शहरी स्वास्थ्य केन्द्र भवन निर्माण
पोखरा ४, साउन । पोखरा लेखनाथ महानगरपालिका वडा नं १७ को शहरी स्वास्थ्य केन्द्रको रु ८९ लाखको लागतमा पक्की भवन निर्माण सम्पन्न भएको छ ।
बिरुवा फाँटको बीचभाग पिपलतरा मार्गमा रहेको लगभग पाँच रोपनी सार्वजनिक जग्गामा जिल्ला जनस्वास्थ्य कार्यालयको रु ४१ लाख र महानगरपालिकाको रु ४८ लाखको लागतमा सो भवन निर्माण सम्पन्न गरिएको हो ।
विगत लामो समयदेखि पार्दी विरौटास्थित वडा कार्यालयको भवनबाटै प्रदान गर्दै आएको स्वास्थ्य सेवा आजदेखि उक्त नवनिर्मित भवनबाट आधारभूत स्वास्थ्य सेवा सञ्चालन गरिएको छ ।
पोखरा लेखनाथ महानगरपालिका–१७ का वडाध्यक्ष तीर्थ अधिकारीले आज आयोजित एक कार्यक्रमबीच स्वास्थ्य सेवाको शुभारम्भ गर्दै केन्द्र सञ्चालनपश्चात् यस क्षेत्रका सर्वसाधारणलाई स्वास्थ्य सुविधा पुग्ने विश्वास व्यक्त गरे ।
शहरी स्वास्थ्य केन्द्रका व्यवस्थापन समितिका अध्यक्ष झपिन्द्रराज रेग्मीले स्वास्थ्य चौकी भवन निर्माणमा स्थानीय बासिन्दाको महत्वपूर्ण भूमिका रहेको बताउँदै आगामी दिनमा आवश्यकताअनुसार भौतिक संरचना निर्माण गरी सुविधा विस्तार गर्दै जाने उल्लेख गरे ।
सो केन्द्रबाट हाल नेपाल सरकारले तोकेका ३७ प्रकारका औषधि निःशुल्क प्रदान गर्नाका साथै खोप, पोषण, बालस्वास्थ्य, सुरक्षित मातृत्व, परिवार नियोजन, क्षयरोगलगायतका विभिन्न सुविधा उपलब्ध गराउँदै आएको केन्द्र प्रमुख निर्मला आचार्यले जानकारी दिए ।
भवन निर्माण समितिका अध्यक्ष भगवान पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा महानगर कार्यपालिका सदस्य राधिका शाही योगी, महाशाखा प्रमुख हेमन्त पौडेल, वडा सचिव प्रजापति बराललगायतले शहरी स्वास्थ्य केन्द्रमा थप सेवा सुविधाका लागि आवश्यक पहल गर्ने बताए।
सो स्वास्थ्य केन्द्र भवन सञ्चालनसँगै सेवाग्राहीलाई यातायातको सुविधा पुर्याउनका साथै चिकित्सकसहित प्रयोगशालाको व्यवस्था हुनुपर्ने स्थानीय बासिन्दाको सामूहिक धारणा रहेको छ ।
Comments
अरु समाचार
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
मुग्लिङ–पोखरा सडकको विजयपुर खण्ड दैनिक चार घण्टा बन्द हुने !
काठमाडौं । धमाधम स्तरोन्नति भइरहेको पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–पोखरा सडकको विजयपुर खण्ड बुधबारदेखि ९ दिनसम्म दैनिक चार घण्टा बन्द हुने भएको...
-
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा वर्षा र हिमपात
काठमाण्डौ । देशका केही ठाउँमा गएरातिदेखि वर्षा र हिमपात शुरू भएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा...
-
पोखरामा यस वर्षको तिहारमा ३ लाख फूलको माला खपत हुने अनुमान !
काठमाडाैं । यस वर्ष तिहार पर्वको अवसरमा पोखरामा करिब ३ लाख फुलका माला खपत हुने भएको छ । पर्यटनको राजधानी...
-
बाढी पहिरोले क्षति पुगेका संरचनाका पुनः निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने अनुमान
काठमाडौं । बाढी पहिरोका कारण क्षति पुगेका सडकका संरचनाका पुनः निर्माण लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान...
-
रसुवामा फसेका १२ जनालाई स्याफ्रुवेशी ल्याइयाे, चारजना अझै बेपत्ता !
काठमाडाैं । अविरल वर्षाका कारण रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–५ ड्यामसाइड क्षेत्रमा फसेका व्यक्तिहरूमध्ये १२ जनालाई नेपाली सेनाको उद्धार टोलीले सकुशल...
-
प्रशासन कार्यालयले भन्याे, ‘हिमपात र भारी वर्षाको सम्भावना छ पदयात्रामा नजानु’
काठमाडौं । कास्की जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको...











