खोटाङको अल्छेढुंगामा वाइफाइ पार्क निर्माण, वर्षाका कारण अधिकांश ग्रामीण सडक अवरुद्ध
खोटाङ, २० असार । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ अल्छेढुंगामा वाइफाइ पार्क निर्माण शुरु भएको छ ।
नगरपालिकाको क्रमागत योजनाअन्तर्गत उक्त वाइफाइ पार्क निर्माण शुरु गरिएको हो । पार्क निर्माणका लागि यस वर्ष रु दुई लाख ५० हजार खर्च गरिने नगर प्रमुख दीपनारायण रिजालले बताए ।
नगरपालिकाले नेपाल टेलिकमको सेवा प्रभावकारी बनाउन पहल गर्ने, विभिन्न ठाउँमा टावर निर्माण गर्नेलगायत योजना बनाएको छ । खार्मीको बाँझोबारी, जालपा र बुवालुङको खावाडाँडामा टेलिफोन टावर राख्ने योजना छ । सञ्चारमाध्यममा सबैको पहुँच पु¥याउने नीतिगत निर्णय गरिएको छ । नगरक्षेत्रभित्रका सबै विद्यालयमा इहाजिरी, बजारमा सिसिटिभी तथा प्रत्येक वडामा सफ्टवेर प्रविधिबाट कार्यसम्पादन भइरहेको छ ।
वर्षाका कारण सडक अवरुद्ध
लगातारको वर्षाका कारण जिल्लामा सञ्चालित अधिकांश ग्रामीण सडक अवरुद्ध छन् । हिउँदमा मात्र सञ्चालन हुँदै आएका कतिपय सडक भलबाढीले खाल्डाखुल्डी पार्नुका साथै सडकमाथिबाट पहिरो झरेपछि अवरुद्ध भएका छन् ।
हाल चारवटा सडकमात्र सञ्चालनमा रहेको यातायात व्यवसायी संघका महासचिव रामकुमार हिङ्माङले बताउनुभयो । मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–जयराम तथा दिक्तेल–बुइपा र दिक्तेल–जालपा फेदीसम्मको सडक सञ्चालनमा छ । सवारीसाधन नचल्दा यात्रुले सास्ती खेप्नु परेको छ ।
जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेललाई केपिलासगढी र ऐँसेलुखर्क गाउँपालिकासँग जोड्ने दिक्तेल–ऐँसेलुखर्क सडक हप्ता दिनदेखि ठप्प छ । केपिलासगढी र एँेसेलुखर्क गाउँपालिका जाने सडकको अहिले दिक्तेलबाट जालपा फेदीसम्म मात्र पुग्न सकिन्छ । दिक्तेलबाट फोक्सिङटार जाने सडकमा अहिले बुइपासम्म मात्र पुग्न सकिन्छ ।
मध्यपहाडी लोकमार्गकै दिक्तेल–चखेवा, दिक्तेल–पाथेका, दिक्तेल–खार्मी, दिक्तेल मात्तिम, दिक्तेल–पञ्चमीलगायत शाखा सडक अवरुद्ध छ । सडकमा हिलो जम्नुका साथै कतिपय स्थानमा पहिरो खस्दा दक्षिणी क्षेत्र खोटेहाङ गाउँपालिका, जन्तेढुंगा, बराहपोखरी, दिप्रुङ चुइचुम्मा गाउँपालिका जाने सडकमा सवारी चल्न सकेका छैनन् । जन्तेढुंगा गाउँपालिकाबाट सिन्ताङ, फाक्टाङ–धाप्लाङघाट तथा खोटाङबजार–रसुवाघाट सडक एक महिनादेखि ठप्प छ ।
Comments
अरु समाचार
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
जनता मावि त्रिजुगाको ५९औँ वार्षिकत्सवमा पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
मोरङको सुन्दरहरैचा–३ स्थित जनता माध्यमिक विद्यालय त्रिजुगाले आयोजना गरेको ५९औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा पत्रकार शिव भट्टराई भोजपुरेलाई...
-
हर्क साम्पाङ सुनसरी- १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्।...
-
मोटरसाइकल दुर्घटनामा क्रिकेटर थापाको मृत्यु
काठमाडौं । मोटरसाइकल दुर्घटनामा परेर क्रिकेटर मिनष थापाको मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
हर्क साम्पाङ नेतृत्वको पार्टीका उपाध्यक्ष पक्राउ !
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ (विश्वक्रान्ति)लाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले पक्राउ गरेको छ...











