ताजा समाचार

प्रदेश १ मा उत्कृष्ट एभरेष्ट स्कुल नै किन रोज्छन विराटनगरबासी जनता

नेपाल टप गरेकि सुनिधि र प्रदेश १ टपर अनिश के भन्छन एभरेष्टका बारेमा

अहिले निजी विद्यालयहरुको विगविगी छ । वच्चालाई स्कुलसम्म आउलान भनेर अनेक किसिमका प्रचार प्रशार शैली अपनाएर प्रभावित पार्नेको कमि बजारमा छैन ।

निजी विद्यालयहरुले आफ्नो गुनस्तरमा सुधार धेरै गरेर हो या अभिवाकको विश्वास जितेर उनीहरु आफ्नो पोल्टामा नतिजा पार्न सफल भएकै छन् । सरकारी सामुदायिक विद्यालको स्तरमाथि राम्ररी खेल्न पाएका निजी विद्यालयका सञ्चालकहरु सकेसम्म पैसा असुल्ने अनि अभिभावकलाई उल्लु बनाउने तर्फ नढल्केका पनि होइनन् ।

यिनै भिडमा प्रदेश १ को विराटनगरमा अवस्थित एभरेष्ट सेकेण्डेरी स्कुल भने भिन्न प्रकृतिको छ । विस २०५० सालमा स्थापित स्कुलमा विस २०७२ सालदेखि भने विज्ञान तथा व्यवस्थापन संकायमा १०+२ सुरुवात गर्न सफल भएको हो ।

पूर्वाञ्चलमा आम अभिभावकको पहिलो रोजाइ बन्न सफल एभरेष्ट सेकेन्डरी स्कुलले सहुलियत तथा छात्रवृत्ति प्रदान गरेर न्युन आर्थिक भएका मानिसलाई राहत मात्रै दिएको छैन, स्कुलले आफूलाई अब्बल सावित गरेर समेत देखाएको छ ।

विद्यालयले विभिन्न शीर्षकहरूमा प्रतिशतको आधारमा छात्रवृत्तिको व्यवस्था गरेको छ । विद्यार्थीलाई प्रदान गरिने छात्रवृत्ति तथा सहुलियतको निर्धारण विद्यालय व्यवस्थापन समितिको बैठकबाट पारदर्शी रुपमा गर्दै आएको छ ।

स्थापना भएको छोटो समयमै प्लस टु लेभलमा एभरेष्टले प्रत्येक वर्षका बोर्ड परीक्षाहरूमा उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ । विस २०७३ को कक्षा १२ को वार्षिक परीक्षामा व्यवस्थापन संकायबाट सुनिधि केसीले कुल ८७.७३ प्रतिशत अंक प्राप्त गरी देशव्यापी रूपमा प्रथम हुन सफल भएकी थिइन् । भने सोही वर्षको विज्ञान संकायको कक्षा १२ को वार्षिक परीक्षामा अनिश भण्डारी कुल ८७.३० प्रतिशत अंक प्राप्त गरी आफ्नो संकायबाट पूर्वाञ्चल तथा प्रदेश नं. १ मा प्रथम स्थान प्राप्त गर्न सफल भएका थिए ।

आखिर स्थापनाको छोटो समयमै कसरी यो संभव भयो त भन्ने प्रश्नमा विद्यालयका प्राचार्य टीकाराम पुरी भन्छन् ‘विद्यार्थीले कक्षामा प्रयोग गर्ने फर्निचर तथा अत्याधुनिक शैक्षिक सामग्रीहरूको जडानले पनि यस संस्थालाई नमुना विद्यालयको रूपमा परिचित गराइरहेको छ । समग्रमा, विद्यार्थीको सर्वाेपरि विकास तथा प्रगतिका लागि आवश्यक पर्ने सम्पूर्ण पूर्वाधारहरूको व्यवस्थापनमा विद्यालयले कुनै सम्झौता गरेको छैन । यस अर्थमा एभरेष्ट सेकेण्डेरी स्कुलले सोचे अनुरुपको नतिजा निकाल्न सकेको हो ।’

स्कुलले पढाइलाई मात्र केन्द्रबिन्दु बनाएर काम नगरेको प्राचार्य पुरी बताउछन् । पढाइका अलावा अतिरिक्त क्रियाकलापमा समेत स्कुलले राम्रै सफलता प्राप्त गरेको भन्दै उनले आफ्नो विद्यालय देशकै नमुना विद्यालय भएको ठोकुवा समेत गरे ।

एभरेष्ट नै किन ?

विज्ञान तथा व्यवस्थापन संकायमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको विद्यालयले भौतिक सुविधाका साथै विद्यार्थी मैत्री शैक्षिक वातावरणमा विशेष जोड दिदै आएको छ । विद्यार्थीहरूको सुविधाका निम्ति फराकिला, स्तरीय फर्निचर तथा अत्याधुनिक उपकरण जडित कक्षा कोठाहरू, सुविधा सम्पन्न विज्ञान प्रयोगशालाहरू तथा उत्कृष्ट स्रोत केन्द्र स्तरको पुस्तकालयका साथै सफा तथा स्वस्थकर खाजा उपलब्ध हुने चमेनागृह छ । जसले विद्यार्थीको शैक्षिक गतिविधिलाई थप गतिशील तथा सकारात्मक बनाउन सहयोग गरेको छ।

