विद्यार्थीहरु पढाई छोडी यार्सा खोज्न लेकतिर

डोल्पा, १८ वैशाख्र । बहुमुल्य जडीबुटी यार्सागुम्बा सिजन सुरुभएसँगै हिमाली जिल्ला डोल्पाका अधिकाशं विद्यालयहरुमा विद्यार्थी सङ्ख्या घटेको छ । यस वर्ष जेठ १ गते भित्रै यासागुम्बाका लागि पाटनहरु खुला गरिने भएपछि विद्यालय जान छाडेर विद्यार्थीहरु यार्सागुम्बा संकलनको पूर्वतयारीमा जुट्न थालेपछि डोल्पाका विद्यालयहरुमा विद्यार्थी सङ्ख्या दिनप्रतिदिन घट्दै गएको हो ।
नियमित कक्षा छाडेर विद्यार्थीहरु यार्सागुम्बा संकलनका लागि धमाधम उच्च हिमाली पाटनहरु जान थालेकाले तल्लो डोल्पाका अधिकांश विद्यालयहरुमा विद्यार्थी संख्या घटेका छन् ।
तल्लो डोल्पाको मुड्केचुला गाउँपालिकामा पर्ने मालिका माध्यामिक बिद्यालय नर्कुका प्रधानाध्यापक दिपक गुरुङका अनुसार ‘धेरैजसो विद्यार्थीहरु यार्सागुम्बा संकलनकालागि पाटनतिर लागिसकेका छन्,एक हप्ता अगाडिसम्म खचाखच हुने कक्षाहरु विद्यार्थी नहुँदा पातलिँदै गएका छन् ।’
धेरै विद्यार्थी पाटनतिर लागिसकेको र भएका विद्यार्थीहरु पनि यार्सागुम्बा टिप्ने तयारीमा जुटेपछि विद्यालयको पठनपाठन समेत प्रभावित भएको छ उनले भने । त्यस्तै मध्ये डोल्पाका धेरैजसो आधारभुत र माध्यामिक विद्यालयमा पनि विद्यार्थीसङ्ख्यामा कमी आएको छ । त्रिपुराकोट माध्यामिक विद्यालय मद्धुका आधारभुत र माध्यामिक तहका कक्षाहरुमा पनि दश प्रतिशत जती विद्यार्थी घटेको विद्यालयले जनाएको छ ।
प्रत्येक वर्ष जेठदेखि असारसम्मको एक महिने अवधिमा चल्ने यार्सासिजन डोल्पाली विद्यार्थीहरुको आम्दानीको भरपर्दो स्रोत मानिँदै आएको छ ।जनप्रभा मावि लिकुमा यार्सागुम्बा सिजन सुरुभएपछि पहिलेको तुलनामा विद्यार्थीहरुको नियमिततामा कमी आएको शिक्षक भगिरथ भट्टले जानकारी दिए ।
यार्सागुम्बा संकलन गरेरै डोल्पाली विद्यार्थीहरुले वर्षभरीको पढाईखर्च जुटाउने भएकाले पनि प्रत्येक वर्षको यार्सागुम्बा सिजन डोल्पाली विद्यार्थीहरुको लागि आर्कषण बन्दै आउने गरेको छ । बिगतका वर्षहरुमा जेठको दोश्रो साताबाट खुला गरिदै आएका डोल्पाका यार्सागुम्बायुक्त हिमपाटनहरु यो वर्ष भने जेठ १ गतेबाटै खुला गरिने भएका छन ।
बहुमुल्य जडिबुटी यार्सागुम्बा टिप्नको लागि यत्तिखेर डोल्पाली विद्यार्थीहरु मात्र होइन छिमेकी जिल्ला जाजरकोट जुम्ला लगायत सुर्खेत दैलेख नेपालगन्ज र रामेछाप जिललाहरुबाट समेत यार्सागुम्बा संकलकहरु डोल्पाका पाटनहरुमा जानको लागि आउने क्रम सुरु भएको छ।
Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप !
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप भएको छ। गत जुलाईमा दुई देशका सेनाबीच सिमानामा ५ दिनसम्म आक्रमण प्रत्याक्रमण...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...












