यसरी गरे प्रधानमन्त्री अाेलीले प्रतिपक्षी र सामाजिक प्रयोगकर्तालाई कटाक्ष
काठमाडौं,२ वैशाख । एमाले निकट युवा संघले मंगलबार काठमाडौंमा आयोजना गरेको २८ औँ स्थापना दिवसका अवसरमा मुख्य अथिति भएका प्रधानमन्त्री केपी शर्मा ओली प्रतिपक्षीदेखि सामाजिक प्रयोगकर्तालाई उखान र छेडखान गर्न छाडेनन् ।
स्थापना दिवशको कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ओली । सत्तापक्ष, विपक्ष, सामाजिक प्रयोगकर्तालाई यसरी कटाक्ष प्रहार गरेको छन् ।
युवा हुँदैमा नदौडी म्याराथुन जितिँदैन
युवा संघले कार्यक्रम सभागृह मा अायाेजना गरेकाे हाे । धेरै कार्यकर्ताले भरिएकाे उत्त सभागृहमा निर्धारित समयभन्दा झन्डै चारघन्टा ढिलोगरी केपी शर्मा ओलीले अाए । उनकाे प्रवेश सँगै उनले युवामा प्रतिस्पर्धी भावना हुनुपर्ने औँल्याउँदै गतिशीलता नै युवाको चिनारी भएको अथ्र्याए । युवा हुँदैमा म्याराथुन नजितिने र जित्नका लागि दौडनैपर्ने पनि उनको तर्क थियो ।
थोत्रा विचार बोक्दैमा युवा हुन सक्दैन
पुराना विचारलाई नछाड्ने हो भने युवा हुन नसक्ने उनको दोस्रो टुक्का थियो । त्यस्तै सोही कार्यक्रमम अध्यक्ष ओलीले युवा कायर हुन नसक्ने पनि बताए । युवालाई प्रशिक्षित गर्दै अध्यक्ष ओलीले सेतो दाह्रीकपाल भएकाले माक्र्स एंगेल्सले कम्युनिस्ट सिद्धान्त दर्शन प्रतिपादन नगरेको बताए । सन् १८१८ मा जन्मिएका माक्र्स र सन् १८२० मा जन्मिएको एंगेल्से २८, ३० वर्षकै उमेरमा कम्युनिस्ट घोषणापत्र लेखेको बताए ।
शरीर कमजोर भएपछि अनुचित सम्झौता गर्न थाल्छ मान्छे
शारीरिक रूपले दुर्बल हुदै गएपछि अपाच्य खालका सम्झौता गर्न थाल्ने उनको भनाइ थियो । बुढ्यौली चढ्न थालेपछि आयु छोटो देख्ने र सबैकाम चाँडचाँडै गर्न खोज्ने तर्क उनले गरेका थिए ।
नेतृत्वका हस्तान्तरण ओलम्पिकको टर्च जिम्मा लगाएजस्तो होइन
ओलीले नेतृत्व हस्तान्तरण एउटा प्रक्रिया भए पनि त्यो क्षमताद्वारा प्राप्त हुने बताए । उनले माक्र्स एंगेल्सले पनि ओलम्पिकको टर्च पाएझैँ ‘लौ आजबाट तिमीहरूको जिम्मा भो भनेर प्राप्त नगरेको र पुष्पलाल हुँदै आजको कम्युनिस्ट आन्दोलनसम्म जिम्मेवारी हस्तान्तरण क्षमताबाटै भएको उनको तर्क थियो ।
साना तप्का राजतन्त्र ब्युँताउन लागिपरेका छन्
उनले मंगलबारैमात्र आफू शंकराचार्यको अभिनन्दन समारोहमा सरिक भएको बताउँदै केही शक्ति अझ राजतन्त्र ब्युँताउन सकिन्छ कि भन्ने दाउमा रहेको बताए । त्यहाँ आफूले धार्मिक गुरुलाई संघीय लोकतान्त्रिक गणतन्त्रमा स्वागत छ भनेको प्रसंगसमेत निकालेका थिए ।
एउटै भकारीमा जाने भए पनि धेरै धान फलायो भनेर कुलो भत्काउने छन्
उनले केही शक्तिहरू विरोधमात्रै गरिरहने भन्दै एउटै भकारीमा पर्ने भए पनि फलानाले धेरै धान फलायो भनेर कुलो भत्काउन खोजेको भन्दै कांग्रेसको कटाक्ष गरे ।
देश बरबाद भए पनि होस् विरोधमात्रै गरिरहनुपर्छ भन्ने मान्यता रहेको उनी बताउँदै थिए ।
ओलीले बयलगाढा चढेर अमेरिका पुगिँदैन भन्यो भन्ने बज्रस्वाँठ
उनले लोकतान्त्रिक आन्दोलनताका केपी ओलीले राजतन्त्रसँगको लडाइँ लड्नु बयलगाढा चढेर अमेरिका जानुजस्तै हो भनेर आफूलाई कटाक्ष गरिएकोप्रति अझै खेद रहेको भन्दै केही बज्रस्वाँठले अझै पनि दोहो¥याइरहेको प्रतिक्रिया दिए । आफूले राजतन्त्रसँग सिँगौरी खेल्दा जन्मँदै नजन्मिएकाले त्यसो भन्नु हास्यास्पद रहेको उनको भनाइ थियो ।
कांग्रेस समाजवाद भन्दा झस्कन्छ, पुँजीवाद भन्न लाज मान्छ
