प्रदेश नं १ मा पाँच लाख पर्यटक भित्र्याइने: मुख्यमन्त्री राई
विराटनगर, २८ जेष्ठ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आगामी पाँच वर्षभित्र प्रदेशमा पाँच लाख विदेशी पर्यटक भित्र्याइने बताएका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा आज यहाँ आयोजित वायु सेवा कम्पनीहरुको सेवा प्रवाह एवं विमानस्थलका लागि भावी योजना विषयक अन्तक्र्रिया कार्यकममा उहाँले प्रदेशमा रहेका धार्मिकस्थल र हिमाली क्षेत्रमा आवश्यक पूर्वाधार निर्माण गरी छिमेकी राष्ट्रका पर्यटकलाई आकर्षित गर्ने बताए ।
मुख्यमन्त्री राईले विराटनगर विमानस्थललाई प्रादेशिकरुपमा विस्तार गरी छिमेकी देशमा हवाई उडान गरी छिमेकी देशका पर्यटकलाई यहाँ ल्याउने लक्ष्यका साथ सरकारले कार्य गरिरहेको उल्लेख गरे ।
उहाँले प्रदेश मन्त्रिपरिषद् बैठकबाट विराटनगर विमानस्थलको रनवे तीन हजार मिटर पु¥याउने निर्णय गर्नेे जानकारी दिँदै आगामी छ महिनाभित्र विमानस्थलको विस्तारका लागि आवश्यक जग्गा अधिग्रहण र अन्य समस्या समाधान गर्ने बताए ।
अन्तक्र्रिया कार्यक्रममा यस क्षेत्रमा सञ्चालित विभिन्न वायुसेवा कम्पनीको सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रदेश नं १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदीशप्रसाद कुसियतको उपस्थिति रहेको थियो ।
अन्तक्रियामा विराटनगर विमानस्थलको रनवे तीन हजार मिटर पु¥याउने मास्टर प्लान निर्माण गर्ने, कञ्चनबारीदेखि विमानस्थलसम्म स्मार्ट रोड बनाउने, विराटनगरबाट माउण्टेन उडान गर्ने, लुक्लाको लागि उडान गर्ने, यस क्षेत्रवाट भारतको पटना, दिल्ली, मुम्बइ हवाई उडान सञ्चालन गर्ने, नेपाल एयरलाइन्सको उडान कम भएकाले उडान थप गर्ने, विमानस्थलमा सिआइपी रुमको निर्माण गर्ने आदि निर्णय गरिएको छ ।
Comments
अरु समाचार
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...
-
विराटनगर आगजनी प्रकरणः नेपाली कम्युनिष्ट पार्टीका अन्सारीसहित पाँचजना पक्राउ
विराटनगर । जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा विराटनगरस्थित विभिन्न सरकारी कार्यालयमा गरिएको आगजनी तथा तोडफोड घटनामा संलग्न रहेको आरोपमा...
-
पर्शुराम बस्नेतमाथि मोरङमा किन भयो आक्रमण प्रयास, के बस्नेतराज सकिएकै हो ?
काठमाडाैं । एमालेमा गुन्डागर्दी गर्दै नेता बनेका पर्शुराम बस्नेतमाथि मोरङमा महाधिवेशन प्रतिनिधि छनोटमा गोलमाल गर्न खोज्दा कडा प्रतिवाद गरिएको छ...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
कोशी प्रदेश : चार महिनामा लैङ्गिक हिंसाका २८६ मुद्दा दर्ता
झापा । कोशी प्रदेशमा चालु आर्थिक वर्ष २०८२/८३ को प्रथम चौमासिक अवधिमा लैङ्गिक हिंसाका २८६ वटा मुद्दा दर्ता भएको प्रहरीले...
-
फक्ताङलुङमा घाँस काट्ने क्रममा लडेर एक जनाकाे मृत्यु !
काठमाडाैं । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–३ लिङखिमका एक व्यक्तिको घाँस काट्ने क्रममा आज लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय बलबहादुर...
-
पाख्रिबासमा माइक्रोबस दुर्घटना एकजनाकाे मृत्यु, १३ जना घाइते !
काठमाडौं । धनकुटामा माइक्रो बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । काठमाडौंबाट संखुवासभाको सदरमुकाम खाँदवारी जाँदै गरेको बा...
-
‘सम्झना टोल विकास संस्था’ को साधारणसभा सम्पन्न, विकासप्रेमी केदार कार्की पुनः अध्यक्षमा चयन
विराटनगर । विराटनगर महानगरपालिका वडा नं ५ स्थित सम्झना टोलविकास संस्थाको २६ औं वार्षिक साधारणसभाले केदार कार्कीलाई अध्यक्षमा निर्वाचित गरेको...












