फेसबुक लाइभ हेर्ने होइन विश्व ११ र विन्डिजबीचको खेल ?
काठमाडाैं १७ जेष्ठ । नेपाली क्रिकेटर सन्दीप लामिछाने इंगल्यान्डको लर्ड्स मैदानमा आज खेल्ने च्यारिटी क्रिकेट म्याच फेसबुकमा लाइभ हेर्न पाइने भएको छ ।
उक्त खेलको लाइभ आइसिसिको फेसबुक पेजबाट हेर्न सकिने जनाइएको छ ।
ह्युरिक्यान रिलिफ टी-२० च्यालेन्ज नाम दिइएको उक्त च्यारिटी म्याच राति पौने ११ बजे लर्ड्समा हुँदैछ। त्यसमा सन्दीपले आइसीसी वर्ल्ड-११ को प्रतिनिधित्व गर्दैछन्।
इयान मोर्गनको कप्तानीमा उक्त टिम रहने भनिए पनि उनी घाइते भएपछि शाहिद अफ्रिदीले कप्तानी गर्नेछन्। टिममा सन्दीपसँगै १२ जनाको नाम सार्वजनिक भइसकेको छ। जसमा दिनेश कार्तिक, रसिद खान जस्ता खेलाडीहरु पनि समावेश छन्। यो टिमले विन्डिजसँग च्यारिटी म्याच खेल्न लागेको हो।
उक्त खेलबाट उठेको रकम क्यारेवियन क्षेत्रमा क्रिकेट स्टेडियमा पुन निर्माणको लागि खर्च गरिनेछ।
टिम भने यस्तो छ:
विन्डिज: कार्लोस ब्रथवेट (कप्तान), सामुएल बद्री, रयाद एम्रिट, एन्ड्रे फ्लेचर, क्रिस गेल, इभिन लेविस, एस्ले नर्स, कीमो पाउल, रोभमान पावेल, डेनेस राम्दिन, एन्ड्रे रसेल, मार्लोन सामुएल्स, केस्रिक विलियम्स।
आइसिसी वर्ल्ड ११: शाहिद अफ्रिदी (कप्तान), साम बिलिङ्स, साम कुरान, तमिम इकबाल, टाइमल मिल्स, दिनेश कार्तिक, रसिद खान, सन्दीप लामिछाने, मिचेल म्याककेलनाघन, शोहेब मलिक, थिसारा परेरा, ल्युक रोन्ची, अदिल रसिद।
Comments
अरु समाचार
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
प्रतिनिधिसभा बैठक आज पनि, बजेटबारे सम्बन्धित मन्त्रीको जवाफ
काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने संसद सचिवालयले जनाएको छ...
-
फिफा विश्वकप २०२६: पोर्चुगल र डिआर कंगो १-१ को बराबरीमा
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'के' को खेलमा कंगो डीआरले पोर्चुगललाई १-१ को बराबरीमा रोक्दै ऐतिहासिक उपलब्धि हासिल...
-
अर्जेन्टिनाका मेस्सीले गरे ह्याट्रिक, उनका फ्यानहरू उत्साहित
काठमाडौं । लियोनेल मेस्सीको लगातारको उत्कृष्ट प्रदर्शन र कीर्तिमानी ह्याट्रिकका कारण उनका फ्यानहरू निकै उत्साहित भएका छन् । उनको यो...
-
विश्वकप फुटबलमा फ्रान्सको विजयी शुरुआत, एम्बाप्पेले गरे दुई गोल
काठमाण्डौ - फिफा विश्वकप फुटबलमा फ्रान्सले विजयी शुरुआत गरेको छ । न्यूयोर्कको न्युजर्सी स्टेडियममा गए राति सम्पन्न खेलमा फ्रान्सले सेनेगललाई...
-
उरुग्वे र साउदी अरब, स्पेन र केप भेर्दे तथा बेल्जियम र इजिप्टको बराबरी गोल
काठमाण्डौ । फिफा विश्वकप फुटबलमा उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेल्दै अङ्क...
-
जर्मनीले कुरासाओलाई ७–१ ले हरायो, जापान र नेदरल्याण्ड्सले बाँडे बराबरी अंक
काठमाडौं। २०२६ फिफा विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा जर्मनीले कुरासाओलाई ७–१ गोलअन्तरले पराजित गर्दै प्रभावशाली सुरुआत गरेको छ। ह्युस्टनस्थित बन्द रंगशालामा...
-
फिफा विश्वकप २०२६: ब्राजिल र मोरक्कोले खेले १-१ को बराबरी
काठमाडौं । ब्राजिलले फिफा विश्वकप २०२६ को पहिलो खेलमा मोरक्कोसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ । फिफा विश्वकप...
-
एसियन गेम्स पुरुष क्रिकेटमा छनोट भयाे नेपाल
काठमाडौँ। नेपाल एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगिताका लागि छनोट भएको छ ।मलेसियामा जारी छनोट खेलमा मङ्गलबार घरेलु टोली मलेसियाले चीनलाई...











