जनता आवास कार्यक्रममा बजेट अभाव, लक्षित वर्ग भनिएकाहरु चिन्तामा
तेह्रथुम, ६ असार । बजेट अभावका कारण तेह्रथुममा जनता आवास कार्यक्रमअन्तर्गत घर निर्माणमा ढिलाइ भएको छ ।
आर्थिक रुपले विपन्न, लोपोन्मुख, दलित र सीमान्तकृत समुदायका लागि जनता आवास कार्यक्रम अन्तर्गत सरकारले घर निर्माण गर्न थालिएको हो । सो कार्यक्रमअन्तर्गत जिल्लामा यो वर्ष ५० वटा घर बनाउने बताइएको छ ।
जनता आवास जिल्ला समन्वय समितिले ५० वटा घर निर्माणका लागि जिल्लाका सबै स्थानीय तहमा एक–एक वटा बस्ती छनोट गरिएको थियो । ती बस्तीबाट आवश्यक तथ्यांक संकलन गरी घर निर्माणका लागि लक्षित ४३ परिवारको छनोट समेत गरिएको थियो ।
तर मन्त्रालयले आवश्यक बजेट नपठाएकाले काम शुरु गर्न ढिलाइ भएको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय धनकुटाका प्रमुख राजेन्द्र खतिवडाले बताए।
भवन निर्माण डिभिजन धनकुटाले पूर्वका धनकुटासहित तेह्रथुम, भोजपुर र संखुवासभामा जनता आवास कार्यक्रम सञ्चालन गरिरहेको छ । चार जिल्लाका लागि यो वर्ष ६० लाख मात्रै बजेट आएकाले काम शुरु गर्न नसकिएको उनको भनाइ छ ।
जनता आवास कार्यक्रमअन्तर्गत घर निर्माणका लागि छनोट भएका परिवारले प्रति परिवार रु तीन लाख ५० हजार अनुदान पाउने व्यवस्था छ । यसआधारमा तेह्रथुमको ५० परिवारका लागि मात्रै रु एक करोड ७५ लाख बजेट आवश्यक पर्छ । चार जिल्लाका लागि झण्डै रु सात करोड आवश्यक पर्छ ।
यत्तिका धेरै बजेट आवश्यक पर्नेमा रु ६० लाख मात्रै बजेट आएकाले घर निर्माणमा ढिलाइ भएको डिभिजन प्रमुख खतिवडाले जानकारी दिए । साउनबाट नयाँ आर्थिक वर्ष शुरु हुनासाथ अहिले छनोट भइसकेका घर निर्माणका लागि काम शुरु हुने उहाँको भनाइ छ ।
तेह्रथुममा जनता आवास जिल्ला समन्वय समितिले यो वर्ष ४३ वटा घर निर्माणका लागि अनुदान उपलब्ध गराउने निर्णय गरिसकेको छ । जसअन्तर्गत पिप्लेको दलित बस्तीका आठ घर, जलजलको दलित बस्तीमा चार घर, छातेढुंगाको माझी बस्तीमा दुई घर, हमरजुङको दलित बस्तीमा नौ घर, मोराहाङ निंलेखु टोलमा आठ घर र सोल्मामा १२ घर बनाइने जनाएको छ ।
Comments
अरु समाचार
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
जनता मावि त्रिजुगाको ५९औँ वार्षिकत्सवमा पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
मोरङको सुन्दरहरैचा–३ स्थित जनता माध्यमिक विद्यालय त्रिजुगाले आयोजना गरेको ५९औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा पत्रकार शिव भट्टराई भोजपुरेलाई...
-
हर्क साम्पाङ सुनसरी- १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्।...
-
मोटरसाइकल दुर्घटनामा क्रिकेटर थापाको मृत्यु
काठमाडौं । मोटरसाइकल दुर्घटनामा परेर क्रिकेटर मिनष थापाको मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
हर्क साम्पाङ नेतृत्वको पार्टीका उपाध्यक्ष पक्राउ !
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ (विश्वक्रान्ति)लाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले पक्राउ गरेको छ...











