कुनै व्यक्ति अनशन बस्दैमा कम्युनिष्ट डराउदैनन्: ने क पा अध्यक्ष प्रचण्ड (LIVE)
काठमाडाैं ७, साउन । पुष्पलालको सम्झनामा स्मृति दिवसको आयोजनामा राष्ट्रिय सभा गृहमा बोल्दै ने क पाका अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्ड’ले डा. गोबिन्द केसीको अनशनका बारेमा बोलेका छन् ।
प्रचण्डले भने, डा. गोबिन्द केसी पहिलो चोटि अनशन बस्या होइन यो भन्दा १५ चोटि पहिल्यै अनशन बसिसक्नु भा’छ । उनले यसबारे थप बोल्दै डा. केसीको जीवन रक्षा गर्ने दायित्वका निम्ती जुम्लाबाट काठमाडाैं ल्याइएको बताए। सरकारले आफ्नो जिम्मेवारी कहिकतै भुलेको छैन भन्दै जुम्लामा सिसियु नभएकाले तत्काल केसीलाई काठमाडाैं ल्याइएको समेत प्रष्ठ पारेका छन् ।
डा. केसीका मागमा कति कहाँ लचिलो हुनपर्ने हो हामि तयार छाैं । आखिर हाम्रो पार्टी र नेताहरुमाथी किन यसरी लागिएको छ ? भन्दै उनले कांग्रेसले गर्न खोज्या के हो भन्दै बाण प्रहार गर्दै भने, ‘नेपाली कांग्रेसले आफ्नो राजनीति गोबिन्द केसीमार्फ गर्न पर्ने ठाँउम पुगि सक्या हो ?’
अस्ति भर्खर त्यत्रो शान्ति सम्झाैता गरेर आएको पार्टीसंग आफ्नो कुनै एजेन्डा छैन ? गोबिन्द केसीको माग पुरा गर भनेर सम्पूर्ण तोडफोडमा उत्रिन खोज्या हो ? यदि हो भने यो भन्दा ठूलो बिडम्बना केहि हुन सक्दैन । तथाकथित लोकतान्त्रिक भन्ने तागत शायद उहाँको हत्या गर्न र लासको राजनीति गर्न चाहेको हो कि भन्ने प्रश्न खडा भएको छ, प्रचण्डले भने ।
‘मेरो दृष्टिमा अब कांग्रेस सिद्धियो, यहाँबाट कांग्रेस अब अगाडि आउने होइन कांग्रेसको अवसानको बाटो हो यो’ प्रचण्डले भने ।
कुनै अमुक मान्छेको अनशनले यत्रो कोलाहाल हुन्छ भने चुनाव किन चाहियो भन्दै उनले यस्ता कामले विधिको शासन, लोकतन्त्रको उपहास बाहेक अरु केहि नभएको जिकिर गरे । प्रचण्डले डा. गोबिन्द केसीको आमरण अनशनका बारे अधिकृतलाई बोल्न लगाएकै भरमा आफूहरु चुप लागेर नबस्ने भन्दै आफूहरुपनि १० गुणा शक्तिासाथ आउने दाबी गरे ।
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४० औँ स्मृति दिवस आज देशभरि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ ।
लामो समयदेखि विभिन्न समूहमा विभाजित कम्युनिष्ट पार्टीलाई एकिकृत गर्ने लक्ष्यका साथ नेपालका दुई ठूला कम्युनिष्ट पार्टी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकतापछि यसबर्ष पहिलोपटक संस्थापक महासचिवको स्मृति दिवस मनाउन लागिएको हो ।
Comments
अरु समाचार
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
जेनजीप्रति समर्पित प्रधानमन्त्री कार्कीको दशैं टीका सुतकले रोकिएको खुलासा
काठमाडाैं । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले दशैंको टीका नलगाउने निर्णय किन गरिन ? के जेनजी आन्दोलनमा भएको युवाहरुको मृत्युको शोकमा...
-
म्युजिक नेपालविरुद्ध न्यायिक लडाइँमा गायिका अञ्जु गौतम !
काठमाडौं । लोकप्रिय गायिका अञ्जु गौतमले आफ्ना लाेकगीतहरू युट्युबमा अनधिकृत रूपमा ब्लक गरिएको भन्दै उच्च अदालत विराटनगरमा मुद्दा दायर गरेकी...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
नेपाल आइडलको ग्राण्ड फिनाले आज, ५ प्रतिस्पर्धिहरू काे–काे छन् ?
काठमाडौं । नेपाल कै लोकपृय सांगीतिक रियालिटी शो ‘नेपाल आइडल’ सिजन ६ को ग्राण्ड फिनाले आज हुँदैछ। ललितपुरको ग्वार्कोस्थित रोयल...
-
फिल्म ‘हरिबहादुरको जुत्ता’को टिजर सार्वजनिक
काठमाडौं । दशैंको फूलपातीमा प्रदर्शन तयारीमा रहेको फिल्म ‘हरिबहादुरको जुत्ता’को टिजर सार्वजनिक भएको छ । फिल्ममा दीपेन्द्र के खनाल निर्देशित...
-
नयाँ तीज गीत ‘आयो है तीजको लहर’ सार्वजनिक
काठमाडाैं । नेपाली नारीहरूको महान पर्व हरितालिका तीज नजिकिएसँगै बजारमा नयाँ-नयाँ तीजका गीत सार्वजनिक हुन थालेका छन् । यसै क्रममा...
-
दुर्गेशको गीतको चर्चा….
काठमाडौं । युवापुस्तामा लोकपृय गायक तथा मोडल दुर्गेश थापाले गीत ‘जाने भए जाम माया’ले नयाँ रेकर्ड बनाउँन सफल भएको छ...
-
‘उनको स्वीटर’ सामान्य जिवनको सुन्दर प्रेमालय !
काठमाडौं । बैसाख २६ गतेबाट प्रर्दशनमा आएको चलचित्र उनको स्वीटरले लगातार तेस्रो हप्तासम्म सिनेमाहलहरुमा आफ्नो पक्कड कायम राख्दै सफल चलचित्रको...












