आन्दोलनका कारण मिटर रिडिङमा समस्या
नवलपरासी, ३० वैशाखऽ। पूर्वी नवलपरासीको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र कावासोतीअन्तर्गत रहेका मिटर रिडरको आन्दोलनका कारण मिटर रिडिङमा समस्या भएको छ ।
ज्यालादारीमा रहेर मिटर रिडिङ गर्दै आएका कर्मचारीले आफूहरुलाई स्थायी गर्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएपछि मिटर रिडिङमा समस्या भएको हो । कावासोती वितरण केन्द्रअन्तर्गत रहेका झण्डै २० जना मिटर रिडर आफूहरुलाई स्थायी गर्नुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएपछि केन्द्रअन्तर्गत रहेका विभिन्न क्षेत्रका सेवाग्राहीको मिटर रिडिङमा समस्या भएको छ ।
दैनिक ज्यालादारीमा काम गर्दै आएका मिटर रिडरहरुले आफूहरु स्थायी दरबन्दी कायम गर्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका हुन् ।
विद्युत् वितरण केन्द्र कावासोतीले मिटर रिडिङका लागि आवश्यक दरबन्दी नभएपछि ज्यालादारीमा मिटर रिडर राखेर काम गरिरहेको छ । झण्डै १०५ जनाको हाराहारीमा केन्द्रमा दरबन्दी कायम भएको भए पनि हाल ५० प्रतिशत पनि कर्मचारी नभएको शाखाले जनाएको छ । कर्मचारी नहुँदा कार्यालयले बाध्यताले दैनिक ज्यालादारीमा मिटर रिडर राखेको विद्युत् वितरण केन्द्रका इन्जिनियर विनोद सापकोटाले बताउनुभयो ।
मिटर रिडरहरु आन्दोलनमा उत्रिँदा ग्राहकको मिटर रिडिङ नभएको भन्दै नेपाल विद्युत् प्राधिकरण कावासोती वितरण केन्द्रले एक सूचना जारी गरी विसं २०७५ वैशाख महिनामा मिटरमा चढेको अंक टिपेर कार्यालयको काउण्टरमा सम्पर्क राखी महशुल बुझाउन अनुरोध गरेको इन्जिनियर सापकोटाले बताउनुभयो । रासस
Comments
अरु समाचार
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
विभागले म्यानपावर कम्पनीलाई भन्यो- विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नु
काठमाडौं । वैदेशिक रोजगार विभागले इजाजतप्राप्त म्यानपावर कम्पनीहरूलाई आफूहरूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकहरूको अवस्था नियमित रूपमा अनुगमन गर्न निर्देशन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...
-
मुद्दाबीच पनि रवि प्रधानमन्त्री बन्न सक्ने सम्भावना नकार्न सकिँदैन: किशोर श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका मुद्दाहरूले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आशंका रहे पनि अहिले...
-
प्रतिनिधिसभा बैठक आज पनि, बजेटबारे सम्बन्धित मन्त्रीको जवाफ
काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने संसद सचिवालयले जनाएको छ...












