सम्झौता सकियो बनेन पुल
मनाङ २६, असार । सम्झौताको अबधि सकिँदा पनि बेँसीशहर–चामे सडकमा पुल निर्माण भएको छैन । खोलामा पुल बनाउने जिम्मा लिएको क्यारवाहन कन्सल्टेन्सीले समयमा काम नगर्दा स्थानीयवासी, पर्यटक र सञ्चालित सवारी साधन खोलामा अलपत्र पर्दै आएका छन् ।
यस सडक खण्डामा पर्ने म्यार्दी खोला, तिमाङ खोला, पिसाङ खोला र तिल्चेगाउँ जाने दूधखोलामा मोटरेबल पुल निर्माण गर्ने जिम्मा लिएको उक्त कन्सल्टेन्सीले २०७५ असार मसान्तसम्ममा लमजुङ र मनाङ जोड्ने म्यार्दी खोलामा बेलिब्रिज निर्माणका लागि दमौली सडक डिभिजन कार्यालयसँग रू दुई करोड २१ लाखमा सम्झौता गरेको थियो ।
एउटामात्र मोटरबाटो त्यसमा पनि खोलाले छेक्ने भएपछि मनाङ आवतजावतमा कठिन भएको स्थनीयवासी शेरबहादुर विश्वकर्माले बताए ।
उता मनाङ रोडमा वर्षैपिच्छे यस्तो समस्या आइरहने भएकाले सवारी चालक जोखिम मोल्न बाध्य भएको जानकारी दिँदै सवारी चालक सन्तबहादुर गुरुङले बर्खाको समयमा यहाँको व्यापार व्यवसाय ठप्प हुने अवस्थामा पुगेको र बिरामीका लागि झन समस्या भएको बताए।
उक्त कन्सल्टेन्सीले भने भौगोलिक विकटताका कारण समयमा काम गर्न नसकेको जनाएको छ । सो कम्पनीका इन्जिनियर सुशील नकर्मीका अनुसार हिउँदमा बढी चिसो हुने र बर्खामा झरी, बाढी पहिरोका कारण काम समयमा सम्पन्न नभएको वताए ।
Comments
अरु समाचार
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
मुग्लिङ–पोखरा सडकको विजयपुर खण्ड दैनिक चार घण्टा बन्द हुने !
काठमाडौं । धमाधम स्तरोन्नति भइरहेको पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–पोखरा सडकको विजयपुर खण्ड बुधबारदेखि ९ दिनसम्म दैनिक चार घण्टा बन्द हुने भएको...
-
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा वर्षा र हिमपात
काठमाण्डौ । देशका केही ठाउँमा गएरातिदेखि वर्षा र हिमपात शुरू भएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा...
-
पोखरामा यस वर्षको तिहारमा ३ लाख फूलको माला खपत हुने अनुमान !
काठमाडाैं । यस वर्ष तिहार पर्वको अवसरमा पोखरामा करिब ३ लाख फुलका माला खपत हुने भएको छ । पर्यटनको राजधानी...
-
बाढी पहिरोले क्षति पुगेका संरचनाका पुनः निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने अनुमान
काठमाडौं । बाढी पहिरोका कारण क्षति पुगेका सडकका संरचनाका पुनः निर्माण लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान...
-
रसुवामा फसेका १२ जनालाई स्याफ्रुवेशी ल्याइयाे, चारजना अझै बेपत्ता !
काठमाडाैं । अविरल वर्षाका कारण रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–५ ड्यामसाइड क्षेत्रमा फसेका व्यक्तिहरूमध्ये १२ जनालाई नेपाली सेनाको उद्धार टोलीले सकुशल...
-
प्रशासन कार्यालयले भन्याे, ‘हिमपात र भारी वर्षाको सम्भावना छ पदयात्रामा नजानु’
काठमाडौं । कास्की जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको...











