कस्तो छ हजुरको आजको दिन ,आजको राशिफल
परिस्थितिवश काममा केही उल्झन हुनेछ भने अरूको मुख ताक्नाले पछि परिनेछ। तापनि मिहिनेत गर्दा चिताएको काम सम्पादन हुनेछ। सहयोगीहरूले हिम्मत दिलाउनेछन्। व्यापारमा पनि फाइदै हुनेछ। आफ्नो क्षेत्रमा पद र प्रतिष्ठा प्राप्त गर्न सफल भइनेछ। साँझतिर रोकिएका काम बन्नाले स्थितिमा सुधार आउनेछ र विशेष लाभ हुनेछ।
काममा केही अलमल देखिए पनि आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। सामाजिक काममा रुचि बढ्नेछ। चुनौतीहरू बिस्तारै हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन्। टाढिएका मित्रगण नजिकिनाले प्रसन्नता मिल्नेछ। अभाव हट्नुका साथै दाम, नाम र इनाम प्राप्त हुनेछ। धार्मिक मनोवृत्ति र सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ।
चिताएको काम बिग्रनाले आर्थिक क्रियाकलापमा बाधा पुग्न सक्छ। गोपनीयता बाहिरिनाले लक्ष्यमा पुग्न अप्ठ्यारो पर्नेछ। तापनि रोकिएको काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। तत्काल उपलब्धि प्राप्त नभए पनि सम्भावना खोजी गर्ने समय छ। साँझतिर केही काम बन्नेछन्। शुभचिन्तकहरूको साथ जुट्नाले पछि फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ।
परिवेश उल्लासमय रहे पनि जीवनशैली व्यस्त रहनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। अतिथिका रूपमा सत्कारसमेत पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ। तर मनोरञ्जनमा अलमलिँदा लक्ष्यमा पुग्न विलम्ब हुनेछ। साँझतिर स्वास्थ्य कमजोर हुनाले लक्ष्यमा पुग्न समस्या पर्नेछ।
वैधानिक प्रावधानले लक्ष्यमा पुग्न अप्ठ्यारो पार्नेछ। अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ। काममा सोचेको फाइदा नउठे पनि प्रतिस्पर्धा, विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। साँझतिर प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। काममा केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ने हुन सक्छ।
परिवेश उत्साहवर्द्धक रहे पनि जीवनशैली व्यस्त रहनेछ। प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ। अध्ययनमा धेरै समय दिन नसकिएला। भेटघाट तथा लोकाचारका लागि अधिक समय बित्न सक्छ। कामका लागि गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला। स्वास्थ्यका लागि खानपानमा सजग रहनुपर्नेछ। साँझतिर पुरुषार्थी काम सम्पादन हुनेछ।
तत्कालको फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ। धेरै लाभ उठाउन नसकिए पनि समस्या सुल्झनेछन्। पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। टाढिएका आफन्त नजिकिन सक्छन्। पुरानो सम्झौता भंग हुन सक्छ। शुभचिन्तकहरूलाई साथ लिएर काममा जुट्नुहोला, महत्त्वाकांक्षी योजना सम्पादन हुने समय छ।
दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। लगानी गर्दा व्यवसायमा मनग्य धनलाभ हुनेछ। तर बेलामा होस नपुर्याउँदा केही समस्या झेल्नुपर्ला। परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ। लेनदेन तथा हिसाबकिताबमा होसियार रहनुहोला। साँझतिर साथीभाइमा असमझदारी बढ्नाले लक्ष्यमा पुग्न समस्या पर्नेछ।
नयाँ जिम्मेवारी प्राप्त हुनुका साथै काममा ठूलै फड्को मार्न सकिनेछ। मनग्य धनलाभ हुनाले पारिवारिक आवश्यकता पूर्ति हुनेछ। रोकिएको काम सम्पादन हुनेछ। साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्न सक्छ। श्रमको उचित मूल्यांकन हुनेछ। सञ्चित धन उपयोग गर्दा पनि फाइदा हुनेछ। साँझतिर विवादास्पद जिम्मेवारी सुल्झाउन जुट्नुपर्ने हुन सक्छ।
काममा राम्रो सुरुवात हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। आलोचकहरूलाई व्यवहारले समेट्ने प्रयास गर्नुहोला। साँझतिर लगनशीलताले संकल्प पूरा हुनेछ।
समयमा होस नपुग्नाले खर्च बढ्नेछ। ठूलो प्रयत्नले सामान्य उपलब्धि दिलाउनेछ। खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला। शुभचिन्तकहरूलाई बेवास्ता गर्दा दुःख पाइएला। आफ्नै कमजोरीले साथीभाइमा वादविवाद निम्त्याउन सक्छ। तापनि सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ। साँझतिर पारिवारिक भेटघाटले खुसियाली छाउनेछ।
काम बन्नाले राम्रै लाभांश लिने अवसर प्राप्त हुनेछ। तर काम सम्पादन भए पनि तत्काल आम्दानीको आशा नराख्नुहोला। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दु:ख पाइनेछ। आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। नयाँ कामको प्रस्ताव आउनेछ। साँझतिर शुभचिन्तकहरू टाढिन सक्छन्। मिहिनेतको प्रतिफल जोगाउन अलि चनाखो रहनुहोला।Comments
अरु समाचार
-
दोलखाका युवा नेता ‘नोर्बु शेर्पा’ केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्दै
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का युवा नोर्बु शेर्पाले नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्ने घोषणा...
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...












