विदेशमा डाक्टरी पढ्न जाने ९० प्रतिशत विद्यार्थी पैसामा सर्टिफिकेट पाउने ग्यारेन्टिका साथ जान्छन्: गगन थापा
काठमाडाैं ९, साउन । बंगलादेशमा अध्ययनका लागि गएका छात्राहरुले सर्टिफिकेट पाउन शरीर सुम्पनुपर्ने बताएपछि शेरबहादुर तामाङले मन्त्री पदबाट हात धुनु पर्यो ।
यस्तै, अहिले यस्तै खाले एउटा अभिव्यक्ति बाहिरिएको छ जो अभिव्यक्ति दिने मानिस अरु कोहि नभई सामाजिक, राजनीतिक र आर्थिक परिवर्तन र नेपालमा कम्युनिष्ट अधिनायकवाद आयो भन्ने पार्टीका पराजित महामन्त्री गगन थापा ।
थापाले विदेशमा डाक्टरी पढ्न जाने मानिसलाई योग्यता नभएका र सर्टिफिकेट किनेर ल्याउने भन्दै अपमान गरेका छन् ।
थापाको यो अभिव्यक्ति अहिले सामाजिक संजालमा व्यापक भाइरल भैराखेको छ तर, उनी अहिले कता छन के गर्दै छन् भन्ने बारेमा कसैले सोधखोज गरेको देखिन्न । यसको मतलव उनले भनेको जस्तै सबैले विदेशबाट सर्टिफिकेट किनेर नै ल्याउने हुन् त ?
चीन,वंगलादेश र फिलिपिन्स पढ्न गएका ९० % एमविविएसका विद्यार्थीले सर्टिफिकेट पैसामा किनेका रे ! गगन थापाले भनेको ! भन्दै अखिल क्रान्तिकारीका उपाध्यक्ष तथा प्रवक्ता सुरेन्द्र बस्नेतले फेसबुकमा भिडियो सेयर गर्दै लेखेका छन् ।
के भने गगन थापाले हेर्नुहोस्:
यस्तै, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री तामाङले ट्र्यापमा परेको भन्दै राजीनामा बुझाएपछि ने क पाले देशमा एउटा सन्देश दिन खोजेको छ की बोल्दा होस् गुमाउन हुदैन र कुनै वहकावमापनि पर्न हुँदैन भन्ने कुराको ।
कानुन मन्त्रीलाई राजीनामा दिन बाध्य पारियो या आफैले गरे त्यो बारेमा उनले भनिसकेका छन् । गहभरी आँशु झार्दै उनले सधै देशको सेवामा लागि पर्ने प्रण समेत गरे ।
मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले आफु महिला अधिकारको पक्षमा काम गर्दागर्दै त्यहि विषयमा विवादमा परेको पनि उनले बताए ।
पत्नी उषाकला राईसँगै उपस्थित भएका उनले भने, ‘नेपाली नारीहरुप्रति सम्मान गर्छु, कोही पनि नारीमाथि हिंसा हुनुहुन्न भन्ने मान्छु ।’ महिलाहरुको हक अधिकारका लागि काम गरेको आफूलाई त्यही विषयले लखेटेको उनले सुनाए । ‘जे विषयमा निरन्तर लागिरहेको हुन्छ, त्यही विषयले लखेट्ने दिन पनि आउँदो रहेछ’ उनले भने ‘अरु कसैलाई यस्तो नपरोस् ।’
यति भन्दै गर्दा यो के कुराको संकेत हो भने, आफ्नो गल्ति सच्याउन र वहकावमा परेर बोल्न हुदैन भन्ने प्रष्ट हुनु हो । यस्ता कुराले राजनीतिक जीवनमा ल्याएको परिवर्तन र मन्त्री पदबाट निस्कनुको पीडालाई सहज स्विकार गरेर असल चरित्र देखाएका तामाङका विरुद्व खनिएको नेपाली कांग्रेस लगायतका आम मानिसलाई यो पाठ पनि हो ।
Comments
अरु समाचार
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
जेनजीप्रति समर्पित प्रधानमन्त्री कार्कीको दशैं टीका सुतकले रोकिएको खुलासा
काठमाडाैं । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले दशैंको टीका नलगाउने निर्णय किन गरिन ? के जेनजी आन्दोलनमा भएको युवाहरुको मृत्युको शोकमा...
-
म्युजिक नेपालविरुद्ध न्यायिक लडाइँमा गायिका अञ्जु गौतम !
काठमाडौं । लोकप्रिय गायिका अञ्जु गौतमले आफ्ना लाेकगीतहरू युट्युबमा अनधिकृत रूपमा ब्लक गरिएको भन्दै उच्च अदालत विराटनगरमा मुद्दा दायर गरेकी...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
नेपाल आइडलको ग्राण्ड फिनाले आज, ५ प्रतिस्पर्धिहरू काे–काे छन् ?
काठमाडौं । नेपाल कै लोकपृय सांगीतिक रियालिटी शो ‘नेपाल आइडल’ सिजन ६ को ग्राण्ड फिनाले आज हुँदैछ। ललितपुरको ग्वार्कोस्थित रोयल...
-
फिल्म ‘हरिबहादुरको जुत्ता’को टिजर सार्वजनिक
काठमाडौं । दशैंको फूलपातीमा प्रदर्शन तयारीमा रहेको फिल्म ‘हरिबहादुरको जुत्ता’को टिजर सार्वजनिक भएको छ । फिल्ममा दीपेन्द्र के खनाल निर्देशित...
-
नयाँ तीज गीत ‘आयो है तीजको लहर’ सार्वजनिक
काठमाडाैं । नेपाली नारीहरूको महान पर्व हरितालिका तीज नजिकिएसँगै बजारमा नयाँ-नयाँ तीजका गीत सार्वजनिक हुन थालेका छन् । यसै क्रममा...
-
दुर्गेशको गीतको चर्चा….
काठमाडौं । युवापुस्तामा लोकपृय गायक तथा मोडल दुर्गेश थापाले गीत ‘जाने भए जाम माया’ले नयाँ रेकर्ड बनाउँन सफल भएको छ...
-
‘उनको स्वीटर’ सामान्य जिवनको सुन्दर प्रेमालय !
काठमाडौं । बैसाख २६ गतेबाट प्रर्दशनमा आएको चलचित्र उनको स्वीटरले लगातार तेस्रो हप्तासम्म सिनेमाहलहरुमा आफ्नो पक्कड कायम राख्दै सफल चलचित्रको...












