बाजेको सेकुवामा भण्डारीको चलखेल, ९ प्रतिशत कमिसनले डुबायो चर्चित ब्राण्डको नाम
काठकाडाैं, ५ असार। सरकारले गठन गरेको उच्चस्तरीय अनुसन्धान टोलीले बाजेको सेकुवा कर्नरका १० वटा शाखामध्ये ६ वटामा सिलबन्दी गरेको छ।
सिलबन्दी नगरेका बाँकी कर्नर भने काठमाडाैंकाे सिनामंगल, सातदोबाटो, गोगंबु, सुकेधारामा सञ्चालित छन् जुन ब्रान्ड साझेदारमात्रै हुन्।
सिलबन्धी नगरेका चार बाँकी सेकुवा कर्नेरमा चेतन भण्डारीको ६ देखि ९ प्रतिशत कमिसन पाउने गरेको खुलेको छ। बाजेको सेकुवा अन्तर्गत काठमाडौंको बत्तीसपुतली, अनामनगर, गोंगबु, लाविम मललगायतका १० ठाउँमा शाखा छन्।
त्यसैगरी काठमाडौँ बाहिर पोखरा, चितवन र रूपन्देही तथा अमेरिकामासमेत यसको आउटलेट सञ्चालनमा छ। सिलवन्दी नभएको बाँकी आउटलेटका सञ्चालकलाई बोलाएर समितिले चेतन भण्डारीको नाममा पुनः कमिसन दिए वा पार्टरसिप भएको थाहा पाए शिलवन्दी गर्ने चेतावनी दिएको छ। छानविन समितिका अनुसार बाजेको सेकुवा कर्नर नाम राखेर अरू नै कम्पनीमा दर्ता गरेको समेत देखिएको छ।
३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा सरकारले गठन गरेको उच्चस्तरीय अनुसन्धान टोलीले सुन तस्करीमा संलग्न भएको आशंकामा बाजेको सेकुवा ब्रान्डको स्वामित्व भएका चेतनाथ भण्डारीलाई मोरङ जिल्ला अदालतमा मुद्दा चलाएको छ।
अदालतले भण्डारीलाई फरार सूचीमा राखेलगत्तै अनुसन्धान टोलीले काठमाडौं उपत्यकामा सञ्चालित बाजेको सेकुवा ब्रान्डका १० आउटलेटमध्ये ५ वटामा थप अनुसन्धानका लागि भन्दै सिलबन्दी गरेको थियो।
भण्डारी हाल नेपालमा नरहेकाले उनीहरू र उनका आफन्तको नाममा सञ्चालित रहेका आउटलेट सिलबन्दी गरिएको अनुसन्धान टोलीले जनाएको थियो। ३३ किलो सुन तस्करी काण्डकाे छानबिन गर्न सरकारले गठन गरेको उच्चस्तरीय अनुसन्धान टोलीले बाजेको सेकुवा कर्नरका १० वटा शाखामध्ये ६ वटामा सिलबन्दी गरेको थियाे ।
Comments
अरु समाचार
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
जुवा खेल्दै गरेको अवस्थामा चार जना पक्राउ
काठमाडौं । जिल्ला प्रहरी कार्यालय मोरङले जुवा खेल्दै गरेको अवस्थामा चार जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूबाट तीन लाख त्रियानब्बे...
-
कुलमानको नाम लिँदै प्रभाव जमाउँदै हेमान !
काठमाडाैं । सिरहातिर घर भएका एमालेका एक कार्यकर्ताले यतिबेला ऊर्जासमेत तीन मन्त्रालय सम्हालेका कुलमान घिसिङको नाम लिएर सिंहदरबार क्षेत्रमा आतंक...
-
अख्तियार प्रमुख प्रेम राईलाई धम्की दिने पाठक फिलिपिन्सबाट पक्राउ
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने प्रकाश पाठक पक्राउ परेका छन्। नेपाल प्रहरीले उनले...
-
शक्तिशाली ठान्ने विनोद चाैधरीलाई जताकतै झड्काः अदालतकै आदेशमा भ्रम फैलाउने बाध्यता !
काठमाडाैं । नियोसी (NEOSEA) ब्रान्डका इलेक्ट्रिक भ्यानहरू आयात र बिक्री गर्दै आएको एम्बर मोटर्स प्रा.लि.ले डलर अर्बपति विनोद चाैधरीको सिजी...
-
जेनजी आन्दोलनमा भागेका दुई कैदी पक्राउ !
काठमाडाैं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गत भदौ २३ र २४ को आन्दोलनका क्रममा कारागार कार्यालय जगन्नाथ देवल सुन्धाराबाट...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...











