शहरी क्षेत्रमा नै शौचालय बनाउन चुनौती
बनियानी, झापा, ३० असार । झापालाई खुला दिसामुक्त जिल्ला घोषणा गर्ने योजना धकेलिँदै गएको छ ।
सन् २०१७ भित्रै झापालाई नै खुला दिसामुक्त घोषणा गर्ने अभियान सञ्चालन गरिए पनि त्यो सफल हुन सकेन । निर्धारित समयभित्र जिल्लालाई खुला दिसामुक्त घोषणा गर्न नसकिएपछि २०७५ को जेठ मसान्तसम्ममा खुला दिसामुक्त जिल्ला घोषणा गर्ने लक्ष्य निर्धारण गरिएको थियो । तर, एक महिना बित्न लाग्दा पनि लक्ष्य हासिल हुन सकेको छैन ।
जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति झापाका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख सोम पोर्तेलले अभियान सम्पन्न गर्न केही जटिलता थपिएकाले तोकिएको समयमा खुला दिसामुक्त जिल्ला घोषणा गर्न नसकिएको बताए ।
झापामा अहिले पनि एक हजार ८०० घरधुरीमा शौचालय बनाउन बाँकी रहेको छ । करीब एक हजार ३०० घरधुरीमा शौचालय निर्माण भइरहेको छ भने ५०० घरधुरीमा शौचालय निर्माणको काम शुरु हुन नसकेको प्रमुख पोर्तेलले बताए ।
झापाका १५ वटा स्थानीय तहमध्ये सात वटा स्थानीय तह कनकाई, शिवसताक्षी, गौरीगञ्ज, अर्जुनधारा, बाह्रदशी, बुद्धशान्ति, कमल खुला दिसामुक्त क्षेत्र घोषणा भइसकेका छन् भने कचनकवल, गौरादह, बिर्तामोड, हल्दिबारी खुल्ला दिसामुक्त घोषणाको अन्तिम चरणमा रहेका छन् । दमक, मेचीनगर, भद्रपुर, झापा, कचनकवलमा ठूलो चुनौती रहेको प्रमुख पोर्तेलको भनाइ छ ।
खुला दिसामुक्त घोषणाको अभियानमा झापामा शहरी तथा सुगम क्षेत्रमा नै चुनौती देखिँदै छ । विकट, विपन्न र पछाडि पारिएको समुदायको बढी बसोबास रहेका क्षेत्रभन्दा विकसित नगर र बजारमा शौचालय बनाउन अटेर गर्ने बढी रहेका छन् । “जान्ने र हुनेहरुले शौचालय बनाउन मान्दैनन्”, प्रमुख पोर्तेलले भने, “भौतिक विकासलाई मात्र विकास भएको ठान्ने प्रवृत्तिका कारण मानवीय र सामाजिक विकास कमजोर देखिएको होे ।”
नेपालकै होचो भूभाग बन्यो खुला दिसामुक्त
नेपालकै होचो भूभाग कचनकवल गाउँपालिकाको बालुबाडी खुला दिसामुक्त बनेको छ ।
एक हजार २७२ घरधुरी रहेको बालुवाडीको सबै घरमा चर्पी निर्माण गरी खुला दिसामुक्त घोषणा गरिएको जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति झापाले जनाएको छ ।
चार सय ६४ घरधुरीमा मात्र सुरक्षित शौचालय रहेको बालुबाडीमा ग्लोबल स्यानिटेसन फण्ड र विराट सामुदायिक अध्ययन केन्द्रको सहजीकरणमा बाँकी ८०८ घरधुरीमा नयाँ शौचालय निर्माण गरेर खुला दिसामुक्त घोषणा गरिएको स्वच्छता समन्वय समितिकी उपाध्यक्ष मीना पराजुलीले जानकारी दिए ।
Comments
अरु समाचार
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
जनता मावि त्रिजुगाको ५९औँ वार्षिकत्सवमा पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
मोरङको सुन्दरहरैचा–३ स्थित जनता माध्यमिक विद्यालय त्रिजुगाले आयोजना गरेको ५९औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा पत्रकार शिव भट्टराई भोजपुरेलाई...
-
हर्क साम्पाङ सुनसरी- १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्।...
-
मोटरसाइकल दुर्घटनामा क्रिकेटर थापाको मृत्यु
काठमाडौं । मोटरसाइकल दुर्घटनामा परेर क्रिकेटर मिनष थापाको मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
हर्क साम्पाङ नेतृत्वको पार्टीका उपाध्यक्ष पक्राउ !
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ (विश्वक्रान्ति)लाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले पक्राउ गरेको छ...











