सात प्रदेशमध्ये प्रदेश नं ७ मा सबैभन्दा धेरै जंगल
काठमाडौँ, ३० वैशाख । नेपालमा रहेका सात प्रदेशमध्ये सबैभन्दा धेरै जंगल प्रदेश नं ७ मा छ ।
वन अनुसन्धान तथा सर्वेक्षण विभागका अनुसार प्रदेश नं ७ मा १९ लाख ७७ हजार ३७० हेक्टर क्षेत्रफलमध्ये ११ लाख ४६ हजार ११० हेक्टर अर्थात् ५७.९६ प्रतिशत जंगल छ । सबैभन्दा थोरै प्रदेश नं २ मा नौ लाख ५८ हजार ९७० हेक्टर क्षेत्रफलमध्ये दुई लाख ६३ हजार ६३० हेक्टर (२७.४९ प्रतिशत) जंगल छ ।
यसैगरी प्रदेश नं १ मा २३ लाख १० हजार ९७० हेक्टर क्षेत्रफलमध्ये ११ लाख ३४ हजार २५० हेक्टर (४३.४४ प्रतिशत), प्रदेश नं ३ मा २० लाख ३० हजार ३०० हेक्टर क्षेत्रफलमध्ये १० लाख ९० हजार ८८० हेक्टर (५ं३.७३ प्रतिशत), प्रदेश नं ४ मा २१ लाख ९५ हजार ८८० हेक्टर क्षेत्रफलमध्ये आठ लाख १७ हजार २९० हेक्टर (३७.२२ प्रतिशत) जंगल छ ।
प्रदेश नं ५ मा १९ लाख ३२ हजार ६० हेक्टर क्षेत्रफलमध्ये नौ लाख ७४ हजार ३८० (५०.४३ प्रतिशत) र प्रदेश नं ६ मा ३० लाख ६७ हजार ८१० क्षेत्रफलमध्ये ११ लाख ८३ हजार ४०० (३८.५७ प्रतिशत) जंगल छ ।
विभागका सूचना अधिकारी किरण पोखरेलले सन् २०१० देखि २०१४ मा देशभर विभागले गरेको अध्ययनलाई आधार मानेर प्रदेशअनुसार वनको क्षेत्रफल निकालिएको बताउनुभयो । “देशभरका हरेक स्थानीय तहमा कति वन छ भन्नेबारे पनि विभागले अध्ययन गरिरहेको छ”, उहाँले भन्नुभयो ।
स्थानीय तहअनुसार वनलाई छुट्याएपछि ती तहलाई वनसम्बन्धी योजना बनाउन सहज हुने उहाँको भनाइ थियो ।
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...













