नेपालका अधिकांश इँट्टा उद्योगमा अझै ३२ हजार बालश्रमिक

काठमाडौं,१४ वैशाख। नेपालमा बालश्रम उन्मुलन सम्बन्धी कानून बनेको झण्डै २६ वर्ष वितिसक्दा पनि कार्यान्वयनमा आउन नसक्नु चिन्ताको विषय भएको विभिन्न विज्ञहरुले बताएका छन् ।
यतिका वर्ष वितिसक्दा समेत राज्यको ध्यान नपुग्नु चिन्ताको विषय भएको ग्लोबल फेयरनेश इनिसिएटिभ अन्तर्गत सञ्चालनमा रहेको बेटर ब्रिक नेपालले राजधानीमा आयोजना गरेको ‘बाल, बाध्यकारी र बधुवा श्रममा सञ्चारकर्मीको भूमिका’ विषयक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।
ग्लोबल फेयरनेश इनिसिएटिभका कन्ट्री डाइरेक्टर होमराज आचार्यले भने,’ नेपालमा बालश्रम उन्मुलन सम्बन्धी कानून बनेको झण्डै २६ वर्ष भैसक्यो । तर, पनि नेपालबाट बालश्रम उन्मुलन हुन सकिरहेको छैन’ । नेपालबाट बालश्रम उन्मुलनका लागि सरकार लगायतका सम्बन्धित संघसंस्थाहरु बालबालिका प्रति संवेदनशील हुन जरुरी रहेको उनले बताए ।
उनका अनुसार नेपालमा हाल झण्डै १६ लाख बालबालिका अझै पनि श्रमिकका रुपमा कार्यरत छन् । त्यसैगरी, ६ लाख २१ हजार बालबालिका अमानवीय श्रम गर्न बाध्य छन् भने एक हजार दुई सय ९४ इँट्टा उद्योग सञ्चालनमा रहेकोमा ती इँट्टा उद्योगमा झण्डै ३२ हजार बालबालिका कार्यरत रहेका छन् ।
नेपालमा बालश्रम उन्मुलन सम्बन्धी कानून बनेको लामो भइसक्दा पनि यसलाई कार्यान्वयमा ल्याउन नसक्नु दुःखको कुरा भएको नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले बताउनु भयो । उनले भने,’नेपालमा बालश्रम उन्मुलन सम्बन्धी कानूनहरु त बनेका छन् । तर, यसलाई कार्यान्वयन गर्न नसक्दा अझै पनि लाखौ बालबालिका श्रम गर्न बाध्य रहेको हुदाँ यसको कार्यान्वयनका लागि सरकारले जनस्तरबाटै दवाव दिन आवश्यक छ’ ।
कार्यक्रममा राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त किरण पोखरेलले देशको अहिलेको एजेण्डा भनेकै शान्ती र समृद्धि भएको बताउँदै देशमा शान्ती र समृद्धि ल्याउन बालबालिकालाई शोषणरहित दिक्षादिक्षा तर्फ उन्मुख गर्न जरुरी रहेको बताए ।
नेपालका सञ्चारमाध्यमहरुले जनमतमार्फत सरकारलाई दवाव दिएर पनि बालश्रम उन्मुलनकालागि महत्वपूर्ण भूमिका खेल्न सक्ने उनले बताए ।
Comments
अरु समाचार
-
निर्वाचनको अन्तिम परिणाम चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस गर्ने तयारी
काठमाडौँ । निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम आगामी चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस...
-
पत्रकार दीपेन्द्र विष्टलाई मातृशोक
डडेलधुरा । पत्रकार दीपेन्द्र विष्टलाई मातृशोक परेको छ । कान्तिपुर मिडियामा कार्यरत विष्टकी आमा ८५ वर्षीया हजारीदेवी विष्टको सोमबार डडेलधुराको...
-
जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
रौतहट । पर्साको सखुवा प्रसौनी गाउँपालिकामा सोमबार राति जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक...
-
१६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक, कुन पार्टीको कति ?
काठमाडौं । निर्वाचन आयोगले १६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक गरेको छ । सबैभन्दा अन्तिममा संखुवासभाको मत परिणाम सोमबार राति...
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...











