सुन तस्करी प्रकरण वरिष्ठ अधिवक्ताको ‘असंगत’ काम
बहुचर्चित सुन तस्करी प्रकरणमा वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले गत वर्ष महान्यायाधिवक्ताको हैसियतमा सरकारी पक्षबाट मुद्दाको प्रतिरक्षा गर्दै बहस गरे, आरोपितहरूमाथि कठोर सजाय मागदाबी गरे ।
पछिल्लो ३३ किलो तस्करीको सुन त्रिभुवन विमानस्थलबाटै गायब पारिएको र खोज्ने क्रममा भएका हत्यासम्बन्धी मुद्दामा भने उनी कानुन व्यवसायीको हैसियतमा आरोपितका पक्षमा उभिए । आरोपितको कानुुनी प्रतिरक्षा गरे ।
फरक–फरक समयमा दायर यी दुई मुद्दाका विषय एउटै हो– संगठित सुन तस्करी । अझ कतिपय प्रतिवादी दुवै मुद्दामा उही छन् । विशेष अनुसन्धान समितिले पनि यी घटनालाई ०६९ देखिकै शृंखला भएको दाबी गरेको छ । यसरी उही प्रकृतिको, प्रतिवादीसमेत उही रहेका मुद्दामा कानुन व्यवसायीले वादी र प्रतिवादी दुवै पक्षबाट बहस गर्न मिल्छ रु पूर्वमहान्यायाधिवक्ता बद्रीबहादुर कार्की महान्यायाधिवक्ताले आफ्नो कार्यकालमा दर्ता भएका कुनै पनि मुद्दामा पदबाट हटेपछि विपक्षबाट बहस गर्नु उचित नहुने बताउँछन् ।
‘मैले आफूले नियुक्ति पाएदेखि अवकाश पाएको मितिसम्म दायर भएका कुनै पनि सरकारवादी मुद्दाको विपक्षमा मुद्दा हेरिनँ, त्यससँग जोडिएका अरू मुद्दा पनि हेर्ने कुरा भएन,’ कार्कीले कान्तिपुरसँग भने, ‘मैले मलाई लागेको कुरा गरेँ, मेरो नियम सबैले मान्नुपर्छ भन्ने छैन । अरूका हकमा त अरूलाई नै सोध्नुपर्ला ।’
कान्तिपुर दैनिक
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












