सात प्रदेशमध्ये प्रदेश नं ७ मा सबैभन्दा धेरै जंगल
काठमाडौँ, ३० वैशाख । नेपालमा रहेका सात प्रदेशमध्ये सबैभन्दा धेरै जंगल प्रदेश नं ७ मा छ ।
वन अनुसन्धान तथा सर्वेक्षण विभागका अनुसार प्रदेश नं ७ मा १९ लाख ७७ हजार ३७० हेक्टर क्षेत्रफलमध्ये ११ लाख ४६ हजार ११० हेक्टर अर्थात् ५७.९६ प्रतिशत जंगल छ । सबैभन्दा थोरै प्रदेश नं २ मा नौ लाख ५८ हजार ९७० हेक्टर क्षेत्रफलमध्ये दुई लाख ६३ हजार ६३० हेक्टर (२७.४९ प्रतिशत) जंगल छ ।
यसैगरी प्रदेश नं १ मा २३ लाख १० हजार ९७० हेक्टर क्षेत्रफलमध्ये ११ लाख ३४ हजार २५० हेक्टर (४३.४४ प्रतिशत), प्रदेश नं ३ मा २० लाख ३० हजार ३०० हेक्टर क्षेत्रफलमध्ये १० लाख ९० हजार ८८० हेक्टर (५ं३.७३ प्रतिशत), प्रदेश नं ४ मा २१ लाख ९५ हजार ८८० हेक्टर क्षेत्रफलमध्ये आठ लाख १७ हजार २९० हेक्टर (३७.२२ प्रतिशत) जंगल छ ।
प्रदेश नं ५ मा १९ लाख ३२ हजार ६० हेक्टर क्षेत्रफलमध्ये नौ लाख ७४ हजार ३८० (५०.४३ प्रतिशत) र प्रदेश नं ६ मा ३० लाख ६७ हजार ८१० क्षेत्रफलमध्ये ११ लाख ८३ हजार ४०० (३८.५७ प्रतिशत) जंगल छ ।
विभागका सूचना अधिकारी किरण पोखरेलले सन् २०१० देखि २०१४ मा देशभर विभागले गरेको अध्ययनलाई आधार मानेर प्रदेशअनुसार वनको क्षेत्रफल निकालिएको बताउनुभयो । “देशभरका हरेक स्थानीय तहमा कति वन छ भन्नेबारे पनि विभागले अध्ययन गरिरहेको छ”, उहाँले भन्नुभयो ।
स्थानीय तहअनुसार वनलाई छुट्याएपछि ती तहलाई वनसम्बन्धी योजना बनाउन सहज हुने उहाँको भनाइ थियो ।
Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप !
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप भएको छ। गत जुलाईमा दुई देशका सेनाबीच सिमानामा ५ दिनसम्म आक्रमण प्रत्याक्रमण...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...













