अन्तरराष्ट्रिय शान्ति पुरस्कार मेनहर्टलाई
काठमाडौँ, १९ असार ( रासस) ः डा डिल्लीरमण रेग्मी प्रतिष्ठानले इतिहास, संस्कृति तथा पुरातत्वविद् हरेराम जोशीलाई डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार तथा नेपालका लागि युनेस्कोका प्रतिनिधि क्रिष्टियन मेनहर्टलाई अन्तराष्ट्रिय शान्ति पुरस्कार डा डिल्लीरमण रेग्मी पुरस्कार–२०७४ आज यहाँ प्रदान गरेको छ ।
रेग्मी राष्ट्रिय शान्ति पुरस्कारको राशि रु १ लाखसहित सम्मानपत्र भने रेग्मी अन्तराष्ट्रिय शान्ति पुरस्कारमा गौतम बुद्धको मूर्तिसहित सम्मानपत्र छन् । प्रतिष्ठानले आज यहाँ आयोजना गरेको कार्यक्रममा ती पुरस्कार वितरण गर्दै शिक्षामन्त्री गिरिराजमणि पोखरेलले पोखरेलले हरेक क्षेत्रमा अध्ययन तथा अनुसन्धानविना राष्ट्र अघि बढ्न नसक्ने बताउँदे किताब पढ्ने संस्कृति बढाउन सरकारले १० बुंँदे मार्गचित्र ल्याएको जानकारी दिए । मन्त्री पोखरेलले गत वर्ष एसइई परीक्षाफलमा मानवीय तथा प्राविधिक त्रुटि भएकाले गम्भीर हुनुपर्नेमा जोड दिए । उनले माथेमा आयोगको प्रतिवेदनको मूल मर्मलाई जोगाएर सरकारले शिक्षा क्षेत्रको समस्या समाधान खोजेको बताए ।
मन्त्रालयका सचिव खड्गराज बरालले प्रतिष्ठानले शान्ति र शिक्षा क्षेत्रमा गरेको योगदान अविष्मरणीय रहेको बताए । पुरस्कृत व्यक्तित्व जोशीले गौतमबुद्ध र महात्मा गान्धीका अनुयायी तथा शान्तिका पक्षपाती डा डिल्लीरमण रेग्मीको योगदान देशले सधैँ सम्झिरहने बताए । अर्का पुरस्कृत व्यक्तित्व मेनहर्टले राजनीतिका साथै इतिहासमा पनि रुचि राख्ने डा रेग्मीले बुद्ध तथा गान्धीको सन्देश फैलाउन महत्वपूर्ण योगदान गरेको बताए ।
डा डिल्लीरमण रेग्मी–कल्याणी रेग्मी स्मारक पुस्तकालय विकास समितिका अध्यक्ष डा तुलसीप्रसाद भट्टराईले डा रेग्मीको इच्छाबमोजिम स्थापना भएको दर्शन, राजनीतिशास्त्र तथा इतिहासका पुस्तक रहेको पुस्तकालयबाट सर्वसाधारण नागरिक तथा विद्यार्थी लाभान्वित हुने बताए ।
Comments
अरु समाचार
-
सदैव राष्ट्र र राष्ट्रिय एकताको पक्षमा : अध्यक्ष रामेश्वर थापा,अन्नपूर्ण मिडिया नेटवर्क
- अन्नपूर्ण मिडिया नेटवर्कअन्तर्गतको प्रमुख प्रकाशन अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिकका लागि आजको दिन ऐतिहासिक हो। यो प्रकाशन आजबाट २५ वर्ष...
-
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण
काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ...
-
चीन–नेपाल सुरक्षा सहकार्यमा जोड
काठमाडौं । नेपालका लागि चीनका राजदूत चाङ माओमिङले चीन–नेपाल सुरक्षा सहकार्यमा जोड दिँदै त्यसलाई अझ सुदृढ बनाउन हरसम्भव प्रयत्न गर्ने...
-
काठमाडौंस्थित नदी किनारका जोखिमयुक्त र अतिक्रमित थप बस्ती हटाउने क्रम शुरु
काठमाडौं । काठमाण्डौका नदी किनारका जोखिमयुक्त र अतिक्रमित थप बस्ती हटाउने क्रम आज आज (शुक्रबार) देखि शुरु भएको छ ।...
-
म्यानमानरकी नेत्री आङसान सुकीलाई जेलबाट घरमै नजरबन्दमा सारियो
काठमाडौं । । म्यानमारको सैनिक सरकारले थुनामा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सूकीलाई घरमा नजरबन्दमा सारिएको जनाएको छ । थुनामा...
-
आयोगलाई राष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिन गर्ने बाटो खुल्यो
काठमाडौं । सम्पति छानबिन आयोगले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिनको काम अघि बढाउने बाटो खुलेको छ । गत...
-
वर्षापछि काठमाण्डाै उपत्यकाकाे वायु गुणस्तरमा सुधार
काठमाडाैं । गएकाे हप्ता तीव्र रूपमा वृद्धि भएको काठमाण्डाै उपत्यकाको वायु गुणस्तरमा सुधार आएको छ । सुक्खा मौसम र वन...
-
त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले दिए सामूहिक राजीनामा
काठमाडाैं । त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले सामूहिक राजीनामा दिएका छन् । सरकारले अध्यादेश ल्याएर हटाउने तयारी गरिरहँदा उनीहरूको सामूहिक राजीनामा आएको...
-
कांग्रेस नेता डा. शेखर कोइराला समूहको बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहको बैठक बस्दैछ । कोइरालाले आफ्नो समूहको बागमती प्रदेशस्तरी भेला बोलाएका हुन्...












