लोडसेडिङमुक्त देशको अबस्था : बाजुराको दुर्गम क्षेत्रमा झरो नै उज्यालोको सहारा
बाजुरा १८, जेष्ठ । बाजुराका अधिकांश स्थानीय तहका स्थानीयवासी सल्लाको रुखबाट निकालिएको झरो बाल्न बाध्य भएका छन् ।
स्थानीय तहको निर्वाचन भएको एक वर्ष बित्न लाग्दा पनि जनप्रतिनिधिले कुनै काम नगरेको भन्दै स्थानीयवासी आक्रोशित बन्दै गएका छन् ।
जिल्लाको दुर्गम क्षेत्रमा रहेको हिमाली गाउँपालिकाका करीब ९१ प्रतिशत स्थानीयबासी अझै झरो बाल्नुपर्ने वाध्य भएका छन् । जिल्लाका नौवटै स्थानीय तहमध्ये हिमाली गाउँपालिकामा ठूलो संख्यामा नागरिकले हालसम्म पनि विद्युत् सेवा नपाएपछि झरो बाल्न बाध्य भएको बताइएको छ ।
हिमाली गाउँपालिका–६, पाडीका १४५ घरपरिवारबाहेक अरु सबैको उज्यालोको स्रोत नै सल्लाको रुखबाट निकालिएको झरो, टुकी रहेको स्थानीयले गुनासो गरेका छन् । छोराछोरीलाई विद्यालयबाट दिएका गृहकार्य र अध्ययन गर्नका लागिसमेत झरोको टुकी बनाउँदै पढाउनु पर्ने बाध्यता रहेको बताइएको छ ।
विद्यालयमा जाने अधिकांश बालबालिका रातिको समयमा झरो बाल्दै किताब पढ्ने गरेका छन् । बिहानको समयमा घरको काम गर्न जाने हुँदा राति नै झरोको टुकी बनाएर गृहकार्य गर्ने गरेका छन् ।
हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले आफ्नो कार्यकालमा हिमाली गाउँपालिकामा स्थानीयवासीलाई विद्युत् निर्माण गरी झरोको समस्या हटाउने बताए ।
उनले गाउँपालिकाका दुर्गममा भएको र बस्तीसमेत आवतजावत गर्न कठिनाइका कारण गाउँपालिकामा कम गुनासा आए पनि विद्युत् निर्माणका लागि पहल भइरहेको अध्यक्ष मल्लले बताए ।
हिमाली गाउँपालिकाका एक हजार ६९७ परिवारमध्ये १४५ परिवारले मात्र बत्ती बाल्ने गरेका छन् । यसैगरी, बूढीगंगा नगरपालिका वडा नं २ र ३ का करीब ५०० परिवार अध्याँरोमा बस्दै आएका छन् । लामो समयदेखि उक्त परिवारले वनबाट सल्लाको रुखको झरो बनाउँदै दैनिकी गुजार्दै आएको बूढीगंगा नगरपालिका–२ का खडकराज जोशीले बताए । विद्युत् बाल्ने सपना अहिलेसम्म पूरा नभएको जोशीको भनाइ रहेको छ ।
गरीब परिवारको झरो नै उज्यालोको सहारा बन्दै गएको छ । प्रतिनिधिसभाका सदस्य तथा पूर्वमन्त्रीको गाउँका स्थानीय समेत झरोको भरमा रहेको स्थानीय जीतबहादुर बूढ्थापाले बताए ।
बूढीगंगा नगरपालिकाका साविकको बाह्रबिस र कुल्देवमाण्डौं गाविसमा विद्युत् भएपनि ब्रह्मतोला गाविसका स्थानीय भने झरो बाल्दै आइरहेका छन् ।
जिल्लाका नौमध्ये सातवटा स्थानीय तहका करीब ९० प्रतिशत घरधुरी विद्युत्को पहँुचमा रहेको र जिल्लामा हाल करीब एक हजार ५०० किलोवाट विद्युत् उत्पादन भइरहेको बताइएको छ ।
Comments
अरु समाचार
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...












