३३ किलो सुन र सनम शाक्य हत्याबारे यस्ताे भन्छन् प्रहरी प्रमुख
काठमाडौं,१४ असार । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले साढे ३८ क्वीन्टल सुन तस्करीका विषयमा भइरहेको अनुसन्धानबारे आफूले केही नबोल्ने बताएका छन् ।
प्रहरी प्रधान कार्यालयमा बिहीबार पत्रकार सम्मेलन गरेका उनले सुन काण्डबारे अनुसन्धान गर्न गृह मन्त्रालयले छुट्टै समिति गठन गरेकाले आफूले यसबारे टिप्पणी नगर्ने बताएका हुन् ।
घटनाको अनुसन्धानका लागि सरकारले छुट्टै समिति बनाएको छ र सोही समितिले अनुसन्धान गर्दै आइरहेको हुनाले आफ्नो क्षेत्राधिकारको बाहिरको कुरा भएकोले यसबारे केहि नबोल्ने बताएका छन् । उनले प्रहरी नेतृत्व आफूले समाल्नु अघिनै सरकारले विज्ञको सहभागिता गरेर समिति बनाएको भन्दै उक्त समितिलाई आफूले कुनै निर्देशन दिन नमिल्ने समेत स्पष्ट पारे।
साढे ३३ किलो सुन गायव भएको भन्दै खोज्ने क्रममा सनम शाक्यको हत्या भएपछि घटना बाहिर आएको थियो। घटनाको अनुसन्धान गर्दै जाँदा प्रहरीकै मिलेमतोमा विमानस्थलबाट सुन नेपाल भित्रने गरेको तथ्य बाहिर आएको थियो। प्रहरीको सेटिङमा सुन तस्करी हुने गरेको तथ्य बाहिरिएसँगै उच्च पदस्थ प्रहरी अधिकृतहरु पक्राउ परेका हुन्।
Comments
अरु समाचार
-
सदैव राष्ट्र र राष्ट्रिय एकताको पक्षमा : अध्यक्ष रामेश्वर थापा,अन्नपूर्ण मिडिया नेटवर्क
- अन्नपूर्ण मिडिया नेटवर्कअन्तर्गतको प्रमुख प्रकाशन अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिकका लागि आजको दिन ऐतिहासिक हो। यो प्रकाशन आजबाट २५ वर्ष...
-
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण
काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ...
-
चीन–नेपाल सुरक्षा सहकार्यमा जोड
काठमाडौं । नेपालका लागि चीनका राजदूत चाङ माओमिङले चीन–नेपाल सुरक्षा सहकार्यमा जोड दिँदै त्यसलाई अझ सुदृढ बनाउन हरसम्भव प्रयत्न गर्ने...
-
काठमाडौंस्थित नदी किनारका जोखिमयुक्त र अतिक्रमित थप बस्ती हटाउने क्रम शुरु
काठमाडौं । काठमाण्डौका नदी किनारका जोखिमयुक्त र अतिक्रमित थप बस्ती हटाउने क्रम आज आज (शुक्रबार) देखि शुरु भएको छ ।...
-
म्यानमानरकी नेत्री आङसान सुकीलाई जेलबाट घरमै नजरबन्दमा सारियो
काठमाडौं । । म्यानमारको सैनिक सरकारले थुनामा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सूकीलाई घरमा नजरबन्दमा सारिएको जनाएको छ । थुनामा...
-
आयोगलाई राष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिन गर्ने बाटो खुल्यो
काठमाडौं । सम्पति छानबिन आयोगले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिनको काम अघि बढाउने बाटो खुलेको छ । गत...
-
वर्षापछि काठमाण्डाै उपत्यकाकाे वायु गुणस्तरमा सुधार
काठमाडाैं । गएकाे हप्ता तीव्र रूपमा वृद्धि भएको काठमाण्डाै उपत्यकाको वायु गुणस्तरमा सुधार आएको छ । सुक्खा मौसम र वन...
-
त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले दिए सामूहिक राजीनामा
काठमाडाैं । त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले सामूहिक राजीनामा दिएका छन् । सरकारले अध्यादेश ल्याएर हटाउने तयारी गरिरहँदा उनीहरूको सामूहिक राजीनामा आएको...
-
कांग्रेस नेता डा. शेखर कोइराला समूहको बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहको बैठक बस्दैछ । कोइरालाले आफ्नो समूहको बागमती प्रदेशस्तरी भेला बोलाएका हुन्...












