सुन तस्करका पक्षमा बहस गर्ने पुुर्व ‘महान्यायाधिवक्ता रमन श्रेष्ठ लगायत सबैलाई कारबाही गर्छु गृहमन्त्री थापा
विराटनगरः गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले समाजवादका वाधक तत्त्व आफ्नै पार्टीभित्र पनि रहेको उल्लेख गर्दै तिनलाई छानीछानी सिध्याइने चेतावनी दिएका छन्।
नेपाल कम्युनिस्ट पार्टी मोरङको कार्यालयमा शुक्रवार साँझ आयोजित कार्यकर्ता भेलामा गृहमन्त्री बादलले वाधक तत्त्वलाई नसिध्याई समाजवाद स्थापना नहुने भएकाले तिनलाई सिध्याइने घोषणा गरेका हुन्।
‘अबका समाजवादका वाधक भनेका कुनै एउटा पार्टी विशेषमा मात्र सीमित छैनन्’, मन्त्री थापाले भने, ‘ती काङ्ग्रेस, राप्रपा र हाम्रा पार्टीभित्र पनि हुनसक्छन्। तिनलाई नसिध्याई र तिनको भण्डाफोर नगरी समाजवादको स्थापना हुन सक्दैन।’
सुन तस्करका पक्षमा बहस गर्नेहरुलाईसमेत नछाड्ने उनको चेतावनी थियो। ‘महान्यायाधिवक्ता भइसकेका व्यक्ति रमन श्रेष्ठ र मोरङकै एक प्रदेश सभा सांसद्ले सुन तस्करका पक्षमा वकालत गर्नुभएछ। सुन तस्करहरू समाजवादका वाधक हुन्। उनीहरूलाई सिध्याइनेछ। अनि सुन तस्करका पक्षमा बहस गर्ने यस्ता साथीहरूलाई कारबाही गरिने छ,’ थापाले भने।
पूर्व महान्यायाधिवक्ता रमन श्रेष्ठले भुजुङ गुरुङ र मोरङ क्षेत्र नम्बर २ बाट विजयी प्रदेश सभा सांसद् नेकपाका लीलावल्लभ अधिकारीले बालकृष्ण सञ्जेलका पक्षमा मोरङ जिल्ला अदालतमा बहस गरेका थिए।
गृहमन्त्री थापाले समाजवादका वाधकहरू तीन प्रकारका भएको बताए। जसअनुसार पहिलो प्रकारमा दलाल राष्ट्रिय पूँजीपति, जग्गा दलाल, सबै प्रकारका भ्रष्ट व्यक्ति, बिचौलिया, अपहरणकारी, फिरौती माग्नेहरू, सिन्डिकेटका नाममा एकाधिकार सञ्चालन गर्नेहरू, समयमा काम नगर्ने वा कामबाट भाग्ने ठेकेदारहरू अनि तिनका मतियार डिई र डिजीहरू तथा कालाबजारिया रहेको उनको ठहर थियो।
समाजवादका पहिलो प्रकारकै वाधकमा उनले सत्तामा बसेर घुस खाने कर्मचारी, मानव तस्कर, गिटीबालुवाका तस्करहरू, वैदेशिक रोजगारीमा ठगी गर्नेहरू र लागुऔषधका कारोबारीलाई पनि राखे। मुलुकलाई विखण्डनमा लान खोज्ने विखण्डनकारीहरू दोस्रो प्रकारका वाधक रहेको उनको स्पष्टोक्ति थियो।
‘तेस्रो प्रकारका वाधक तत्त्वमा सांस्कृतिक अपराधी पर्छन्’, गृहमन्त्री बादलको भनाइ थियो, ‘धार्मिक र सांस्कृतिक दङ्गा भड्काउन आफैँले आफैँलाई गोली हान्नेहरू, बोक्सीको आरोपमा निर्दोष महिलालाई जथाभावी खुवाउनेहरू, जातीय र छुवाछुतको भावना फैलाउनेहरू, चेलीबेटीलाई अपमान र दुव्र्यवहार गर्नेहरू तेस्रो प्रकारका वाधक हुन्।’
उनले भने, ‘पहिले–पहिले समाजवादका वाधक तत्त्व भनेका जमिन्दार र सामन्त वर्ग थिए। हामीले तिनका विरूद्ध सङ्घर्ष गर्यौँ, ती पृष्ठभागमा पुगेका छन्। अब नयाँ वाधकहरू पैदा भएका छन्। तिनलाई सिध्याउन र तिनको भण्डाफोर गर्न आवश्यक छ।’
मन्त्री थापाले दुई ठूला कम्युनिस्ट पार्टी मिलेर एउटा नयाँ र सशक्त पार्टीको जन्म समाजवादी गणतन्त्रको स्थापना गर्न भएको धारणा प्रकट गरे।
सामन्तवादको प्रतिनिधि संस्था रहेको राजतन्त्रको अन्त्य र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि दुई पार्टीको एकीकरण नेपालको अर्को ठूलो परिघटना भएको उनको दृष्टिकोण थियो।
उनले भने, ‘यो एकता समाजवादी क्रान्ति सम्पन्न गर्न र समाजवादको निर्माण गर्न भएको हो। समाजवादी क्रान्तिको नेतृत्व यही पार्टीले गर्ने छ। यसका निमित्त नेतृत्व, कार्यदिशा र विचार आवश्यक थियो। त्यसैका लागि दुई ठूला पार्टीको एकीकरण गरिएको हो।’
थापाले नेकपाको अबको एकमात्र लक्ष्य समाजवादको निर्माण नै हो भन्ने दोहोर्याए। समाजवाद एउटा नयाँ युग तथा विकास र समृद्धिको उच्चतम अवस्था हो भन्ने उनको परिभाषा थियो।
नेता रामबहादुरले विकास, समृद्धि, स्थायित्व, सुशासन र शान्ति सुरक्षा गरी समाजवादका पाँच मुख्य आधार भएको बताए। यी पाँच मुख्य आधार एकअर्काको परिपूरक भएको उनको अभिमत थियो। शान्ति सुरक्षाको स्थापनाका लागि उनले मदिरामा पनि नियन्त्रण गरिने घोषणा गरे।
बादलले भने, ‘छिमेकी भारतको विहारमा त निषेध नै गरिएको छ। हामीले अहिले नियन्त्रण मात्र गर्ने भनेका छौँ। हाम्रै साथीहरू पनि बैठकमा आउँदा पूरै गह्नाएका र सेन्ट छर्केर आएका हुन्छन्। मदिराले हाम्रो अनुशासन कमजोर बनेको छ। कुलतमा फँसेर जनताले गल्ती गरेका छन्। धेरैका घर बरबाद भएका छन्। जनतासित सम्बन्धित यस्ता मिस्टेकलाई सच्याउने हो।’ विकास र समृद्धिका लागि मदिरा नियन्त्रण र लागुऔषधलाई निषेध गर्नु अनिवार्य रहेको उनले बताए।
Comments
अरु समाचार
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
जनता मावि त्रिजुगाको ५९औँ वार्षिकत्सवमा पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
मोरङको सुन्दरहरैचा–३ स्थित जनता माध्यमिक विद्यालय त्रिजुगाले आयोजना गरेको ५९औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा पत्रकार शिव भट्टराई भोजपुरेलाई...
-
हर्क साम्पाङ सुनसरी- १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्।...
-
मोटरसाइकल दुर्घटनामा क्रिकेटर थापाको मृत्यु
काठमाडौं । मोटरसाइकल दुर्घटनामा परेर क्रिकेटर मिनष थापाको मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक...












