सोलुखुम्बुमा ६ गर्भवती महिलाको अकालमै ज्यान गयो
सोलुखुम्बु २५, जेष्ठ । चालू आर्थिक वर्षको जेठ अन्तिम सातासम्म यहाँ छजना गर्भवती महिलाको ज्यान गएको छ ।
चालू आवको हालसम्म जिल्लामा विभिन्न कारणले छजना गर्भवती महिलाको ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका प्रमुख डा मिङ्मार ग्याल्जेन शेर्पाले जानकारी दिए ।
मृत्यु हुनेमा सबैभन्दा बढी थुलुङ दूधकोशी गाउँपालिकाभित्रका रहेका छन् । कम उमेरमा गर्भाधान, स्वास्थ्य संस्थामा नियमित जाँच नगर्ने, मान्यता प्राप्त स्वास्थ्य संस्थामा प्रसूति नगराउने र समयमा नै उपचारमा नपुग्दा उनीहरुको मृत्यु भएको डा शेर्पाको भनाइ छ ।
मृत्यु हुनेमा थुलुङ दूधकोशी गाउँपालिका देउसा चराखुकी १८ वर्षीया महिलाको शिशुलाई जन्म दिएपछि साल अड्किनाका साथै अत्यधिक रक्तश्राव भएर मृत्यु भएको थियो । यस्तै सोही गाउँकी १८ देखि ३० वर्षकी अर्की महिलाको समेत अत्यधिक रक्तश्राव भएर तत्काल थप उपचार गर्न नसक्दा मृत्यु भएको डा शर्पाको भनाइ छ ।
यस्तै महाकुलुङ गाउँपालिका पेल्माङकी ३२ वर्षीया र सोलु दूधकुण्ड नगरपालिका–१ टाक्सिन्दुकी ५० वर्षीया महिलाको समेत अत्यधिक रक्तश्राव भएर थप उपचार नहुँदा मृत्यु भएको अस्पतालको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
यस्तै माप्य दूधकोशी गाउँपालिका काँकुकी २४ वर्षीया महिलाको समेत समयमा उपचार हुन नसक्दा रक्तश्रावकै कारण मृत्यु भएको प्रमुख डा शेर्पाले बताए ।
उनीहरुमध्ये चारजनाको स्वास्थ्य संस्थामा नियमित स्वास्थ्य जाँच नगराउनुका साथै अस्पतालमा प्रसूति नगराउँदा मृत्यु भएको बताइन्छ । जिल्लामा कम समयमा बच्चा जन्माउनु, स्वास्थ्य संस्थामा नियमित जाँच नगराउनु, धेरै बच्च जन्माउनु खानपानमा समेत ध्यान नदिनुलगायतले आमाको ज्यान जाने गरेको कार्यालयको भनाइ छ । जनचेतना अभावकै कारण मातृ मृत्युदर कम हुन नसकेको डा शेर्पाको भनाइ छ ।
Comments
अरु समाचार
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
जनता मावि त्रिजुगाको ५९औँ वार्षिकत्सवमा पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
मोरङको सुन्दरहरैचा–३ स्थित जनता माध्यमिक विद्यालय त्रिजुगाले आयोजना गरेको ५९औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा पत्रकार शिव भट्टराई भोजपुरेलाई...
-
हर्क साम्पाङ सुनसरी- १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्।...
-
मोटरसाइकल दुर्घटनामा क्रिकेटर थापाको मृत्यु
काठमाडौं । मोटरसाइकल दुर्घटनामा परेर क्रिकेटर मिनष थापाको मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
हर्क साम्पाङ नेतृत्वको पार्टीका उपाध्यक्ष पक्राउ !
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ (विश्वक्रान्ति)लाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले पक्राउ गरेको छ...











