एकैदिन ११५ ले पाए नागरिकता
ताप्लेजुङ, २७ जेष्ठ । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–४ मा शनिबार सञ्चालित एक दिने एकिकृत घुम्ती सेवा शिविरमार्फत ११५ जनाले नागरिकता प्रमाणपत्र लिएका छन् ।
सर्वसाधारण जनताको घरदैलोमा नै पुगेर सेवा प्रवाह गर्ने सरकारको नीतिअनुरुप जिल्ला प्रशासन कार्यालयको अगुवाइमा सञ्चालित उक्त शिविरबाट गाउँपालिका अन्तर्गतका विभिन्न वडाका सर्वसाधारणले नागरिकता प्रमाणपत्र लिएका हुन् ।
नागरिकता लिनेमध्ये केही जेष्ठ नागरिक पनि रहेका बताइएको छ । यस्तै, जिल्ला कृषि विकास कार्यालयबाट ७१, जिल्ला पशुसेवा कार्यालयबाट ७३, जिल्ला स्वास्थ्य कार्यालयबाट १२४, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट ११५ र महिला विकास कार्यालयबाट १८ जनाले सेवा लिएका छन् ।
जिल्ला वन कार्यालय र डिचेनडोङ्ला आँखा अस्पतालबाटसमेत दर्जनांै सर्वसाधारणले सेवा लिएको बताइएको छ । यसअघि पनि जिल्लाका ग्रामीण क्षेत्रसम्म पुगेर सरकारी कार्यालयले एकीकृत घुम्ती सेवा शिविर सञ्चालन गरेको र आगामी दिनमा पनि आवश्यकता हेरी घुम्ती सेवा शिविर सञ्चालन गरिने प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले बताए ।
Comments
अरु समाचार
-
विमल कृति पुरस्कार ‘कृति शब्दथुम’लाई प्रदान
काठमाडौं । विमल कृति पुरस्कार–२०८० इलामका कवि प्रकाश थाम्सुहाङको निबन्ध कृति शब्दथुमलाई प्रदान गरिएको छ । कवि विमल गुरुङको ५३औँ...
-
महिला र दलित विद्यार्थीलाई अध्ययन शुल्कमा छुट
काठमाडौं । खोटाङको रावाबेंसी गाउँपालिका–२ खार्पामा सञ्चालित रावा क्याम्पसले स्नातक तहमा अध्ययन गर्ने महिला र दलित समुदायका विद्यार्थीलाई अध्ययन शुल्कमा...
-
बेतका फर्निचरबाट मासिक ५० हजार आम्दानी
काठमाडौं । इटहरी उपमहानगरपालिका–७ का ६२ वर्षीय राजकुमार श्रेष्ठले विगत २१ वर्षदेखि बेतका फर्निचर बनाएर जीवन गुजारा गरिरहेका छन् ।...
-
कोशीका आन्तरिक मामिलामन्त्री अधिकारीले दिए पदबाट राजीनामा
काठमाडौं । कोशीका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले पदबाट राजीनामा दिएका छन् । प्रदेश मन्त्री परिषद् र संघ...
-
छोरीलाई दाईजो स्वरूप गाउँ नै दिने अनौठो प्रथा
काठमाडौं । तराई मधेश क्षेत्रमा दाईजो प्रथा अझै कायमै रहेको खबर बेलाबेला आउने गरेकै छन् । मधेश क्षेत्रमा बसोबास गर्ने...
-
सङ्खुवासभामा टिपर दुर्घटनाः दुई जना मजदुरको मृत्यु, दुई घाइते
काठमाडौ । संखुवासभाको मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा टिपर दुर्घटना हुँदा अरुण तेस्रो जलविद्युत् परियोजनामा कार्यरत दुई जना भारतीय मजदुरको मृत्यु...
-
तल्लो अरुण जलविद्युत् आयोजनाको मुआब्जा वितरण सुरु
काठमाडौं । सङ्खुवासभामा निर्माणाधीन छ सय ६९ मेगावाट क्षमताको अरुण तल्लो जलविद्युत् आयोजनाका प्रभावितलाई मुआब्जा रकम वितरण सुरु गरिएको छ...
-
इलाम बजारमा छाडा कुकुरले दुर्घटना बढाउँदै
काठमाडौं । इलाम बजारका चोक र गल्लीमा छाडा कुकुरको सङ्ख्यामा वृद्धि भएको छ । कुकुरको सङ्ख्या वृद्धि मात्र नभइ छाडा...
-
अलैँचीको उत्पादन घट्यो, मूल्य बढ्यो, कृषक निराश
काठमाडौं । नेपालको पूर्वी पहाडी जिल्लाहरुमा उत्पादन हुने अलैचीको मूल्य गत वर्षको तुलनामा बड्यो । विशेष गरेर सङ्खुवासभा, सोलुखुम्बु, ताप्लेजुङ,...