कस्ता प्रश्न थिए आखिर सञ्चारमन्त्रीको पारो तताउने, किन कार्यक्रम नै बन्द गराइयो (भिडियोसहित)
काठमाडौं २९, जेष्ठ । नेपाल टेलिभिजनमा प्रत्येक शनिबार राति ८ः४५ बजे प्रसारण हुँदै आएको ‘सिधा प्रश्न’ नामक बहस कार्यक्रम बन्द भएको छ ।
कार्यक्रममा प्रश्नको जवाफमा केहि बाङ्गोटिङ्गो गरेका संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाको ठाडो आदेशमा सो बन्द गराइएको भन्दै कार्यक्रम संचालक राजु थापाले सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेखेर आक्रोस पोखेका छन् ।
आखिर के लेखेका छन् त कार्यकरम संचालक थापाले हेर्नुहोस्:
अहिलेका सञ्चारमन्त्री बाँस्कोटा पूर्वपत्रकार नै हुन् ।
मन्त्री वास्कोटाले थापाले सञ्चालन गरेको कार्यक्रम बन्द गर्न दिएको निर्देशन लगत्तै नेपाल प्रेस युनियनले विज्ञप्ति निकाली त्यसको भत्सर्ना गरेको छ । युनियनका महासचिव अजयबाबु शिवाकोटीले बुधबार एक विज्ञप्ति जारी गर्दै नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधी मन्त्री गोकुल प्रसाद वास्कोटाको प्रत्यक्ष निर्देशनमा कार्यक्रम बन्द भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।
सम्पत्ति विवरणमा दाइजो सम्वन्धि प्रसङगमा अझ रिसाएका मन्त्री वास्कोटाले आफ्नो झुट समात्ने प्रस्तोता थापालाई टेलिभिजनबाटै हटाउन निर्देशन दिएपछि नेपाल टेलिभिजनका समाचार प्रमुखले थापालाई अब आइन्दा कार्यक्रम प्रसारण नुहने जानकारी दिएका थिए ।
युनियनले विज्ञप्तिमा भनेको छ –कार्यक्रम‘सिधा प्रश्न’रोकिएको घटनाले नेपालमा कम्युनिष्ट पार्टी नेतृत्वको शासन शुरु भएयता नेपालमा प्रश्न गर्ने अधिकार कुण्ठित हुँदै गएको प्रष्ट संकेत गरेको छ । पत्रकार समेत रहेका मन्त्री वास्कोटाको यो कृत्य सरकार, सत्ता र यसका कार्यकारीहरुमाथि प्रश्न उठाउने हैन भन्ने निरंकुश मनसायबाट प्रेरित भएर आएको छ । हामीमाथि प्रश्न उठाउनेहरु सरकारी कोपभाजनमा पर्न तयार हौ भन्ने सन्देश दिने किसिमको निरंकुश शैली मन्त्री वास्कोटाबाट प्रकट भएको छ । ’
कस्ता प्रशन थिए जो कुराले राजु थापाको कार्यक्रम नै बन्द भयो हेर्नुहोस् भिडियोसहित:
Comments
अरु समाचार
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
जेनजीप्रति समर्पित प्रधानमन्त्री कार्कीको दशैं टीका सुतकले रोकिएको खुलासा
काठमाडाैं । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले दशैंको टीका नलगाउने निर्णय किन गरिन ? के जेनजी आन्दोलनमा भएको युवाहरुको मृत्युको शोकमा...
-
म्युजिक नेपालविरुद्ध न्यायिक लडाइँमा गायिका अञ्जु गौतम !
काठमाडौं । लोकप्रिय गायिका अञ्जु गौतमले आफ्ना लाेकगीतहरू युट्युबमा अनधिकृत रूपमा ब्लक गरिएको भन्दै उच्च अदालत विराटनगरमा मुद्दा दायर गरेकी...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
नेपाल आइडलको ग्राण्ड फिनाले आज, ५ प्रतिस्पर्धिहरू काे–काे छन् ?
काठमाडौं । नेपाल कै लोकपृय सांगीतिक रियालिटी शो ‘नेपाल आइडल’ सिजन ६ को ग्राण्ड फिनाले आज हुँदैछ। ललितपुरको ग्वार्कोस्थित रोयल...
-
फिल्म ‘हरिबहादुरको जुत्ता’को टिजर सार्वजनिक
काठमाडौं । दशैंको फूलपातीमा प्रदर्शन तयारीमा रहेको फिल्म ‘हरिबहादुरको जुत्ता’को टिजर सार्वजनिक भएको छ । फिल्ममा दीपेन्द्र के खनाल निर्देशित...
-
नयाँ तीज गीत ‘आयो है तीजको लहर’ सार्वजनिक
काठमाडाैं । नेपाली नारीहरूको महान पर्व हरितालिका तीज नजिकिएसँगै बजारमा नयाँ-नयाँ तीजका गीत सार्वजनिक हुन थालेका छन् । यसै क्रममा...
-
दुर्गेशको गीतको चर्चा….
काठमाडौं । युवापुस्तामा लोकपृय गायक तथा मोडल दुर्गेश थापाले गीत ‘जाने भए जाम माया’ले नयाँ रेकर्ड बनाउँन सफल भएको छ...











