विद्यार्थीहरु पढाई छोडी यार्सा खोज्न लेकतिर

डोल्पा, १८ वैशाख्र । बहुमुल्य जडीबुटी यार्सागुम्बा सिजन सुरुभएसँगै हिमाली जिल्ला डोल्पाका अधिकाशं विद्यालयहरुमा विद्यार्थी सङ्ख्या घटेको छ । यस वर्ष जेठ १ गते भित्रै यासागुम्बाका लागि पाटनहरु खुला गरिने भएपछि विद्यालय जान छाडेर विद्यार्थीहरु यार्सागुम्बा संकलनको पूर्वतयारीमा जुट्न थालेपछि डोल्पाका विद्यालयहरुमा विद्यार्थी सङ्ख्या दिनप्रतिदिन घट्दै गएको हो ।
नियमित कक्षा छाडेर विद्यार्थीहरु यार्सागुम्बा संकलनका लागि धमाधम उच्च हिमाली पाटनहरु जान थालेकाले तल्लो डोल्पाका अधिकांश विद्यालयहरुमा विद्यार्थी संख्या घटेका छन् ।
तल्लो डोल्पाको मुड्केचुला गाउँपालिकामा पर्ने मालिका माध्यामिक बिद्यालय नर्कुका प्रधानाध्यापक दिपक गुरुङका अनुसार ‘धेरैजसो विद्यार्थीहरु यार्सागुम्बा संकलनकालागि पाटनतिर लागिसकेका छन्,एक हप्ता अगाडिसम्म खचाखच हुने कक्षाहरु विद्यार्थी नहुँदा पातलिँदै गएका छन् ।’
धेरै विद्यार्थी पाटनतिर लागिसकेको र भएका विद्यार्थीहरु पनि यार्सागुम्बा टिप्ने तयारीमा जुटेपछि विद्यालयको पठनपाठन समेत प्रभावित भएको छ उनले भने । त्यस्तै मध्ये डोल्पाका धेरैजसो आधारभुत र माध्यामिक विद्यालयमा पनि विद्यार्थीसङ्ख्यामा कमी आएको छ । त्रिपुराकोट माध्यामिक विद्यालय मद्धुका आधारभुत र माध्यामिक तहका कक्षाहरुमा पनि दश प्रतिशत जती विद्यार्थी घटेको विद्यालयले जनाएको छ ।
प्रत्येक वर्ष जेठदेखि असारसम्मको एक महिने अवधिमा चल्ने यार्सासिजन डोल्पाली विद्यार्थीहरुको आम्दानीको भरपर्दो स्रोत मानिँदै आएको छ ।जनप्रभा मावि लिकुमा यार्सागुम्बा सिजन सुरुभएपछि पहिलेको तुलनामा विद्यार्थीहरुको नियमिततामा कमी आएको शिक्षक भगिरथ भट्टले जानकारी दिए ।
यार्सागुम्बा संकलन गरेरै डोल्पाली विद्यार्थीहरुले वर्षभरीको पढाईखर्च जुटाउने भएकाले पनि प्रत्येक वर्षको यार्सागुम्बा सिजन डोल्पाली विद्यार्थीहरुको लागि आर्कषण बन्दै आउने गरेको छ । बिगतका वर्षहरुमा जेठको दोश्रो साताबाट खुला गरिदै आएका डोल्पाका यार्सागुम्बायुक्त हिमपाटनहरु यो वर्ष भने जेठ १ गतेबाटै खुला गरिने भएका छन ।
बहुमुल्य जडिबुटी यार्सागुम्बा टिप्नको लागि यत्तिखेर डोल्पाली विद्यार्थीहरु मात्र होइन छिमेकी जिल्ला जाजरकोट जुम्ला लगायत सुर्खेत दैलेख नेपालगन्ज र रामेछाप जिललाहरुबाट समेत यार्सागुम्बा संकलकहरु डोल्पाका पाटनहरुमा जानको लागि आउने क्रम सुरु भएको छ।
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












