स्थानीय तहलाई संगठन संरचना र दरबन्दी पठाउन निर्देशन
काठमाडौँ ९, साउन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई अहिले भएको संगठन संरचना र दरबन्दी पठाउन निर्देशन दिएको छ ।
मन्त्रालयले मन्त्रिपरिषद्बाट स्वीकृत स्थानीय तहको अन्तरिक संगठन, संरचना तथा दरवन्दीअनुसार स्थानीय तहमा कर्मचारी समायोनका लागि सबै स्थानीय तहबाट संगठन संरचना र दरबन्दी पठाउन निर्देशन गरेको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए।
उनका अनुसार स्वीकृत दरबन्दीअनुसार स्थानीय तहको कार्यप्रकृति, सेवा प्रवाह र विकास व्यवस्थापनको आवश्यकता, भौगोलिक स्थिति र सेवा पुर्याउनुपर्ने जनसंख्याका आधारमा स्थायी संरचना र दरबन्दी निर्धारण गरी स्वीकृत गर्नुपर्ने भएकोले १५ दिनभित्र दरबन्दी पठाउन निर्देशन दिइएको हो ।
मन्त्रिपरिषद्ले अन्तरिम व्यवस्थापनअन्तर्गत स्थानीय तहका लागि करीब ५७ हजार दरबन्दी स्वीकृत गरेको छ । मन्त्रालयले अन्तरिम संगठन संरचना एवं दरबन्दीमा कुन-कुन श्रेणी थपघट गर्नुपर्ने हो, विगतमा स्थानीय निकायमा कार्यरत कर्मचारी के कति दरबन्दीमा रहेका छन् र उनीहरुलाई कसरी व्यवस्थापन गर्न सकिन्छ, हाल भइरहेका संगठन संरचना भन्दा बढी दरबन्दी स्वीकृत गर्नुपर्ने भए पद वा श्रेणी खुलाउनुपर्ने लगायतका कुरा निर्देशनमा उल्लेख गरिएको छ ।
अहिले स्थानीय तहमा करीब आठ हजार कर्मचारी अपुग भएको बताइएको छ ।
Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप !
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप भएको छ। गत जुलाईमा दुई देशका सेनाबीच सिमानामा ५ दिनसम्म आक्रमण प्रत्याक्रमण...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...












