यसरी गरे प्रधानमन्त्री अाेलीले प्रतिपक्षी र सामाजिक प्रयोगकर्तालाई कटाक्ष
काठमाडौं,२ वैशाख । एमाले निकट युवा संघले मंगलबार काठमाडौंमा आयोजना गरेको २८ औँ स्थापना दिवसका अवसरमा मुख्य अथिति भएका प्रधानमन्त्री केपी शर्मा ओली प्रतिपक्षीदेखि सामाजिक प्रयोगकर्तालाई उखान र छेडखान गर्न छाडेनन् ।
स्थापना दिवशको कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ओली । सत्तापक्ष, विपक्ष, सामाजिक प्रयोगकर्तालाई यसरी कटाक्ष प्रहार गरेको छन् ।
युवा हुँदैमा नदौडी म्याराथुन जितिँदैन
युवा संघले कार्यक्रम सभागृह मा अायाेजना गरेकाे हाे । धेरै कार्यकर्ताले भरिएकाे उत्त सभागृहमा निर्धारित समयभन्दा झन्डै चारघन्टा ढिलोगरी केपी शर्मा ओलीले अाए । उनकाे प्रवेश सँगै उनले युवामा प्रतिस्पर्धी भावना हुनुपर्ने औँल्याउँदै गतिशीलता नै युवाको चिनारी भएको अथ्र्याए । युवा हुँदैमा म्याराथुन नजितिने र जित्नका लागि दौडनैपर्ने पनि उनको तर्क थियो ।
थोत्रा विचार बोक्दैमा युवा हुन सक्दैन
पुराना विचारलाई नछाड्ने हो भने युवा हुन नसक्ने उनको दोस्रो टुक्का थियो । त्यस्तै सोही कार्यक्रमम अध्यक्ष ओलीले युवा कायर हुन नसक्ने पनि बताए । युवालाई प्रशिक्षित गर्दै अध्यक्ष ओलीले सेतो दाह्रीकपाल भएकाले माक्र्स एंगेल्सले कम्युनिस्ट सिद्धान्त दर्शन प्रतिपादन नगरेको बताए । सन् १८१८ मा जन्मिएका माक्र्स र सन् १८२० मा जन्मिएको एंगेल्से २८, ३० वर्षकै उमेरमा कम्युनिस्ट घोषणापत्र लेखेको बताए ।
शरीर कमजोर भएपछि अनुचित सम्झौता गर्न थाल्छ मान्छे
शारीरिक रूपले दुर्बल हुदै गएपछि अपाच्य खालका सम्झौता गर्न थाल्ने उनको भनाइ थियो । बुढ्यौली चढ्न थालेपछि आयु छोटो देख्ने र सबैकाम चाँडचाँडै गर्न खोज्ने तर्क उनले गरेका थिए ।
नेतृत्वका हस्तान्तरण ओलम्पिकको टर्च जिम्मा लगाएजस्तो होइन
ओलीले नेतृत्व हस्तान्तरण एउटा प्रक्रिया भए पनि त्यो क्षमताद्वारा प्राप्त हुने बताए । उनले माक्र्स एंगेल्सले पनि ओलम्पिकको टर्च पाएझैँ ‘लौ आजबाट तिमीहरूको जिम्मा भो भनेर प्राप्त नगरेको र पुष्पलाल हुँदै आजको कम्युनिस्ट आन्दोलनसम्म जिम्मेवारी हस्तान्तरण क्षमताबाटै भएको उनको तर्क थियो ।
साना तप्का राजतन्त्र ब्युँताउन लागिपरेका छन्
उनले मंगलबारैमात्र आफू शंकराचार्यको अभिनन्दन समारोहमा सरिक भएको बताउँदै केही शक्ति अझ राजतन्त्र ब्युँताउन सकिन्छ कि भन्ने दाउमा रहेको बताए । त्यहाँ आफूले धार्मिक गुरुलाई संघीय लोकतान्त्रिक गणतन्त्रमा स्वागत छ भनेको प्रसंगसमेत निकालेका थिए ।
एउटै भकारीमा जाने भए पनि धेरै धान फलायो भनेर कुलो भत्काउने छन्
उनले केही शक्तिहरू विरोधमात्रै गरिरहने भन्दै एउटै भकारीमा पर्ने भए पनि फलानाले धेरै धान फलायो भनेर कुलो भत्काउन खोजेको भन्दै कांग्रेसको कटाक्ष गरे ।
देश बरबाद भए पनि होस् विरोधमात्रै गरिरहनुपर्छ भन्ने मान्यता रहेको उनी बताउँदै थिए ।
ओलीले बयलगाढा चढेर अमेरिका पुगिँदैन भन्यो भन्ने बज्रस्वाँठ
उनले लोकतान्त्रिक आन्दोलनताका केपी ओलीले राजतन्त्रसँगको लडाइँ लड्नु बयलगाढा चढेर अमेरिका जानुजस्तै हो भनेर आफूलाई कटाक्ष गरिएकोप्रति अझै खेद रहेको भन्दै केही बज्रस्वाँठले अझै पनि दोहो¥याइरहेको प्रतिक्रिया दिए । आफूले राजतन्त्रसँग सिँगौरी खेल्दा जन्मँदै नजन्मिएकाले त्यसो भन्नु हास्यास्पद रहेको उनको भनाइ थियो ।
कांग्रेस समाजवाद भन्दा झस्कन्छ, पुँजीवाद भन्न लाज मान्छ
उनले कांग्रेसले दोहोरो नीति लिइरहेको आरोप लगाए । कांग्रेसले समाजवाद भन्दा झस्किने र पुँजीवादी भन्न लाज मानिरहेको उनको कटाक्ष थियो ।
विरोधमा सिर्जना हुँदैन
उनले दुईदिनअघि संघीय संसद्मा कांग्रेस नेता गगन थापाले गरेको सम्बोधनको पनि जवाफ दिए । नेता थापाले भारतसँगको सम्बन्धमा आफूहरुले घुँडामा भ्वाङ पर्न लागेको भन्न पाउने कि नपाउने भनी प्रश्न गरेका थिए ।
