साँफेबगर विमानस्थलमा प्राविधिक उडान परीक्षण सफल
अछाम, ११ जेठ । विगत १३ वर्षदेखि बन्द रहेको अछामको साँफेबगर विमानस्थलको आज परीक्षण उडान गरिएको छ ।
विमानस्थलको कालोपत्रे, रनवेलगायतको काम सम्पन्न भएपछि आज समिट एयरको १९ सिटे विमानले प्राविधिक परीक्षण गरेको हो ।
समिट एयरको जहाज बिहान १०ः३० बजे हुम्लाको सिमिकोटबाट साँफेबगर विमास्थल साँफेबगर विमानस्थलमा अवतरण भएको थियो । विमानका चालक एडी शेर्पाले उडानका लागि साँफेबगर विमानस्थल निकै उपयुक्त विमानस्थल रहेको प्रतिक्रया दिएका छन् ।
‘यो विमानस्थल उडानका लागि उपयुक्त छ उनले भने, “नेपाल नागरिक उड्डयन प्राधिकरणलाई दुई दिनमा प्रतिवेदन बुझाउने छु । यदि सम्झौता भए यही विमान यहाँ उडान भर्न तयार छ ।”
तत्कालीन विद्रोही माओवादीले २०५८ फागुन ४ गते साँफेबगर विमानस्थलको टावर ध्वस्त बनाएको थियो । बीचमा केही समय विमानस्थल सञ्चालन आए पनि पुन २०६२ सालदेखि पूर्णरूपमा बन्द विमानस्थल गौचरनमा परिणत भएको थियो ।
निर्माण जिम्मा पाएको अमर कन्स्ट्रक्सनले निर्माणको काम करिब पूरा भएको बताएको छ । विमानस्थलको ५५० मिटर लम्बाइ र २० मिटर चौडाइ भागमा कालोपत्रे गरिएको छ । विमानस्थलको भ्याटसहित रु ११ करोड ५० लाखको लागतमा कालोपत्रे भएको हो ।
साँफेबगर नगरपालिकाका प्रमुख कुलबहादुर कुँवरले विमानस्थल सञ्चालनमा आएपछि जनतामा निकै उत्साह र आशा पलाएको बताउनुभयो ।
‘आज अछामी जनताको लागि निकै खुशीको दिन हो उहाँले भन्नुभयो, “अब हप्तामा दुई वा तीन उडान भर्नका लागि पहल गर्ने छु । न्यूनतम् टिकटमा यहाँका जनतालाई सेवा उपलब्ध गराउने प्रयासमा छु ।”
पहाडी क्षेत्रका विमानस्थलमध्ये साँफेबगर विमानस्थल विमान अवतरणका लागि सबैभन्दा उपयुक्त मानिएको छ । प्रदेश नं ७ को दुईवटा विमानस्थल रहेको एक मात्र पहाडी जिल्ला अछाम हो ।
अछामको मुख्य व्यापारिक केन्द्र साफेबगर र कमल बजारमा गरी दुई स्थानमा विमानस्थल छन् । जिल्लामा दुईवटा विमानस्थल भए पनि कुनै पनि सञ्चालनमा नहुँदा स्थानीयवासीले लाभ लिनसकेका छ्रैनन् ।
विमानस्थल सुचारु भए आवतजावतमा सजिलोका साथै विमानस्थल सुचारु भएपछि उपचार नपाएर अकालमै ज्यान गुमाउनु पर्नेमा कमी आउने स्थानीयवासीको बुझाइ छ ।
विसं २०२४ मा निर्माण शुरु भएको साँफेबगर विमानस्थल २०३२ सालबाट सञ्चालनमा आएको थियो । २०४४ सालदेखि २०५८ सालसम्म साँफेबगर विमानस्थल निरन्तर सञ्चालनमा रहेको थियो । तर, कमलबजार विमानस्थल सञ्चालनका लागि भने कुनै पनि पहल नहँुदा गौचरनमा परिणत भएको छ ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












