत पुग्छ तर, प्रविधिको दुरुपयोग भयो भने मुलुकलाई बर्बादीतर्फ लैजान सक्छ । त्यसैले सूचना प्रविधिको विकास र प्रयोगलाई सही ढंगले सदुपयोग गर्नुपर्छ ।”
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्यायले सूचना प्रविधिको असाधारण अवसर दिनप्रतिदिन बढ्दै गइरहेको र यसमा महिलाको पहुँच वृद्धि गर्न सकिए राज्यलाई सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
राष्ट्रिय महिला आयोगका सचिव अनिलकुमार ठाकुरले सूचना प्रविधिको प्रयोगबाट महिलाको सशक्तीकरण तथा सामाजिक संस्कारको विभेद न्यूनीकरणमा महत्वपूर्ण सहयोग पुग्ने धारणा राख्नुभयो ।
सूचना प्रविधि विभागका महानिर्देशक लक्ष्मीप्रसाद यादवले राज्यको हरेक निकायमा महिलाको पहुँच वृद्धि गर्न सूचना प्रविधि सहयोगीसिद्ध हुने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल दूर सञ्चार प्राधिकरणका वरिष्ठ निर्देशक आनन्दप्रसाद खनालले प्रविधिमा महिलाको पहुँच अभिवृद्धि गर्ने गरी प्राधिकरणले नीतिगत कार्यक्रम ल्याउने बताउनुभयो ।
सन् २०१० र २०१४ मा सम्पन्न आइटियु सम्मेलनको निर्णय अनुसार नेपालले सन् २०१३ देखि यो दिवस मनाउन थालेको हो ।
Comments
अरु समाचार
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
विभागले म्यानपावर कम्पनीलाई भन्यो- विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नु
काठमाडौं । वैदेशिक रोजगार विभागले इजाजतप्राप्त म्यानपावर कम्पनीहरूलाई आफूहरूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकहरूको अवस्था नियमित रूपमा अनुगमन गर्न निर्देशन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...
-
मुद्दाबीच पनि रवि प्रधानमन्त्री बन्न सक्ने सम्भावना नकार्न सकिँदैन: किशोर श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका मुद्दाहरूले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आशंका रहे पनि अहिले...
-
प्रतिनिधिसभा बैठक आज पनि, बजेटबारे सम्बन्धित मन्त्रीको जवाफ
काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने संसद सचिवालयले जनाएको छ...











