सेवा प्रवाहलाई कमजोर नबनाउन मन्त्री पण्डितको निर्देशन
बुटवल, २७ जेठ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कुनै पनि बहानामा विकास निर्माण र सेवा प्रवाहलाई कमजोर नबनाउन तीनै तहका कर्मचारीलाई निर्देशन दिएका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, उच्चस्तरीय प्रशासन सुधार, कार्यान्वयन तथा अनुगमन समिति र प्रशासकीय अदालतको संयुक्त आयोजनामा आज बुटवलमा आयोजित ‘प्रशासकीय पुनःसंरचनाको सन्दर्भमा सेवा प्रवाहको स्थिति र तहगत अन्तरसम्बन्ध’ विषयक प्रदेशस्तरीय अन्तक्र्रियामा मन्त्री पण्डितले कर्मचारीको योगदान र कार्यसम्पादनका आधारमा मूल्यांकन हुने बताए ।
राष्ट्रसेवक कर्मचारीहरुका लागि काम गर्नेलाई सम्मान र नगर्नेलाई दण्डको व्यवस्था गरिएको उल्लेख गर्दै मन्त्री पण्डितले असल सहकार्य र प्रगतिमा योगदान गर्न पनि आग्रह गर्नुभयो । प्रदेश सरकारका मन्त्री, प्रमुख सचिव, सचिव तथा स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत सहभागी रहेको उक्त अन्तक्र्रियामा मन्त्री पण्डितले मुलुकलाई समृद्ध बनाउने अभियानमा सरिक हुन आग्रह गरे।
उनले कुनै पनि कर्मचारीले अप्ठ्यारो नमान्ने गरी सबै कुराको व्यवस्थापन मिलाउन लागेको भन्दै कुनै पनि बहानाबाजी नगर्न कर्मचारीलाई निर्देशन दिए । मन्त्री पण्डितले सरकारले नयाँखालको मर्यादाक्रम बनाउन लागेको समेत बताए ।
उक्त कार्यक्रममा प्रदेश सरकारका भौतिक योजना तथा यातायात मन्त्री बैजनाथ चौधरी, आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसी, प्रमुख सचिव डा शंकर पाठक, सचिव दीपेन्द्र काफ्ले, जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख एकराज विश्वकर्मा, बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदी, उपप्रमुख गुमादेवी आचार्यलगायतले परिवर्तनको अनुभूति हुनेगरी काम गर्न जरुरी रहेको बताएका थिए ।
Comments
अरु समाचार
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
जनता मावि त्रिजुगाको ५९औँ वार्षिकत्सवमा पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
मोरङको सुन्दरहरैचा–३ स्थित जनता माध्यमिक विद्यालय त्रिजुगाले आयोजना गरेको ५९औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा पत्रकार शिव भट्टराई भोजपुरेलाई...
-
हर्क साम्पाङ सुनसरी- १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्।...
-
मोटरसाइकल दुर्घटनामा क्रिकेटर थापाको मृत्यु
काठमाडौं । मोटरसाइकल दुर्घटनामा परेर क्रिकेटर मिनष थापाको मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक...












