ड्राइभिङ लाइसेन्सको समस्या कहिले हट्ला ? विभाग भन्छ दुई महिना भित्र स्मार्ट लाइसेन्स दिन्छाै
काठमाडौं २९, जेष्ठ । स्मार्ट लाइसेन्सको व्यवस्था गरेको यातायात व्यवस्था विभागले ड्राइभिङ लाइसेन्स पास गरेका सेवाग्राहिलाई समयमै लाइसेन्स वितरण गर्न नसक्दा चाैतर्फि विरोधको सामना गरिरहनु परेको छ ।
अब भने यातायात व्यवस्था विभागले प्रिन्ट हुन बाँकी सबै सवारी चालक अनुमतिपत्र (काइसेन्स)को वितरण २ महिना भित्र गरिसक्ने दावी गरेको छ । नयाँ प्रिन्टर मेसिन ल्याएको विभागले अब २ सिफ्टमा कार्ड प्रिन्ट गरेर समस्याको हल गर्ने जनाएको छ ।
विभागमा अहिलेसम्म चारवटा मेसिनले मात्रै लाइसेन्स प्रिन्ट गरिररहेका थिए । अब आठवटा मेसिनबाट लाइसेन्स प्रिन्ट गरेर दुई महिनाभित्रै सबै प्रतीक्षारत सेवाग्राहीलाई हस्तान्तरण गरिसक्ने विभागका प्रवक्ता तुल्सीराम आर्यालले बताए ।
अहिले झण्डै ट्रायल पास गरेका र नवीकरणका लागि आवेदन दिएका ३ लाख सेवाग्राही लाइसेन्स कुरिरहेका छन् । सरकारले २०७२ मंसिर २० देखि स्मार्ट कार्डको रुपमा वितरण थालेको थियो ।
कुनै समयमा कार्डकै अभाव त, कहिले प्रिन्टरको कमीका कारण लाइसेन्स नपाएर थुप्रै सेवाग्राही विभागले थमाएको रसिदका भरमा सवारी चलाइरहेका छन् । अब स्मार्ट कार्ड आपूर्ति र छपाईको समस्या हटेको आर्यालको दावी छ ।
समयमै स्मार्ट लाइसेन्स उपलब्ध गराउन नसक्दा सेवाग्राही विभागसँग असन्तुष्ट छन् । प्रक्रिया पुरा गरेको १ वार्ष्सम्म पनि लाइसेन्स प्रिन्ट भएर विवरण नहुने अवस्था अबको दुई महिनाभित्रै सल्टिने दावी विभागको छ ।
२ महिनाभित्र पुरानो छपाई गर्न बाँकी (ब्याक लग) को छपाई गरी सम्बन्धित कार्यालयबाट स्मार्ट कार्ड वितरण गर्ने व्यवस्था मिलाइने अर्यालले बताए ।
त्यसपछि ट्रायल परीक्षा उत्तीर्ण गरेर राजस्व जम्मा गरेपछि तत्कालै सम्बन्धित सेवाग्राहीले पाउने गरी कार्यालयमा स्मार्ट कार्ड उपलब्ध गराउने दावी प्रवक्ता आर्याललले गरे ।
विभागले पछिल्लो पटक साढे ७ लाख थान स्मार्ट लनाइसेन्स कार्ड ल्याएको छ । अब १० लाख कार्डका लागि टेन्डर गर्ने तयारी पनि भइरहेको विभागले जनाएको छ ।
Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप !
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप भएको छ। गत जुलाईमा दुई देशका सेनाबीच सिमानामा ५ दिनसम्म आक्रमण प्रत्याक्रमण...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...












