आन्दोलनका कारण मिटर रिडिङमा समस्या
नवलपरासी, ३० वैशाखऽ। पूर्वी नवलपरासीको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र कावासोतीअन्तर्गत रहेका मिटर रिडरको आन्दोलनका कारण मिटर रिडिङमा समस्या भएको छ ।
ज्यालादारीमा रहेर मिटर रिडिङ गर्दै आएका कर्मचारीले आफूहरुलाई स्थायी गर्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएपछि मिटर रिडिङमा समस्या भएको हो । कावासोती वितरण केन्द्रअन्तर्गत रहेका झण्डै २० जना मिटर रिडर आफूहरुलाई स्थायी गर्नुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएपछि केन्द्रअन्तर्गत रहेका विभिन्न क्षेत्रका सेवाग्राहीको मिटर रिडिङमा समस्या भएको छ ।
दैनिक ज्यालादारीमा काम गर्दै आएका मिटर रिडरहरुले आफूहरु स्थायी दरबन्दी कायम गर्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका हुन् ।
विद्युत् वितरण केन्द्र कावासोतीले मिटर रिडिङका लागि आवश्यक दरबन्दी नभएपछि ज्यालादारीमा मिटर रिडर राखेर काम गरिरहेको छ । झण्डै १०५ जनाको हाराहारीमा केन्द्रमा दरबन्दी कायम भएको भए पनि हाल ५० प्रतिशत पनि कर्मचारी नभएको शाखाले जनाएको छ । कर्मचारी नहुँदा कार्यालयले बाध्यताले दैनिक ज्यालादारीमा मिटर रिडर राखेको विद्युत् वितरण केन्द्रका इन्जिनियर विनोद सापकोटाले बताउनुभयो ।
मिटर रिडरहरु आन्दोलनमा उत्रिँदा ग्राहकको मिटर रिडिङ नभएको भन्दै नेपाल विद्युत् प्राधिकरण कावासोती वितरण केन्द्रले एक सूचना जारी गरी विसं २०७५ वैशाख महिनामा मिटरमा चढेको अंक टिपेर कार्यालयको काउण्टरमा सम्पर्क राखी महशुल बुझाउन अनुरोध गरेको इन्जिनियर सापकोटाले बताउनुभयो । रासस
Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप !
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप भएको छ। गत जुलाईमा दुई देशका सेनाबीच सिमानामा ५ दिनसम्म आक्रमण प्रत्याक्रमण...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...













