ड्राइभिङ लाइसेन्सको समस्या कहिले हट्ला ? विभाग भन्छ दुई महिना भित्र स्मार्ट लाइसेन्स दिन्छाै
काठमाडौं २९, जेष्ठ । स्मार्ट लाइसेन्सको व्यवस्था गरेको यातायात व्यवस्था विभागले ड्राइभिङ लाइसेन्स पास गरेका सेवाग्राहिलाई समयमै लाइसेन्स वितरण गर्न नसक्दा चाैतर्फि विरोधको सामना गरिरहनु परेको छ ।
अब भने यातायात व्यवस्था विभागले प्रिन्ट हुन बाँकी सबै सवारी चालक अनुमतिपत्र (काइसेन्स)को वितरण २ महिना भित्र गरिसक्ने दावी गरेको छ । नयाँ प्रिन्टर मेसिन ल्याएको विभागले अब २ सिफ्टमा कार्ड प्रिन्ट गरेर समस्याको हल गर्ने जनाएको छ ।
विभागमा अहिलेसम्म चारवटा मेसिनले मात्रै लाइसेन्स प्रिन्ट गरिररहेका थिए । अब आठवटा मेसिनबाट लाइसेन्स प्रिन्ट गरेर दुई महिनाभित्रै सबै प्रतीक्षारत सेवाग्राहीलाई हस्तान्तरण गरिसक्ने विभागका प्रवक्ता तुल्सीराम आर्यालले बताए ।
अहिले झण्डै ट्रायल पास गरेका र नवीकरणका लागि आवेदन दिएका ३ लाख सेवाग्राही लाइसेन्स कुरिरहेका छन् । सरकारले २०७२ मंसिर २० देखि स्मार्ट कार्डको रुपमा वितरण थालेको थियो ।
कुनै समयमा कार्डकै अभाव त, कहिले प्रिन्टरको कमीका कारण लाइसेन्स नपाएर थुप्रै सेवाग्राही विभागले थमाएको रसिदका भरमा सवारी चलाइरहेका छन् । अब स्मार्ट कार्ड आपूर्ति र छपाईको समस्या हटेको आर्यालको दावी छ ।
समयमै स्मार्ट लाइसेन्स उपलब्ध गराउन नसक्दा सेवाग्राही विभागसँग असन्तुष्ट छन् । प्रक्रिया पुरा गरेको १ वार्ष्सम्म पनि लाइसेन्स प्रिन्ट भएर विवरण नहुने अवस्था अबको दुई महिनाभित्रै सल्टिने दावी विभागको छ ।
२ महिनाभित्र पुरानो छपाई गर्न बाँकी (ब्याक लग) को छपाई गरी सम्बन्धित कार्यालयबाट स्मार्ट कार्ड वितरण गर्ने व्यवस्था मिलाइने अर्यालले बताए ।
त्यसपछि ट्रायल परीक्षा उत्तीर्ण गरेर राजस्व जम्मा गरेपछि तत्कालै सम्बन्धित सेवाग्राहीले पाउने गरी कार्यालयमा स्मार्ट कार्ड उपलब्ध गराउने दावी प्रवक्ता आर्याललले गरे ।
विभागले पछिल्लो पटक साढे ७ लाख थान स्मार्ट लनाइसेन्स कार्ड ल्याएको छ । अब १० लाख कार्डका लागि टेन्डर गर्ने तयारी पनि भइरहेको विभागले जनाएको छ ।
Comments
अरु समाचार
-
पत्रकार दीपेन्द्र विष्टलाई मातृशोक
डडेलधुरा । पत्रकार दीपेन्द्र विष्टलाई मातृशोक परेको छ । कान्तिपुर मिडियामा कार्यरत विष्टकी आमा ८५ वर्षीया हजारीदेवी विष्टको सोमबार डडेलधुराको...
-
जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
रौतहट । पर्साको सखुवा प्रसौनी गाउँपालिकामा सोमबार राति जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक...
-
१६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक, कुन पार्टीको कति ?
काठमाडौं । निर्वाचन आयोगले १६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक गरेको छ । सबैभन्दा अन्तिममा संखुवासभाको मत परिणाम सोमबार राति...
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...
-
चुनावी नतिजासँगै सेयर बजारमा उछाल, लगातार तेस्रो सकारात्मक सर्किट
काठमाडौं । शेयर बजारमा उछाल आएको छ । यही फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वाधिक मत...