ओलीले मंगलबार आफ्नो सम्बोधनका क्रममा थापालाई जवाफ दिँदै भने– घुँडामा भ्वाङ पर्नलाई संविधान संशोधन गर्न सकिनँ माफ पाऊँ भनेको छु र रु युवा नेताजस्तो लाग्ने गगनको दिमागमा विरोधमात्रै छ ।”
उनले नेपाली कांग्रेसले विरोधका लागि विरोधमात्रै गरिरहेको बताउँदै विरोधले सिर्जना नहुने तर्क गरे । प्रधानमन्त्री ओलीले कांग्रेसले भारतसँग सम्बन्ध बिग्रिएको छ, सुधार गर्न उसैसँग कुरा गर्नुपर्छ भन्दै विरोधका लागि विरोध गरिरहेको जिकिर गरे ।
प्रधानमन्त्री ओलीले सामाजिक प्रयोगकर्तालाई पनि बाँकी राखेनन् । फेसबुक र ट्वीटरमार्फत उनले उनले अनेक टिप्पणी गर्ने गरेको बताए ।
“केही मानिसलाई फेसबुक र ट्वीटरमा परिचालन गरिएको छ । अनेक नाममा अकाउन्ट खोल्छन् र एकै किसिमको कमेन्ट गर्छन् । भातसमेत नखाइ झुन्डिइरहन्छन्,” उनले भने ।
प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका बेला सामाजिक सञ्जालमा सरकारविरुद्ध नानाभाँती लेखिएको भन्दै केहीलाई परिचालन गरिएको तर्क गरेका हुन् ।
उनले भातसमेत नखाइ, नसुती सामाजिक सञ्जालमा विरोध गरेर बसेको भन्दै आश्चर्य प्रकट गरे ।
कांग्रेसले बोकेको सिन्डिकेटको रूखसमेत ढल्यो
उनले राम्रो काम गर्दासमेत विरोधको सामना गर्नुपरेको बताउँदै कांग्रेसले बोकेर कँुदेको यातायात क्षेत्रको सिन्डिकेटको रूख ढल्दा आफू खुसी भएको बताए ।
सुन तस्करी समातिन थालेपछि अधिनायकवादी भन्न थाले
प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा भटाभट सुन तस्करी समातिन थालेपछि अधिनायकवाद जन्मियो, तानाशाह आउन थाल्यो भनेर अताल्लिएको आरोपसमेत लगाए ।
ओलीले सुन तस्करी निमिट्यान्न पारेर शुद्धताको अभियान थालिएको बताउँदै सुन तस्करी पक्राउ पर्न थालेपछि केहीलाई अधिनायकवादको ज्वरो चढेको बताए ।
दुई चारजनो कालो झन्डा देखाउँदैमा नेपालै त्यही हुँदैन
उनले मोदीलाई जनकपुरमा स्वागत गर्दा केहीले नेपाल राज्यविरुद्ध नारा लगाएको कालो झन्डा देखाएको बताउँदै सिंगो नेपाल त्यही नभएको बताए ।
उनले मुख्यमन्त्री लालबाबु राउतको अभिव्यक्ति नेपाल सरकारको नभएको बताउँदै मुख्यमन्त्रीले होइन प्रधानमन्त्रीले परराष्ट्र नीति कार्यान्वयन गर्ने बताए ।
एकतामा मिडियाले फाटो ल्याए
प्रधानमन्त्री ओलीले एकतामा मिडियाले फाटो ल्याइरहेको आरोप लगाए ।
“दुई नेता दुईतिर फर्किएको फोटो छाप्छन् र एकता पर सर्यो भन्छन् । एकता विरोधीको मन बुझाउँदै गरुन् । दुई तीनदिनभित्रैको मिति राखेर एकता हुन्छ,” उनले भने ।
उनले एमालेका नेता चारतिर फर्किएका छन् भन्नेहरुलाई बुधबार अपराह्न बालुवाटार आऊन पनि अनुरोध गरे । १२ खरी बाट लिएकाे
Comments
अरु समाचार
-
निर्वाचनको अन्तिम परिणाम चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस गर्ने तयारी
काठमाडौँ । निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम आगामी चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस...
-
पत्रकार दीपेन्द्र विष्टलाई मातृशोक
डडेलधुरा । पत्रकार दीपेन्द्र विष्टलाई मातृशोक परेको छ । कान्तिपुर मिडियामा कार्यरत विष्टकी आमा ८५ वर्षीया हजारीदेवी विष्टको सोमबार डडेलधुराको...
-
जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
रौतहट । पर्साको सखुवा प्रसौनी गाउँपालिकामा सोमबार राति जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक...
-
१६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक, कुन पार्टीको कति ?
काठमाडौं । निर्वाचन आयोगले १६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक गरेको छ । सबैभन्दा अन्तिममा संखुवासभाको मत परिणाम सोमबार राति...
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...