उनले कांग्रेसले दोहोरो नीति लिइरहेको आरोप लगाए । कांग्रेसले समाजवाद भन्दा झस्किने र पुँजीवादी भन्न लाज मानिरहेको उनको कटाक्ष थियो ।
विरोधमा सिर्जना हुँदैन
उनले दुईदिनअघि संघीय संसद्मा कांग्रेस नेता गगन थापाले गरेको सम्बोधनको पनि जवाफ दिए । नेता थापाले भारतसँगको सम्बन्धमा आफूहरुले घुँडामा भ्वाङ पर्न लागेको भन्न पाउने कि नपाउने भनी प्रश्न गरेका थिए ।
ओलीले मंगलबार आफ्नो सम्बोधनका क्रममा थापालाई जवाफ दिँदै भने– घुँडामा भ्वाङ पर्नलाई संविधान संशोधन गर्न सकिनँ माफ पाऊँ भनेको छु र रु युवा नेताजस्तो लाग्ने गगनको दिमागमा विरोधमात्रै छ ।”
उनले नेपाली कांग्रेसले विरोधका लागि विरोधमात्रै गरिरहेको बताउँदै विरोधले सिर्जना नहुने तर्क गरे । प्रधानमन्त्री ओलीले कांग्रेसले भारतसँग सम्बन्ध बिग्रिएको छ, सुधार गर्न उसैसँग कुरा गर्नुपर्छ भन्दै विरोधका लागि विरोध गरिरहेको जिकिर गरे ।
प्रधानमन्त्री ओलीले सामाजिक प्रयोगकर्तालाई पनि बाँकी राखेनन् । फेसबुक र ट्वीटरमार्फत उनले उनले अनेक टिप्पणी गर्ने गरेको बताए ।
“केही मानिसलाई फेसबुक र ट्वीटरमा परिचालन गरिएको छ । अनेक नाममा अकाउन्ट खोल्छन् र एकै किसिमको कमेन्ट गर्छन् । भातसमेत नखाइ झुन्डिइरहन्छन्,” उनले भने ।
प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका बेला सामाजिक सञ्जालमा सरकारविरुद्ध नानाभाँती लेखिएको भन्दै केहीलाई परिचालन गरिएको तर्क गरेका हुन् ।
उनले भातसमेत नखाइ, नसुती सामाजिक सञ्जालमा विरोध गरेर बसेको भन्दै आश्चर्य प्रकट गरे ।
कांग्रेसले बोकेको सिन्डिकेटको रूखसमेत ढल्यो
उनले राम्रो काम गर्दासमेत विरोधको सामना गर्नुपरेको बताउँदै कांग्रेसले बोकेर कँुदेको यातायात क्षेत्रको सिन्डिकेटको रूख ढल्दा आफू खुसी भएको बताए ।
सुन तस्करी समातिन थालेपछि अधिनायकवादी भन्न थाले
प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा भटाभट सुन तस्करी समातिन थालेपछि अधिनायकवाद जन्मियो, तानाशाह आउन थाल्यो भनेर अताल्लिएको आरोपसमेत लगाए ।
ओलीले सुन तस्करी निमिट्यान्न पारेर शुद्धताको अभियान थालिएको बताउँदै सुन तस्करी पक्राउ पर्न थालेपछि केहीलाई अधिनायकवादको ज्वरो चढेको बताए ।
दुई चारजनो कालो झन्डा देखाउँदैमा नेपालै त्यही हुँदैन
उनले मोदीलाई जनकपुरमा स्वागत गर्दा केहीले नेपाल राज्यविरुद्ध नारा लगाएको कालो झन्डा देखाएको बताउँदै सिंगो नेपाल त्यही नभएको बताए ।
उनले मुख्यमन्त्री लालबाबु राउतको अभिव्यक्ति नेपाल सरकारको नभएको बताउँदै मुख्यमन्त्रीले होइन प्रधानमन्त्रीले परराष्ट्र नीति कार्यान्वयन गर्ने बताए ।
एकतामा मिडियाले फाटो ल्याए
प्रधानमन्त्री ओलीले एकतामा मिडियाले फाटो ल्याइरहेको आरोप लगाए ।
“दुई नेता दुईतिर फर्किएको फोटो छाप्छन् र एकता पर सर्यो भन्छन् । एकता विरोधीको मन बुझाउँदै गरुन् । दुई तीनदिनभित्रैको मिति राखेर एकता हुन्छ,” उनले भने ।
उनले एमालेका नेता चारतिर फर्किएका छन् भन्नेहरुलाई बुधबार अपराह्न बालुवाटार आऊन पनि अनुरोध गरे । १२ खरी बाट लिएकाे
Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप !
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप भएको छ। गत जुलाईमा दुई देशका सेनाबीच सिमानामा ५ दिनसम्म आक्रमण प्रत्याक्रमण...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...












