अलकत्रा उद्योगमा युवा संघको तालाबन्दी
बनियानी, झापा, २३ असार । झापाको कनकाई नगरपालिकामा सञ्चालित एक अलकत्र उद्योगमा युवा संघ नेपाल झापाले तालाबन्दी गरेको छ ।
युवा संघले गुणस्तरहीन अलकत्र उत्पादन गरेको भन्दै कनकाई– १ मा रहेको शिव निर्माण सेवामा शुक्रबार तालाबन्दी गरेको हो । ‘यहाँबाट उत्पादित अलकत्रा प्रयोग गरेर निर्माण गरिएका सडक केही समयमै उक्किन थालेका छन्’, युवा संघ झापाका अध्यक्ष शम्भु भण्डारीले भने, “गुणस्तरहीन भएको थाहा पाएपछि हामीले तालाबन्दी गरेका हौँ ।”
शिव निर्माण सेवाले उत्पादन गरेको अलकत्र प्रयोग गरिएका सबैजसो कालोपत्रे गुणस्तरहीन भएको युवा संघ नेपालका केन्द्रीय सदस्य त्रिलोचन सापकोटाले बताए । उनले विकास निर्माणको काममा गुणस्तरहीन वस्तुको प्रयोग गर्न नमिल्ने उल्लेख गरे ।
जिल्लाको विभिन्न स्थानमा निर्माण भएका सडक गुणस्तरहीन भएको भन्दै स्थानीयबासीले गुनासो गरेपछि युवा संघले अनुगमन गरेको छ ।
अनुगमनका क्रममा शिवसताक्षीको धरमपुर–पाराबारी ९ किलोमटर सडक, कनकाई नगरपालिकास्थित लक्ष्मीपुर चोकमा सडक फराकिलो बनाइएको ठाउँ र अर्जुनधाराको जयपुरमा १ किलोमिटर कालोपत्रेको अवस्था गुणस्तरहीन भेटिएको केन्द्रीय सदस्य सापकोटाले बताए ।
यता, उद्योगका सञ्चालक डा.दिपककुमार सिंहले आफ्नो उद्योगबाट उत्पादन भएको अलकत्रा गुणस्तरहीन नभएको दाबी गरे ।
‘हामीले उत्पादन गरेको अलकत्रा गुणस्तरीय छ’, उनले भने ।
Comments
अरु समाचार
-
विमल कृति पुरस्कार ‘कृति शब्दथुम’लाई प्रदान
काठमाडौं । विमल कृति पुरस्कार–२०८० इलामका कवि प्रकाश थाम्सुहाङको निबन्ध कृति शब्दथुमलाई प्रदान गरिएको छ । कवि विमल गुरुङको ५३औँ...
-
महिला र दलित विद्यार्थीलाई अध्ययन शुल्कमा छुट
काठमाडौं । खोटाङको रावाबेंसी गाउँपालिका–२ खार्पामा सञ्चालित रावा क्याम्पसले स्नातक तहमा अध्ययन गर्ने महिला र दलित समुदायका विद्यार्थीलाई अध्ययन शुल्कमा...
-
बेतका फर्निचरबाट मासिक ५० हजार आम्दानी
काठमाडौं । इटहरी उपमहानगरपालिका–७ का ६२ वर्षीय राजकुमार श्रेष्ठले विगत २१ वर्षदेखि बेतका फर्निचर बनाएर जीवन गुजारा गरिरहेका छन् ।...
-
कोशीका आन्तरिक मामिलामन्त्री अधिकारीले दिए पदबाट राजीनामा
काठमाडौं । कोशीका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले पदबाट राजीनामा दिएका छन् । प्रदेश मन्त्री परिषद् र संघ...
-
छोरीलाई दाईजो स्वरूप गाउँ नै दिने अनौठो प्रथा
काठमाडौं । तराई मधेश क्षेत्रमा दाईजो प्रथा अझै कायमै रहेको खबर बेलाबेला आउने गरेकै छन् । मधेश क्षेत्रमा बसोबास गर्ने...
-
सङ्खुवासभामा टिपर दुर्घटनाः दुई जना मजदुरको मृत्यु, दुई घाइते
काठमाडौ । संखुवासभाको मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा टिपर दुर्घटना हुँदा अरुण तेस्रो जलविद्युत् परियोजनामा कार्यरत दुई जना भारतीय मजदुरको मृत्यु...
-
तल्लो अरुण जलविद्युत् आयोजनाको मुआब्जा वितरण सुरु
काठमाडौं । सङ्खुवासभामा निर्माणाधीन छ सय ६९ मेगावाट क्षमताको अरुण तल्लो जलविद्युत् आयोजनाका प्रभावितलाई मुआब्जा रकम वितरण सुरु गरिएको छ...
-
इलाम बजारमा छाडा कुकुरले दुर्घटना बढाउँदै
काठमाडौं । इलाम बजारका चोक र गल्लीमा छाडा कुकुरको सङ्ख्यामा वृद्धि भएको छ । कुकुरको सङ्ख्या वृद्धि मात्र नभइ छाडा...
-
अलैँचीको उत्पादन घट्यो, मूल्य बढ्यो, कृषक निराश
काठमाडौं । नेपालको पूर्वी पहाडी जिल्लाहरुमा उत्पादन हुने अलैचीको मूल्य गत वर्षको तुलनामा बड्यो । विशेष गरेर सङ्खुवासभा, सोलुखुम्बु, ताप्लेजुङ,...