बाजेको सेकुवामा भण्डारीको चलखेल, ९ प्रतिशत कमिसनले डुबायो चर्चित ब्राण्डको नाम
काठकाडाैं, ५ असार। सरकारले गठन गरेको उच्चस्तरीय अनुसन्धान टोलीले बाजेको सेकुवा कर्नरका १० वटा शाखामध्ये ६ वटामा सिलबन्दी गरेको छ।
सिलबन्दी नगरेका बाँकी कर्नर भने काठमाडाैंकाे सिनामंगल, सातदोबाटो, गोगंबु, सुकेधारामा सञ्चालित छन् जुन ब्रान्ड साझेदारमात्रै हुन्।
सिलबन्धी नगरेका चार बाँकी सेकुवा कर्नेरमा चेतन भण्डारीको ६ देखि ९ प्रतिशत कमिसन पाउने गरेको खुलेको छ। बाजेको सेकुवा अन्तर्गत काठमाडौंको बत्तीसपुतली, अनामनगर, गोंगबु, लाविम मललगायतका १० ठाउँमा शाखा छन्।
त्यसैगरी काठमाडौँ बाहिर पोखरा, चितवन र रूपन्देही तथा अमेरिकामासमेत यसको आउटलेट सञ्चालनमा छ। सिलवन्दी नभएको बाँकी आउटलेटका सञ्चालकलाई बोलाएर समितिले चेतन भण्डारीको नाममा पुनः कमिसन दिए वा पार्टरसिप भएको थाहा पाए शिलवन्दी गर्ने चेतावनी दिएको छ। छानविन समितिका अनुसार बाजेको सेकुवा कर्नर नाम राखेर अरू नै कम्पनीमा दर्ता गरेको समेत देखिएको छ।
३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा सरकारले गठन गरेको उच्चस्तरीय अनुसन्धान टोलीले सुन तस्करीमा संलग्न भएको आशंकामा बाजेको सेकुवा ब्रान्डको स्वामित्व भएका चेतनाथ भण्डारीलाई मोरङ जिल्ला अदालतमा मुद्दा चलाएको छ।
अदालतले भण्डारीलाई फरार सूचीमा राखेलगत्तै अनुसन्धान टोलीले काठमाडौं उपत्यकामा सञ्चालित बाजेको सेकुवा ब्रान्डका १० आउटलेटमध्ये ५ वटामा थप अनुसन्धानका लागि भन्दै सिलबन्दी गरेको थियो।
भण्डारी हाल नेपालमा नरहेकाले उनीहरू र उनका आफन्तको नाममा सञ्चालित रहेका आउटलेट सिलबन्दी गरिएको अनुसन्धान टोलीले जनाएको थियो। ३३ किलो सुन तस्करी काण्डकाे छानबिन गर्न सरकारले गठन गरेको उच्चस्तरीय अनुसन्धान टोलीले बाजेको सेकुवा कर्नरका १० वटा शाखामध्ये ६ वटामा सिलबन्दी गरेको थियाे ।
Comments
अरु समाचार
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
टिकटक स्टार तुल्सा अधिकारी थाइल्याण्डबाट पक्राउ, नेपाल ल्याइयो
काठमाडौं । टिकटकमार्फत चर्चामा आएकी तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ। उनीविरुद्ध ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता...
-
मानव अधिकार आयोगको प्रतिवेदनमा प्रश्नै–प्रश्न: रविविरुद्ध कडा, बालेनलाई उन्मुक्ति
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले ‘जेन–जी आन्दोलन’ सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन सत्ता, सुरक्षा निकाय र आन्दोलनसँग जोडिएका राजनीतिक...
-
पत्रकार किशोर श्रेष्ठमाथिको दबाबप्रति विश्व प्रेस काउन्सिलहरूको गम्भीर चिन्ता
काठमाडाैं । वर्ल्ड एसोशिएसन अफ प्रेस काउन्सिल (डब्ल्यूएपीसी)ले वरिष्ठ पत्रकार किशोर श्रेष्ठ माथि भइरहेको भनिएको निगरानी, धम्की, उत्पीडन तथा स्रोत...
-
देश सञ्चारका युवराज घिमिरेको नियतमाथि किशोर श्रेष्ठको प्रश्न: बसुन्धाराको सहारामा चिहान उधिन्ने प्रयास किन ?
काठमाडौं । पत्रकार तथा किशोर श्रेष्ठ ले अभिनेत्री श्रीषा कार्की प्रकरणलाई लिएर वरिष्ठ पत्रकार युवराज घिमिरे माथि गम्भीर प्रश्न उठाएका...
-
गोर्खा ब्रुअरी कर छली मुद्दा सर्वोच्चमा स्थगित
काठमाडाैं । गोर्खा ब्रुअरीविरुद्ध सर्वोच्च अदालतमा चलिरहेको मुद्दा आजपनि स्थगितमा परेको छ। प्रधानन्यायाधीशमा मनोज शर्माको इन्ट्रिसंगै रास्वपा सरकारले भन्दै आएको...
-
कास्की जिल्ला अदालतको आदेशपछि रवि लामिछानेलाई राहत, मुद्दा संशोधन गर्न स्वीकृति
काठमाडाैं । रवि लामिछानेविरुद्ध दायर गरिएको सम्पत्ति शुद्धिकरण र संगठित अपराधसम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतले मुद्दा संशोधन गर्न आदेश दिएपछि...











