कवाडको व्यापार गर्ने निहुमा चोरी, काठमाडाैं मै ३१ लाख बढि रकम चोरीमा संलग्न दुई भारतीया नागरिक पक्राउ
काठमाडौं २४, असार । डल्लुस्थित आवास क्षेत्रमा रहेको सोनी श्रेष्ठको घरमा मानिस नभएको माैका छोपि ढोका फोडेर करिब ३१ लाख ३३ हजार मूल्य बराबरको धनमाल चोरीमा संलग्न दुईजना पक्राउ परेका छन् ।
महानगरीय अपराध अनुसन्धान महाशाखाले भारतको विहार राज्यका मोतिहारी र समस्तिपुरबाट चोरी गर्ने विभिन्न समूह बनाएर नेपाल प्रवेश गरेका गिरोहको दुई सदस्यलाई पक्राउ गरिएको जनाएको छ । उनीहरु कवाडको व्यापार गर्ने बहानामा चोरी गर्दै आएको खुलेको छ ।
चोरीमा संलग्न भारतको बिहार राज्य मोतिहारी जिल्ला स्थायी घर भएका १९ वर्षका करण पोदार र बिहारको समस्तिपुरस्थित महदिलगर थानाका १७ वर्षका सुरज पोदार रहेका छन् ।
महाशाखाका अनुसार झण्डै ३१ लाख ३३ हजार बराबरको धनमाल चोरी भएको हो । शनिवार पक्राउ परेका करण र सुरजलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महाशाखाले जनाएको छ । उनीहरुले शुक्रबार श्रेष्ठको घरमा कोहि नभएको माैका पारेर चोरी गरेका थिए ।
प्रहरीले उनीहरुको साथबाट विभिन्न दरका नेपाली रुपैयाँ ७२ हजार, अमेरिकी डलर १ हजार १ सय ३५, चोरी गर्दा प्रयोग गरिने फलामको रड, दुई वटा हिराको औंठी, विभिन्न सुनका गरगहना अन्दाजी ६ तोला, मोतीको माला ३ वटा, क्यानडियन डलर ५५, लागूऔषध फेनेरागन, डाइजिल्याप, नोफिन ७८ वटा लगायतसहित उनीहरूलार्इ पक्राउ गरिएको हो ।
उनीहरुमाथि चोरी मुद्दामा म्याद थप गरेर विस्तृत अनुसन्धान भइरहेको छ ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
विदेश भाग्ने तयारीपछि क्यानका महानिर्देशक प्रदीप अधिकारी अख्तियारको नियन्त्रणमा
काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी विदेश भाग्ने तयारीमा जुटेपछि पक्राउ परेका छ्न् । बुधबार तारेखका...
-
डिम्ब प्रकरणमा सर्वोच्चः महान्यायधिवक्ताको कार्यालयविरुद्ध कारण देखाउ आदेश जारी
काठमाडौं। गैरकानुनी रूपमा नाबालिकाहरूको डिम्ब निकालेको अभियोगमा अनुसन्धानको दायरामा आएको होप फर्टिलिटी एन्ड आईभीएफ सेन्टर विरुद्ध मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको...
-
प्रधानमन्त्री कार्कीले सरकारी जग्गा मिचेको आरोपमा अदालतकै कर्मचारीको आक्रोश, न्याय र कार्यपालिकामाथि गम्भीर धक्का
काठमाडाैं । पूर्वप्रधानन्यायाधीश समेत रहेकी प्रधानमन्त्री सुशीला कार्कीले सरकारी जग्गा हडपेको विषयमा जिल्ला अदालत ललितपुरका कर्मचारी हरि भट्टराईले आलोचना गरेका...
-
पर्शुराम बस्नेतमाथि मोरङमा किन भयो आक्रमण प्रयास, के बस्नेतराज सकिएकै हो ?
काठमाडाैं । एमालेमा गुन्डागर्दी गर्दै नेता बनेका पर्शुराम बस्नेतमाथि मोरङमा महाधिवेशन प्रतिनिधि छनोटमा गोलमाल गर्न खोज्दा कडा प्रतिवाद गरिएको छ...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
नेपालटारबाट सुन र नगदसहित सामान लुटपाटको आरोपमा चार जना पक्राउ !
काठमाडाैं । नेपाल प्रहरीले काठमाडौंको तारकेश्वर नगरपालिकास्थित नेपालटारबाट सुन र नगदसहित विभिन्न सामान लुटपाट गरेको आरोपमा चार जनालाई पक्राउ गरेको...












