शहरलाई कुरुप बनाएको भन्दै इन्टरनेट कम्पनीका कर्मचारी नियन्त्रणमा
काठमाडौँ २८,असार।जथाभावी तार टाँगेर शहरलाई कुरुप बनाएको भन्दै इन्टरनेट सेवा प्रदायक कम्पनीका कर्मचारीलाई काठमाडौँ महानगरपालिकाले नियन्त्रणमा लिई सचेत गराएको छ ।
तार जडान गर्ने क्रममा अरूको तार काट्ने र आफ्नो तार जडान गरेको, जथाभावी तार टाँगेर शहरलाई कुरुप र जोखिमपूर्ण बनाएको भन्दै कामपा–१६ ले तीन वटा इन्टरनेट सेवा प्रदायक कम्पनीका कर्मचारीलाई नियन्त्रणमा लिई आगामी दिनमा यसो नगर्न निर्देशन दिएको छ ।
बालाजु बाइपास क्षेत्रमा तारको काम गरिरहेको बेला कामपा–१६ का वडाध्यक्ष मुकुन्द रिजालको निर्देशनमा प्रतिनिधिमूलक तीन जना कर्मचारीलाई नियन्त्रणमा लिई आफ्नो काम गर्ने क्रममा अरूलाई असर नपु¥याई सुन्दर शहरलाई जोगाउन सचेत गरिएको छ । यसरी नियन्त्रणमा लिइएका कर्मचारी वल्र्ड लिंक, भायोनेट र नेट म्याक्सका थिए ।
आज बिहान ११ बजे, इन्टरनेट सर्भिस प्रोभाइडर एशोसिएशन अफ नेपालका कोअर्डिनेटर विनोद जोशीको नेतृत्वमा कम्पनीका प्रतिनिधि वडा कार्यालय पुगेर वडाध्यक्षसँग आफ्ना समस्या बुझिदिन आग्रह गर्दै आगामी दिनमा शहरको सन्दरतालाई जोगाउने कार्यमा आफूहरु लागिपर्ने बताएका थिए ।
आफू कहाँ आएका इन्टरनेट सेवा प्रदायकको कुरा सुनेपछि वडाध्यक्ष रिजालले शहरी सुरक्षाका लागि हामीले राखेको सिसिटिभी क्यामराको तार छुटेकाले यी सबै व्यवस्थापन गरेर मात्र काम अघि बढाउन भने ।
Comments
अरु समाचार
-
‘क्यासिनो’मा जुवा खेलिरहेका १९ नेपाली पक्राउ
भैरहवा । रुपन्देहीको सिद्धार्थनगरस्थित एक क्यासिनोमा जुवा खेलिरहेका अवस्थामा १९ नेपाली नागरिक पक्राउ परेका छन् । लुम्बिनी प्रदेश प्रहरी कार्यालय र...
-
विमानस्थल भन्सार कार्यालयका ३ कर्मचारी घुससहित पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका अधिकृत इन्द्र न्यौपानेसहित तीन जना कर्मचारी घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग...
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
जुवा खेल्दै गरेको अवस्थामा चार जना पक्राउ
काठमाडौं । जिल्ला प्रहरी कार्यालय मोरङले जुवा खेल्दै गरेको अवस्थामा चार जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूबाट तीन लाख त्रियानब्बे...
-
कुलमानको नाम लिँदै प्रभाव जमाउँदै हेमान !
काठमाडाैं । सिरहातिर घर भएका एमालेका एक कार्यकर्ताले यतिबेला ऊर्जासमेत तीन मन्त्रालय सम्हालेका कुलमान घिसिङको नाम लिएर सिंहदरबार क्षेत्रमा आतंक...
-
अख्तियार प्रमुख प्रेम राईलाई धम्की दिने पाठक फिलिपिन्सबाट पक्राउ
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने प्रकाश पाठक पक्राउ परेका छन्। नेपाल प्रहरीले उनले...
-
शक्तिशाली ठान्ने विनोद चाैधरीलाई जताकतै झड्काः अदालतकै आदेशमा भ्रम फैलाउने बाध्यता !
काठमाडाैं । नियोसी (NEOSEA) ब्रान्डका इलेक्ट्रिक भ्यानहरू आयात र बिक्री गर्दै आएको एम्बर मोटर्स प्रा.लि.ले डलर अर्बपति विनोद चाैधरीको सिजी...
-
जेनजी आन्दोलनमा भागेका दुई कैदी पक्राउ !
काठमाडाैं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गत भदौ २३ र २४ को आन्दोलनका क्रममा कारागार कार्यालय जगन्नाथ देवल सुन्धाराबाट...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...












