‘गोरे’ को परिवारै सुन तस्करीमा
काठमाडौँ। ‘म त अब गोरे आउने बितिक्कै ऊसँग डिभोर्स गर्छु। बरु तिम्रो गोरेसित सम्पर्क भयो भने मलाई पनि नम्बर देऊ है।’
३३ किलो सुनकाण्डसित जोडिएको सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त बनाइएका चुडामणि उप्रेति ‘गोरे’की श्रीमती निरु भनिने नर्वदा खरेललाई सनमकी श्रीमती सुनीता लावतीले मेरो श्रीमान् खै भनी सोध्दा आएको जवाफ हो यो।
अदालतमा दायर अभियोग पत्रमा सुनीताले दिएको बयान अनुसार आफ्नो श्रीमानलाई प्रहरीले पक्राउ गरेको खबर सुनेपछि निरुलाई फोन गर्दा उनले यस्तो जवाफ दिएकी हुन्। तर निरु सनम हत्याबारे बेखबर भने थिइनन्। सुनीताले फोन गरेको अघिल्लो दिन अर्थात् फागुन १८ गते नै सनमको हत्या भइसकेको निरुलाई थाहा थियो
सनमको हत्या भएको खबर उनकै श्रीमान् गोरेले सुनाएका थिए। निरु र गोरेको पटक पटक फोन सम्पर्क भएको थियो।३३ किलो सुन प्रकरण र आफ्ना श्रीमानको कालो धन्दाबारे पनि उनी अनभिज्ञ भने थिइनन्। निरु गोरेको कुकर्म ढाकछोप गर्न र तस्करसँग सेटिङ मिलाउन पनि लागेकी थिइन् भन्ने प्रतिवादी मोहन काफ्लेको बयानमा खुलेको छ।
सनमको हत्या भइसकेपछि मोहनले निरुसँग गोरेको मोबाइलबाट कुरा गरेका थिए। बयानमा काफ्लेले भनेका छन्, ‘नर्वदा खरेलसँग फोनमा बोल्न भनी गोरेले फोन दियो। गफ गर्दा उनले साह्रै टेन्सन भयो भनिन्। मैले टेन्सन हुने काम गरेपछि यस्तै हुन्छ भन्दा गोरेले फोन खोस्यो।‘झापाको कमला गाउँपालिका घर भएकी निरु गोरेसँग विवाह गरेपछि मोरङको उर्लाबारी पुगेकी थिइन्। निरुले २०६९ सालदेखि गोरेको सुन तस्करीमा साथ दिएको प्रहरीले जिल्ला अदालत मोरङमा बुझाएको अभियोगपत्रमा उल्लेख गरिएको छ। उनलाई सुनको लगानीकर्ताको आरोप लगाइएको छ।
निरु पहिरनको कारोबार गर्छिन्। उनले आफ्नी भाइबुहारीसँग काठमाडौँको टोखामा गाजलु द बुटिक खोलेकी छिन्। पाँच दिदीबहिनीमध्ये माहिली निरुले आफ्नै बहिनीलाई देवर रमेश उप्रेतीसित बिहे गराइदिएकी थिइन्। बहिनी बुटिककी डाइरेक्टर र मेकअप आर्टिस्टसमेत हुन्।गोरेका भाइ पनि सुन तस्करीमागोरेका बुबा नेत्रप्रसाद उप्रेती प्रहरीमा जागिरे थिए। तर बाबुको पेशामा छोराहरू भने रमाउन सकेनन्। गोरेले बाबुको दबाबमा भारतीय आर्मीबाट जागिरे जीवन त थाले तर त्यहाँ उनी टिक्न सकेनन्।
आर्मीमा लागेको एक वर्षपछि नै उनी भागेर खाडी मुलुक कुवेत पुगे। त्यहाँदेखि उनको सुन तस्करीको व्यापार सुरु भयो। गोरे आफू मात्र होइन भाइलाई समेत तस्करीको पार्टनर बनाए।
दुबईमा रहेका गोरेका भाइ रमेश उप्रेतीले तस्करीको सुन बोकाएर नेपाल पठाउने गरेको आरोप अभियोगपत्रमा छ। ३३ केजी सुन हराएको जानकारी रमेशलाई पहिले नै थियो। गोरेले फोनमार्फत् हराएको सुन खोजी भइरहेकोसमेत उनलाई जानकारी दिएका थिए। सनमको हत्या भएको दिन गोरेले सबैभन्दा पहिलो जानकारी दिने व्यक्ति उनै रमेश भएको अभियोगपत्रमा प्रतिवादीहरुको बयानबाट खुल्छ।
सनमको हत्याको जिम्मा टेकराज मल्ल ठकुरी, मोहन काफ्ले र नरेन्द्र कार्कीलाई लिन लगाउने र दाइ ‘गोरे’लाई बचाउने उनै रमेशको योजना थियो। रमेशले प्रहरीले पक्राउ गरेपछि केस मिलाउने र उनीहरूको परिवारलाई ५० लाख रुपैयाँ दिने आश्वासनसमेत दिएका थिए।
‘जे जस्तो भइगयो, तिमी र टेकराज मल्ल ठकुरी मिलेर प्रहरीसमक्ष आत्मसमर्पण गर। हामी तिमीहरूलाई हेर्छौ,‘ सनमको हत्यापछि रमेशले फोनमा आफूलाई भनेको मोहन काफ्लेले बयान दिएका छन्।
३३ केजी सुन हराएपछि खोज्न लागि भन्दै रमेश भारतको सिलगुढी समेत पुगेका थिए।गोरेकी ‘गल्ला’ उनकै प्रेमिकागोरेले आफ्नो परिवारका सदस्य मात्र होइन ‘प्रेमिका’लाई समेत सुन तस्करीमा गल्ला (सम्पति राख्न दिने) बनाएका थिए। भोजपुर घर भई हाल गौरीघाटमा बस्दै आएकी रक्षा भण्डारी गोरेकी प्रेमिका भएको अनुसन्धानमा संलग्न स्रोत बताउँछ।
गोरेले अवैधरुपमा विमानस्थलबाट भित्र्याएको सुन उनकै कोठामा लगेर राख्ने गरेको समेत खुलेको हो। सुन तस्करीमा लागेपछि रक्षाको जीवनस्तर नै बदलिएको छ।ससुराली खलकलाई पनि छोडेनन् गोरेलेश्रीमती, भाइ र प्रेमिकालाई मात्र होइन गोरेले ससुरालीलाई पनि सुन तस्करीमा संलग्न गराएको देखिएको छ। ६३ जनालाई प्रतिवादी बनाएको अभियोग पत्रमा गोरेका काका ससुरासमेत रहेका छन्।
प्रतिवादी बनाएर अदालतमा मुद्दा दायर भए पनि फरार रहेका अर्जुनप्रसाद खरेल गोरेका काका ससुरा हुन्। मोरङ गोविन्दपुर गाविस बस्ने ३८ वर्षीय खरेलको गोरेसँग सुन तस्करीमा संलग्न देखिएको छानबिन समितिको ठहर छ। तर कस्तो किसिमको संलग्नता हो भन्ने बारे अभियोगपत्रमा केही खुलाइएको छैन। बिजमाण्डू बाट ।
Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप !
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप भएको छ। गत जुलाईमा दुई देशका सेनाबीच सिमानामा ५ दिनसम्म आक्रमण प्रत्याक्रमण...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...












