फोरम सहित दुई तिहाई कटाएको नेकपाले गर्ला त संविधान संशोधन ?
काठमाडाै १४, जेष्ठ । सरकार बनेको सय दिनपछि संविधान संशोधन गर्ने सहमतिभएसँगै संघीय समाजवादी फोरम नेपाल सरकारमा सहभागि हुने भएको छ ।
सरकार अव भने दुई तिहाईको अंक गणितमा बलियो बनेको छ । फोरमका १६ सांसद छन् भने नेकपाका १७४, जसले गर्दा अव सरकारको पक्षमा १९० सांसद पुग्छन् ।
२७५ सिट संख्या भएको संघीय संसद्को प्रतिनिधि सभामा दुई तिहाईका लागि १ सय ८३ संसद संख्या चाहिन्छ ।
संघीय समाजवादी फोरमले मात्रृ भाषाहरुलाई संविधानको अनुसुचिमा राख्नुपर्ने, नेपाली नागरिकसँग विवाह गरेकी विदेशी महिलाले आफ्नो देशको नागरिकता त्यागे उनलाई अंगिकृत नागरिकता दिनुपर्ने, प्रदेशको सीमासम्बन्धि आयोग गठन गर्नुपर्ने लगायतमा संविधान संशोधनको माग गर्दै आएको छ ।
फोरमका के–के छन् माग ?
–प्रदेशको सिमाना परिवर्तनको विषय भए सिमाना परिवर्तन सम्बन्धी सवै प्रदेशको प्रदेशसभाको अनुमति लिनुपर्ने ।
–आन्दोलनकारीमाथि लगाइएको झुठा मुद्दा, थुनामा राखेका फरार रहेका, अंगभंग भएकालाई क्षतिपुर्ति अपाङग भएकालाई भरण पोशण लगायतका माग छन् ।
–नेपालमा बोलिने सवै मात्रृ भाषाहरुको सूचि तयार गरी नेपाल सरकारसँग पेश गर्ने ।
–प्रदेशको सिमाङ्कन हेरफेरसम्बन्धि संघीय आयोग गठन गर्नुपर्ने ।
–भाषा आयोगको सिफारिसमा मात्रृ भाषाहरुलाई संविधानको अनुसुचिमा समावेश गर्नुपर्ने ।
–नेपाली नागरिकसँग विवाह गरेकी विदेशी महिलाले आफ्नो देशको नागरिकता त्यागेमा संघीय कानुन बमोजिम नेपालको अंगिकृत नागरिकता लिन पाउनुपर्ने ।
–प्रदेश सभा गठन नभएसम्म प्रदेशको अधिकार व्यवस्थापिका संसदले प्रयोग गर्ने ।
यसअघि आन्दोलनका क्रममा घाइते तथा अंगभंग भएकाहरुको उपचार खर्च व्यहोर्ने, थुनामा रहेकाहरुलाई कानुन बनाएर छोड्ने लगायतमा सरकार लचक भएको थियो । तर, फोरमले आफ्ना मागहरु संशोधान गर्ने लिखित सहमति भएमात्रै सरकारमा सहभागि हुने अडान राख्दै आएको थियो ।
सम्बन्धित समाचार:
नेकपा र फोरमबीच दुईबुँदे सहमति, संविधान संशाेधन पक्का
Comments
अरु समाचार
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
जनता मावि त्रिजुगाको ५९औँ वार्षिकत्सवमा पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
मोरङको सुन्दरहरैचा–३ स्थित जनता माध्यमिक विद्यालय त्रिजुगाले आयोजना गरेको ५९औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा पत्रकार शिव भट्टराई भोजपुरेलाई...
-
हर्क साम्पाङ सुनसरी- १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्।...
-
मोटरसाइकल दुर्घटनामा क्रिकेटर थापाको मृत्यु
काठमाडौं । मोटरसाइकल दुर्घटनामा परेर क्रिकेटर मिनष थापाको मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
हर्क साम्पाङ नेतृत्वको पार्टीका उपाध्यक्ष पक्राउ !
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ (विश्वक्रान्ति)लाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले पक्राउ गरेको छ...











