स्थानीय तहलाई संगठन संरचना र दरबन्दी पठाउन निर्देशन
काठमाडौँ ९, साउन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई अहिले भएको संगठन संरचना र दरबन्दी पठाउन निर्देशन दिएको छ ।
मन्त्रालयले मन्त्रिपरिषद्बाट स्वीकृत स्थानीय तहको अन्तरिक संगठन, संरचना तथा दरवन्दीअनुसार स्थानीय तहमा कर्मचारी समायोनका लागि सबै स्थानीय तहबाट संगठन संरचना र दरबन्दी पठाउन निर्देशन गरेको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए।
उनका अनुसार स्वीकृत दरबन्दीअनुसार स्थानीय तहको कार्यप्रकृति, सेवा प्रवाह र विकास व्यवस्थापनको आवश्यकता, भौगोलिक स्थिति र सेवा पुर्याउनुपर्ने जनसंख्याका आधारमा स्थायी संरचना र दरबन्दी निर्धारण गरी स्वीकृत गर्नुपर्ने भएकोले १५ दिनभित्र दरबन्दी पठाउन निर्देशन दिइएको हो ।
मन्त्रिपरिषद्ले अन्तरिम व्यवस्थापनअन्तर्गत स्थानीय तहका लागि करीब ५७ हजार दरबन्दी स्वीकृत गरेको छ । मन्त्रालयले अन्तरिम संगठन संरचना एवं दरबन्दीमा कुन-कुन श्रेणी थपघट गर्नुपर्ने हो, विगतमा स्थानीय निकायमा कार्यरत कर्मचारी के कति दरबन्दीमा रहेका छन् र उनीहरुलाई कसरी व्यवस्थापन गर्न सकिन्छ, हाल भइरहेका संगठन संरचना भन्दा बढी दरबन्दी स्वीकृत गर्नुपर्ने भए पद वा श्रेणी खुलाउनुपर्ने लगायतका कुरा निर्देशनमा उल्लेख गरिएको छ ।
अहिले स्थानीय तहमा करीब आठ हजार कर्मचारी अपुग भएको बताइएको छ ।
Comments
अरु समाचार
-
११ महिनामा ७ लाख २२ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा वैदेशिक रोजगारीका लागि विदेश जाने नेपालीको संख्या ७ लाख २२...
-
चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत
काठमाडौँ । चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
स्वास्थ्य मन्त्रालय बेथितीको अखडा !
काठमाडौं। कर्मचारीको बढुवा जस्तो संवेदनशील विषयमा पनि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले कुनै गम्भीरता देखाउँदैन। लोकसेवा आयोगको माननीय सदस्य अध्यक्ष...
-
उरुग्वे र साउदी अरब, स्पेन र केप भेर्दे तथा बेल्जियम र इजिप्टको बराबरी गोल
काठमाण्डौ । फिफा विश्वकप फुटबलमा उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेल्दै अङ्क...
-
निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारीबारे निजामती कर्मचारी वृत्तमा व्यापक चासो
काठमाडौं । सरकारले निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारी गरिरहेको भन्ने चर्चा सार्वजनिक भएपछि निजामती कर्मचारी वृत्तमा व्यापक चासो र...
-
अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति एमाले सांसदकाे आपत्ति, स्पष्टीकरणा दिन माग
काठमाडौं । नेकपा (एमाले) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा उठाइएका प्रश्नहरूको जवाफ दिने क्रममा विपक्षी सांसदहरूलाई लक्षित गर्दै दिएको...
-
जर्मनीले कुरासाओलाई ७–१ ले हरायो, जापान र नेदरल्याण्ड्सले बाँडे बराबरी अंक
काठमाडौं। २०२६ फिफा विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा जर्मनीले कुरासाओलाई ७–१ गोलअन्तरले पराजित गर्दै प्रभावशाली सुरुआत गरेको छ। ह्युस्टनस्थित बन्द रंगशालामा...
-
महोत्तरी प्रहरीको कडा अभियान, प्रहरी कार्यालय वरिपरि सक्रिय दलाल सञ्जालमाथि निगरानी बढ्यो
जलेश्वर । सरकारी कार्यालयहरूमा सेवाग्राहीको भीडसँगै बिचौलियाको चलखेल बढ्दै गएको गुनासो देशभरि सुनिँदै आएको छ। नागरिकले आफ्नै कामका लागि अनावश्यक...