त्यस्सै,  प्रत्येक कक्षामा हुने सीमित विद्यार्थी संख्याले पनि विद्यार्थीको सिकाइ पद्धतिलाई परिणाममुखी बनाएको छ । त्यसर्थ गुणस्तरीय १०+२ शिक्षा आर्जन गर्न चाहने विद्यार्थीहरूका लागि यो विद्यालय उत्कृष्ट तथा निर्विकल्प गन्तव्य हुने विद्यालय व्यवस्थापनको भनाइ छ । त्यसैगरी विज्ञान तथा व्यवस्थापन दुबै संकायका महत्वपूर्ण विषयका लागि पूर्णकालीन शिक्षकको व्यवस्थाले पनि विद्यार्थीले आफूले चाहेजस्तो वातावरणमा पढ्न पाउने विद्यार्थीको सोचलाई टेवा मिलेको विद्यालय व्यवस्थापनको दावी छ ।

एभरेष्ट स्कुलले आफ्नो सेवाको २५ वर्षमा बटुलेको अनुभवलाई विद्यार्थी सिकाइमा कुनै पनि सम्झाैता नगरेर गुणस्तरिय शिक्षा दिने कुरामा अडिक भएकै कारण थुप्रै  अभिभावकले आफ्नो वच्चालाई यो स्कुलसम्म ल्याउने गर्छन् ।

अभिभावकले एभरेष्ट स्कुल नै किन छान्ने:

नेपालमा निजी स्कुललाई ठगि खाने फटाहहरुको अखडाका रुपमा चिन्ने जुन वर्ग छ त्यो वर्गलाई स्कुलले आफ्नो लक्ष्य के हो भनेर चिनाउनलाई पनि थुप्रै परिवर्तन गर्दै छ । एभरेष्टले अन्तर्राष्ट्रिय शैक्षिक मापदण्ड अनुरूपको उत्कृष्ट भौतिक तथा शैक्षिक सुविधाहरू उलब्ध गराउने योजना बनाएको छ ।

विद्यालयले करिब ३ विगाहको क्षेत्रफलमा विश्वस्तरको कलेज परिसरको निर्माण गर्ने योजना अनुरूप शिलान्यास भइ निर्माण कार्य अघि बढआइसकेको छ । निर्माणाधिन भवन अन्तराष्ट्रिय मापदण्ड अनुसार बनाइने छ भने उक्त भवनमा १०+२ देखि विभिन्न संकायका स्नातक तथा स्नातकोत्तर तहका कक्षाहरू सञ्चालन हुनेछन् ।

भाैतिक सुबिधा सम्पन्न भवन निर्माण पश्चात विभिन्न तहमा पढाइ सञ्चालन गरेर प्रदेश १ लाई एजुकेशन हबका रुपमा विकास गरिने विश्वास संचालकको छ ।

साथै, एभरेष्ट एजुकेशन फाउण्डेशनले शिक्षा क्षेत्रमा पूर्ण प्राथमिक तहदेखि स्नातकोत्तर तहसम्मका कक्षाहरू सञ्चालन गर्ने लक्ष्य निकट भविष्यमा नै पूरा हुने बताउनु हुन्छ प्राचार्य पुरी ।

निर्माणाधिन भवनमा सुबिधा सम्पन्न कक्षा कोठाहरू, प्रयोगशाला तथा पुस्तकालयका साथै विश्वस्तरीय खेलकुद परिसर बन्नेछ जसमा फुटबल मैदान, बास्केटबल तथा भलिबल कोर्ट, पौडी पोखरी तथा अन्य इन–डोर तथा आउट डोर खेलकुदका सुविधाहरू उपलब्ध हुनेछन् । साथै संगीत तथा नृत्य कक्षाका साथै सम्पूर्ण सुविधायुक्त सभाकक्षको समेत सुविधा उपलब्ध हुनेछ ।

के भन्छन ‌‍‍‍‍‌‌+२ टपर विद्यार्थी:

कक्षा १२ व्यवस्थापन संकायमा नेपाल टप गरेकी सुनिधि केसी एभरेष्ट सेकेन्डरी स्कुलमा पढ्न पाउनुमा आफूलाई भाग्यमानी ठान्छिन् । भारतको नयाँ दिल्लीस्थित इन्डियन इन्स्टिच्युट अफ म्यानेजमेन्टमा चार्टड एकाउन्टेन्टको पढाई गर्दै गरेकी उनी एभरेष्टले दिएको शिक्षाका कारण चार्टड एकाउन्टेन्सिका लागि विश्वमै परिचित संस्थामा छिर्न पाएको गर्वका साथ एभरेष्ट स्कुललाई धन्यवाद भन्छिन् ।

स्कुलमा आएर पढ्न चाहने जो कोहिलाई पनि आफू मेहनति बनिदिदा एभरेष्टले दिएको ज्ञानले नै जिवन परिवर्तन हुने ठान्छिन सुनिधि ।

त्यस्तै, विज्ञान विषयमा प्रदेश १ टप गरेका अनिश भण्डारीको पनि खासै फरक अनुभव छैन । अनिश पनि  काठमाडौंमा चार्टड एकाउन्टेण्ड पढिरहेका छन् ।

अनिशले विद्यालयको शैक्षिक वातावारण मात्र नभएर शिक्षक समेत पूर्णकालिन भएकाले अत्यन्तै सहयोगि भएको बताउछन् । विद्यालयको कक्षा काेठामा भएको प्रविधि मैत्री भएकाले अध्यनमा थप सहजता प्रदान गरेको जनाउछन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org