अन्तरराष्ट्रिय शान्ति पुरस्कार मेनहर्टलाई
काठमाडौँ, १९ असार ( रासस) ः डा डिल्लीरमण रेग्मी प्रतिष्ठानले इतिहास, संस्कृति तथा पुरातत्वविद् हरेराम जोशीलाई डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार तथा नेपालका लागि युनेस्कोका प्रतिनिधि क्रिष्टियन मेनहर्टलाई अन्तराष्ट्रिय शान्ति पुरस्कार डा डिल्लीरमण रेग्मी पुरस्कार–२०७४ आज यहाँ प्रदान गरेको छ ।
रेग्मी राष्ट्रिय शान्ति पुरस्कारको राशि रु १ लाखसहित सम्मानपत्र भने रेग्मी अन्तराष्ट्रिय शान्ति पुरस्कारमा गौतम बुद्धको मूर्तिसहित सम्मानपत्र छन् । प्रतिष्ठानले आज यहाँ आयोजना गरेको कार्यक्रममा ती पुरस्कार वितरण गर्दै शिक्षामन्त्री गिरिराजमणि पोखरेलले पोखरेलले हरेक क्षेत्रमा अध्ययन तथा अनुसन्धानविना राष्ट्र अघि बढ्न नसक्ने बताउँदे किताब पढ्ने संस्कृति बढाउन सरकारले १० बुंँदे मार्गचित्र ल्याएको जानकारी दिए । मन्त्री पोखरेलले गत वर्ष एसइई परीक्षाफलमा मानवीय तथा प्राविधिक त्रुटि भएकाले गम्भीर हुनुपर्नेमा जोड दिए । उनले माथेमा आयोगको प्रतिवेदनको मूल मर्मलाई जोगाएर सरकारले शिक्षा क्षेत्रको समस्या समाधान खोजेको बताए ।
मन्त्रालयका सचिव खड्गराज बरालले प्रतिष्ठानले शान्ति र शिक्षा क्षेत्रमा गरेको योगदान अविष्मरणीय रहेको बताए । पुरस्कृत व्यक्तित्व जोशीले गौतमबुद्ध र महात्मा गान्धीका अनुयायी तथा शान्तिका पक्षपाती डा डिल्लीरमण रेग्मीको योगदान देशले सधैँ सम्झिरहने बताए । अर्का पुरस्कृत व्यक्तित्व मेनहर्टले राजनीतिका साथै इतिहासमा पनि रुचि राख्ने डा रेग्मीले बुद्ध तथा गान्धीको सन्देश फैलाउन महत्वपूर्ण योगदान गरेको बताए ।
डा डिल्लीरमण रेग्मी–कल्याणी रेग्मी स्मारक पुस्तकालय विकास समितिका अध्यक्ष डा तुलसीप्रसाद भट्टराईले डा रेग्मीको इच्छाबमोजिम स्थापना भएको दर्शन, राजनीतिशास्त्र तथा इतिहासका पुस्तक रहेको पुस्तकालयबाट सर्वसाधारण नागरिक तथा विद्यार्थी लाभान्वित हुने बताए ।
Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप !
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप भएको छ। गत जुलाईमा दुई देशका सेनाबीच सिमानामा ५ दिनसम्म आक्रमण प्रत्याक्रमण...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...












