कृष्ण सेन मदन स्मृति क्रियाशील पत्रकारिता आचार्यलाई
म्याग्दी १३, जेष्ठ । प्रेस सेन्टर नेपाल, म्याग्दीद्वारा स्थापित कृष्ण सेन मदन स्मृति क्रियाशील पत्रकारिता पुरस्कार ठाकुरप्रसाद आचार्यलाई प्रदान गरिएको छ ।
सोहौँ कृष्ण सेन स्मृति दिवसका अवसरमा आज प्रेस सेन्टर र प्रेस चौतारी म्याग्दीले बेनीमा आयोजना गरेको कार्यक्रममा आचार्यलाई रु पाँच हजारसहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
एक दशकदेखि सञ्चार क्षेत्रमा क्रियाशील र नेपाल पत्रकार महासंघ म्याग्दीका उपाध्यक्ष आचार्य ‘गोरखापत्र’ दैनिक र ‘नवविकल्प’ साप्ताहिकमा आबद्ध हुनुहुन्छ । कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नं ४ का अध्यक्ष त्रिभुवन पौडेल, पूर्वसांसद गोविन्द पौडेल, नेकपाका नेता हरिकृष्ण श्रेष्ठ, महासंघका शाखा अध्यक्ष तारानाथ शर्मा र सेन्टरका अध्यक्ष कमल खत्रीले आचार्यलाई पुरस्कृत गरिएको हो ।
विसं २०७२ मा चलचित्र ‘भीमदत्त’को विशेष प्रदर्शनी गरेर स्थापना भएको रु पचहत्तर हजार राशिको कोषमा प्रदेशसभा सदस्य विनोद केसीले जनयुद्धमा दिवंगत दाजु मदनका स्मृतिमा हालै रु २५ हजार थप सहयोग गरेका थिए । अक्षयकोषको ब्याजबाट प्रत्येक दुई वर्षमा म्याग्दीमा क्रियाशील एक पत्रकारलाई पुरस्कृत गरिने प्रेस सेन्टर म्याग्दीका उपाध्यक्ष पदम विश्वकर्माले बताए ।
कार्यक्रममा महासंघका प्रदेश अध्यक्ष पौडेलले पत्रकारिता क्षेत्रलाई विश्वसनीय र मर्यादित बनाउन महासंघको प्रदेश कमिटीले आवश्यक तयारी गरिरहेको बताए । नेकपाका नेता तथा पूर्वसांसद पौडेल, नेता श्रेष्ठ र नेपाली काँग्रेस म्याग्दीका सचिव मीनबहादुर कार्कीले गाउँतहसम्म पत्रकारिताको पहुँच स्थापित गरी समाज रुपान्तरण, विकास र समृद्धिको अभियान सफल बनाउन रचनात्मक सहयोगको अपेक्षा व्यक्त गरे ।
म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्य, महासंघका प्रदेश सदस्य तथा पुरस्कार छनोट समितिका संयोजक सन्तोष गौतम, नेपाल प्रेस युनियन म्याग्दीका सभापति गोपाल छन्त्याललगायतले मन्तब्य व्यक्त गर्नुभएको कार्यक्रममा शहीद मदन केसीका बुवा खिमबहादुरले शहीद परिवारको भावना समेटिएको कविता प्रस्तुत गरेका थिए ।
Comments
अरु समाचार
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
मुग्लिङ–पोखरा सडकको विजयपुर खण्ड दैनिक चार घण्टा बन्द हुने !
काठमाडौं । धमाधम स्तरोन्नति भइरहेको पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–पोखरा सडकको विजयपुर खण्ड बुधबारदेखि ९ दिनसम्म दैनिक चार घण्टा बन्द हुने भएको...
-
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा वर्षा र हिमपात
काठमाण्डौ । देशका केही ठाउँमा गएरातिदेखि वर्षा र हिमपात शुरू भएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा...
-
पोखरामा यस वर्षको तिहारमा ३ लाख फूलको माला खपत हुने अनुमान !
काठमाडाैं । यस वर्ष तिहार पर्वको अवसरमा पोखरामा करिब ३ लाख फुलका माला खपत हुने भएको छ । पर्यटनको राजधानी...
-
बाढी पहिरोले क्षति पुगेका संरचनाका पुनः निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने अनुमान
काठमाडौं । बाढी पहिरोका कारण क्षति पुगेका सडकका संरचनाका पुनः निर्माण लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान...
-
रसुवामा फसेका १२ जनालाई स्याफ्रुवेशी ल्याइयाे, चारजना अझै बेपत्ता !
काठमाडाैं । अविरल वर्षाका कारण रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–५ ड्यामसाइड क्षेत्रमा फसेका व्यक्तिहरूमध्ये १२ जनालाई नेपाली सेनाको उद्धार टोलीले सकुशल...
-
प्रशासन कार्यालयले भन्याे, ‘हिमपात र भारी वर्षाको सम्भावना छ पदयात्रामा नजानु’
काठमाडौं । कास्की जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको...











