‘गोरे’ को परिवारै सुन तस्करीमा
काठमाडौँ। ‘म त अब गोरे आउने बितिक्कै ऊसँग डिभोर्स गर्छु। बरु तिम्रो गोरेसित सम्पर्क भयो भने मलाई पनि नम्बर देऊ है।’
३३ किलो सुनकाण्डसित जोडिएको सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त बनाइएका चुडामणि उप्रेति ‘गोरे’की श्रीमती निरु भनिने नर्वदा खरेललाई सनमकी श्रीमती सुनीता लावतीले मेरो श्रीमान् खै भनी सोध्दा आएको जवाफ हो यो।
अदालतमा दायर अभियोग पत्रमा सुनीताले दिएको बयान अनुसार आफ्नो श्रीमानलाई प्रहरीले पक्राउ गरेको खबर सुनेपछि निरुलाई फोन गर्दा उनले यस्तो जवाफ दिएकी हुन्। तर निरु सनम हत्याबारे बेखबर भने थिइनन्। सुनीताले फोन गरेको अघिल्लो दिन अर्थात् फागुन १८ गते नै सनमको हत्या भइसकेको निरुलाई थाहा थियो
सनमको हत्या भएको खबर उनकै श्रीमान् गोरेले सुनाएका थिए। निरु र गोरेको पटक पटक फोन सम्पर्क भएको थियो।३३ किलो सुन प्रकरण र आफ्ना श्रीमानको कालो धन्दाबारे पनि उनी अनभिज्ञ भने थिइनन्। निरु गोरेको कुकर्म ढाकछोप गर्न र तस्करसँग सेटिङ मिलाउन पनि लागेकी थिइन् भन्ने प्रतिवादी मोहन काफ्लेको बयानमा खुलेको छ।
सनमको हत्या भइसकेपछि मोहनले निरुसँग गोरेको मोबाइलबाट कुरा गरेका थिए। बयानमा काफ्लेले भनेका छन्, ‘नर्वदा खरेलसँग फोनमा बोल्न भनी गोरेले फोन दियो। गफ गर्दा उनले साह्रै टेन्सन भयो भनिन्। मैले टेन्सन हुने काम गरेपछि यस्तै हुन्छ भन्दा गोरेले फोन खोस्यो।‘झापाको कमला गाउँपालिका घर भएकी निरु गोरेसँग विवाह गरेपछि मोरङको उर्लाबारी पुगेकी थिइन्। निरुले २०६९ सालदेखि गोरेको सुन तस्करीमा साथ दिएको प्रहरीले जिल्ला अदालत मोरङमा बुझाएको अभियोगपत्रमा उल्लेख गरिएको छ। उनलाई सुनको लगानीकर्ताको आरोप लगाइएको छ।
निरु पहिरनको कारोबार गर्छिन्। उनले आफ्नी भाइबुहारीसँग काठमाडौँको टोखामा गाजलु द बुटिक खोलेकी छिन्। पाँच दिदीबहिनीमध्ये माहिली निरुले आफ्नै बहिनीलाई देवर रमेश उप्रेतीसित बिहे गराइदिएकी थिइन्। बहिनी बुटिककी डाइरेक्टर र मेकअप आर्टिस्टसमेत हुन्।गोरेका भाइ पनि सुन तस्करीमागोरेका बुबा नेत्रप्रसाद उप्रेती प्रहरीमा जागिरे थिए। तर बाबुको पेशामा छोराहरू भने रमाउन सकेनन्। गोरेले बाबुको दबाबमा भारतीय आर्मीबाट जागिरे जीवन त थाले तर त्यहाँ उनी टिक्न सकेनन्।
आर्मीमा लागेको एक वर्षपछि नै उनी भागेर खाडी मुलुक कुवेत पुगे। त्यहाँदेखि उनको सुन तस्करीको व्यापार सुरु भयो। गोरे आफू मात्र होइन भाइलाई समेत तस्करीको पार्टनर बनाए।
दुबईमा रहेका गोरेका भाइ रमेश उप्रेतीले तस्करीको सुन बोकाएर नेपाल पठाउने गरेको आरोप अभियोगपत्रमा छ। ३३ केजी सुन हराएको जानकारी रमेशलाई पहिले नै थियो। गोरेले फोनमार्फत् हराएको सुन खोजी भइरहेकोसमेत उनलाई जानकारी दिएका थिए। सनमको हत्या भएको दिन गोरेले सबैभन्दा पहिलो जानकारी दिने व्यक्ति उनै रमेश भएको अभियोगपत्रमा प्रतिवादीहरुको बयानबाट खुल्छ।
सनमको हत्याको जिम्मा टेकराज मल्ल ठकुरी, मोहन काफ्ले र नरेन्द्र कार्कीलाई लिन लगाउने र दाइ ‘गोरे’लाई बचाउने उनै रमेशको योजना थियो। रमेशले प्रहरीले पक्राउ गरेपछि केस मिलाउने र उनीहरूको परिवारलाई ५० लाख रुपैयाँ दिने आश्वासनसमेत दिएका थिए।
‘जे जस्तो भइगयो, तिमी र टेकराज मल्ल ठकुरी मिलेर प्रहरीसमक्ष आत्मसमर्पण गर। हामी तिमीहरूलाई हेर्छौ,‘ सनमको हत्यापछि रमेशले फोनमा आफूलाई भनेको मोहन काफ्लेले बयान दिएका छन्।
३३ केजी सुन हराएपछि खोज्न लागि भन्दै रमेश भारतको सिलगुढी समेत पुगेका थिए।गोरेकी ‘गल्ला’ उनकै प्रेमिकागोरेले आफ्नो परिवारका सदस्य मात्र होइन ‘प्रेमिका’लाई समेत सुन तस्करीमा गल्ला (सम्पति राख्न दिने) बनाएका थिए। भोजपुर घर भई हाल गौरीघाटमा बस्दै आएकी रक्षा भण्डारी गोरेकी प्रेमिका भएको अनुसन्धानमा संलग्न स्रोत बताउँछ।
गोरेले अवैधरुपमा विमानस्थलबाट भित्र्याएको सुन उनकै कोठामा लगेर राख्ने गरेको समेत खुलेको हो। सुन तस्करीमा लागेपछि रक्षाको जीवनस्तर नै बदलिएको छ।ससुराली खलकलाई पनि छोडेनन् गोरेलेश्रीमती, भाइ र प्रेमिकालाई मात्र होइन गोरेले ससुरालीलाई पनि सुन तस्करीमा संलग्न गराएको देखिएको छ। ६३ जनालाई प्रतिवादी बनाएको अभियोग पत्रमा गोरेका काका ससुरासमेत रहेका छन्।
प्रतिवादी बनाएर अदालतमा मुद्दा दायर भए पनि फरार रहेका अर्जुनप्रसाद खरेल गोरेका काका ससुरा हुन्। मोरङ गोविन्दपुर गाविस बस्ने ३८ वर्षीय खरेलको गोरेसँग सुन तस्करीमा संलग्न देखिएको छानबिन समितिको ठहर छ। तर कस्तो किसिमको संलग्नता हो भन्ने बारे अभियोगपत्रमा केही खुलाइएको छैन। बिजमाण्डू बाट ।
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












