नयाँ तीज गीत ‘आयो है तीजको लहर’ सार्वजनिक
काठमाडाैं । नेपाली नारीहरूको महान पर्व हरितालिका तीज नजिकिएसँगै बजारमा नयाँ-नयाँ तीजका गीत सार्वजनिक हुन थालेका छन् । यसै क्रममा ‘आयो है तीजको लहर’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
लोकपृय गायीका अन्जु गौतम को स्वर तथा हरि शिवाकोटीको शब्द रचनामा तयार भएको गीत यहि २०८२ साउन १, बिहिवार सार्वजनिक भएको हो । संगीतकर्मी कुन्दन राईले संगीत, मिक्सिङ र मास्टरिङ गरेकाे गीत मौलिक शब्द, संगित, माैलिकता र सांस्कृतीकपन सार्वजनिक भएकोसँगै लोकपृयता बटुलिरहेकाे छ।
नेपाली हिन्दु नारीहरुको आस्थाको धरोहरका रुपमा रहेको तीजको धार्मीक तथा संस्कृतीक महत्व पनि उत्तिकै रहेको छ । सोही सांस्कृतीक महत्वलाई उजागर गरिएको गीतमा युवा पुस्ताकी चर्चीत कलाकार ज्योति खड्काका साथै अन्जु गौतमको आकर्षक अभिनय देख्न सकिन्छ। बिजय मगरले निर्देशन तथा अनमिका लामिछानेको कोरियोग्राफीले गीतलाई जिवन्त बनाएको छ ।
भिडियोको सम्पादन तथा संयोजन अर्जुन खड्काले गरेका छन् भने छायांकन विषाल थापा र उनकी टिमले सम्हालेका हुन । ड्यामि क्रिएशनको पोस्ट–प्रोडक्सन तथा अनिल पराजुली र हर्क बहादुर पहाडीको प्राविधिक सहयोगमा गीतको निर्माण भएको हो।
अन्जु गाैतमका तीजका गीतहरूः आयाे है तीजकाे लहर
कता कता तीजले हामीलाइ डाके जस्ताे लाग्याे
तीजकाे गीत राताे चाेली
बारूली कम्मर
Comments
अरु समाचार
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
टाइब्रेकरमा जलथललाई हराउँदै गाईघाट युनाइटेड सेमिफाइनलमा
गछिया (मोरङ)। प्रथम गछिया गोल्डकप–२०८२ को बुधबार भएको खेलमा गाईघाट युनाइटेड फुटबल क्लबले जीत हासिल गर्यो । झापाको जलथल फुटबल...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...
-
विराटनगर आगजनी प्रकरणः नेपाली कम्युनिष्ट पार्टीका अन्सारीसहित पाँचजना पक्राउ
विराटनगर । जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा विराटनगरस्थित विभिन्न सरकारी कार्यालयमा गरिएको आगजनी तथा तोडफोड घटनामा संलग्न रहेको आरोपमा...
-
पर्शुराम बस्नेतमाथि मोरङमा किन भयो आक्रमण प्रयास, के बस्नेतराज सकिएकै हो ?
काठमाडाैं । एमालेमा गुन्डागर्दी गर्दै नेता बनेका पर्शुराम बस्नेतमाथि मोरङमा महाधिवेशन प्रतिनिधि छनोटमा गोलमाल गर्न खोज्दा कडा प्रतिवाद गरिएको छ...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
कोशी प्रदेश : चार महिनामा लैङ्गिक हिंसाका २८६ मुद्दा दर्ता
झापा । कोशी प्रदेशमा चालु आर्थिक वर्ष २०८२/८३ को प्रथम चौमासिक अवधिमा लैङ्गिक हिंसाका २८६ वटा मुद्दा दर्ता भएको प्रहरीले...












