सोलुखुम्बुमा खाद्यान्न अभावसँगै चर्को मूल्य वृद्धि
सल्लेरी, सोलुखुम्बु, १ असार । ढुवानी समस्याका कारण सगरमाथा अञ्चलको तीन जिल्लामा खाद्यन्न तथा पेट्रोलियम पदार्थको अभाव हुन थालेको छ ।
खाद्यन्न र खाना पकाउने ग्यासमा मूल्यवृद्धि भएको छ, भने ढुवानीमा अवरोध भएको कारण देखाएर केही व्यापारीले कालाबजारी गर्न थालेको उपभोक्ताको आरोप छ ।
थुलुङ दूधकोशी गाउँपालिका– ९ लोखीमका सिंहबहादुर तामाङले रु १९ सयमा किनेको चामलको मूल्य वृद्धि भएर रु दुई हजार १०० पुगेको बताउनुभयो । मूल्य वृद्धि हुँदा सर्वसाधारण मारमा परेका छन् ।
दैनिक उपभोग्य बस्तु दाल, चिनी, चामल, नुन र तेलको मूल्य वृद्धि भएको छ । निर्माण सामग्रीको अभाव भएको छ । सोलु दूधकुण्ड नगरपालिका–५ की करिश्मा बस्नेत मूल्य वृद्धि हुँदा दैनिकी कष्टकर बनेको बताउनुहुन्छ । उनी भन्छन्, “हरेक सामानको मूल्यमा वृद्धि भयो, खान नसकिने अवस्था छ ।”
सिद्धिचरण लोकमार्गको ठाँटी क्षेत्रमा सडक मर्मत तथा स्तरोन्नतिको काम भइरहेको छ । सो क्षेत्रमा सवारी सञ्चालनमा रोक लगाइएको छ । अहिले डिजेल र पेट्रोलको अभाव भएको छ । ग्यासमा प्रति सिलिण्डर रु १५० ले वृद्धि भएको व्यापारी दोर्जी शेर्पाले बताए।
उहाँले भन्नुभयो, “पुराना मौज्दात सामानको मूल्य वृद्धि भएको छैन तर भर्खरै ढुवानी भएको सामानको मूल्य ढुवानीका कारण बढेको छ ।”
उपभोक्ताले निर्माण सामग्रीको अत्याधिक माग गरेका छन् । सामग्री उपलब्ध गराउन नसकेको माँ देवी अटोग्रिल सेन्टरका प्रोपराइटर भोगेन्द्र खनालले बताउनुभयो । उहाँले भन्नुभयो, “पुनः निर्माण्का चरणमा रहेकाले धमाधम घर निर्माण हुँदै छ, सामान छैन, बर्षा लागिसक्यो । उपभोक्तालाई सामान उपलब्ध गराउन सकेका छनौँ ।”
कटारीबाट सामान ढुवानी गर्न नसकिने भएपछि वैकल्पिक मार्गहुँदै सामान ल्याउन नपाएकोे व्यापारी बताउँछन् । शिद्धिचरण लोकमार्गको विकल्पका रुपमा रहेको वर्दिबास–सिन्धुली–खुर्कोट सडक खण्डमा पनि १० टन माथिका मालबाहक ठूला सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । ढुवानी सेवा ठप्प भएको सोलुखुम्बु उद्योग वाणिज्य संघका सचिव तार्देन शेर्पाले बताए ।
शेर्पाले भने, “पुराना सामानको मूल्य बढेको छैन तर भर्खरै ढुवानी गरिएका सामानको मूल्य ह्वात्तै बढेको छ ।”
सिद्धिचरण लोकमार्गको ठाँटी क्षेत्रमा सडक मर्मत तथा स्तरोन्नतिको काम भइरहेकाले सवारी साधन सञ्चालनका लागि व्यवसायीले बिपी राजमार्गको प्रयोग गर्न थालेका छन् । सामान आयात ठप्प भएसँगै बजारमा ग्राहकको माग अनुसारको सामग्री उपलब्ध हुन छाडेको उद्योग वाणिज्य संघका जिल्ला अध्यक्ष ज्ञानेन्द्रकुमार मास्केले बताए ।
उहाँले भन्नुभयो, “ढुवानीको वैकल्पिक व्यवस्था नगरे दैनिकी कष्टर बन्छ ।”
जिल्लामा मौज्दात सामानले १५ दिन धान्न सक्ने उद्योग वाणिज्य संघले जनाएको छ ।
उद्योग वाणिज्य संघ खोटाङका अध्यक्ष राजेन्द्र लयालुले भन्नुभयो, “हामीलाई नाकाबन्दीको आभाष भएको छ, पेट्रोलियम पदार्थ, निर्माण सामग्री लगायतको अभाव भएको छ ।”
सर्वोच्च अदालतले बिपी राजमार्गमा ठूला सवारी साधन नगुडाउन अन्तरिम आदेश दिएसँगै खाद्यान्न र पेट्रोलियम पदार्थ बोकेका मालबाहक सवारी साधन सिन्धुलीमा रोकिएका छन् । ठाँटी क्षेत्रमा भइरहेको सडक स्तरोन्नतिको काम असार १५ सम्म सक्ने बताइएको छ ।
Comments
अरु समाचार
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
जनता मावि त्रिजुगाको ५९औँ वार्षिकत्सवमा पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
मोरङको सुन्दरहरैचा–३ स्थित जनता माध्यमिक विद्यालय त्रिजुगाले आयोजना गरेको ५९औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा पत्रकार शिव भट्टराई भोजपुरेलाई...
-
हर्क साम्पाङ सुनसरी- १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्।...
-
मोटरसाइकल दुर्घटनामा क्रिकेटर थापाको मृत्यु
काठमाडौं । मोटरसाइकल दुर्घटनामा परेर क्रिकेटर मिनष थापाको मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
हर्क साम्पाङ नेतृत्वको पार्टीका उपाध्यक्ष पक्राउ !
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ (विश्वक्रान्ति)लाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले पक्राउ गरेको छ...











