नेपालले नेदरल्यान्ड्ससँग एक दिवसीय सिरिजको अन्तिम खेल आज खेल्दै,सिरिज बराबरी गर्ने नेपालको लक्ष्य
काठमाण्डाैं १८, साउन । नेपाल र नेदरल्याण्ड्सबीच दोस्रो ओडिआई क्रिकेट खेल आज हुँदैछ। खेल नेपाली समयअनुसार दिउँसो २:४५ बजे आम्स्टलभिनस्थित भिआरए ग्राउण्डमा हुनेछ।
बुधवार भएको पहिलो ओडिआईमा नेपाल नेदरल्याण्ड्ससँग ५५ रनले पराजित भएको छ। पहिलो खेलको कमजोरीलाई सुधार गर्दै नेपाल दोस्रो खेल जित्ने दाउमा छ। कप्तान पारस खड्काले पहिलो खेलपछि दिएको प्रतिक्रियामा दोस्रो खेलमा राम्रो खेल्दै जित हात पार्ने बताएका छन्।
पहिलो खेलमा नेपालका चार खेलाडी शुन्यमा आउट भएका थिए भने पहिलो इनिङ्समा चोट लागेका ब्याट्सम्यान शरद भेषावकरले अन्तिम नम्बरमा ब्याटिङ गरेका थिए। चार खेलाडीले रनको खाता खोल्न नसक्नु र शरदको चोटका कारण नेपालले गतिलो सुरुवात गरेर पनि १९० नरको लक्ष्य भेट्टाउन सकेको थियो।
पहिलो विकेटका लागि ज्ञानेन्द्र मल्ल र अनिल शाहले ५८ रन जोड्नु बाहेक राम्रो साझेदारी हुन सकेन। ज्ञानेन्द्रले सर्वाधिक ५१ रन बनाउँदा दीपेन्द्र सिंह ऐरीले ३४ रन बनाएका थिए। अनिल शाहले २१ तथा पारस खड्काले १२ रन बनाए। बाँकी खेलाडीले दोहोरो अंक जोड्न सकेनन्। बलिङमा कप्तान पारस खड्काले ४ तथा सोमपाल कामीले ३ विकेट लिएका थिए।
पहिलो खेलमा चोट लागेका शरद भेषावकर दोस्रो खेल नखेल्ने पक्का छ। यस्तै युरोप टुर जानुअघि नै यो अन्तिम विदेश टुर हुने बताएका भेट्रान स्पीनर शक्ति गौचन दोस्रो खेलमा खेल्ने सम्भावना कम छ। पहिलो खेलमा ओपनर सुवास खकुरेल, ब्याट्सम्यान रोहित कुमार पौडेल र स्पीनर ललित राजवंशी बेन्चमा थिए।
दोस्रो खेलमा यी तीनमध्ये दुई खेलाडीले खेल्ने सम्भावना छ।
यदी पहिलो खेल खेलेका चारै खेलाडीलाई ओडिआईमा डेब्यु गरउने हो भने यी तीनै खेलाडी खेल्न सक्नेछन् र करणको स्थानमा ललित भण्डारीले अवसर पाउन सकछन्।
दोस्रो खेल जित्दै ऐतिहासिक ओडिआई सिरिज बराबरी गरेर चार वर्षे ओडिआई यात्रामा सुखद सुरुवात गर्ने लक्ष्यमा नेपाल छ।
Comments
अरु समाचार
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...
-
स्पेनसँग पराजित भएसँगै रोनाल्डोको विश्वकप यात्रा सकियो
काठमाडौं: विश्व फुटबलका महान खेलाडीमध्ये एक मानिने क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा अन्ततः उपाधिविहीन रूपमा समाप्त भएको छ। पोर्चुगल स्पेनसँग १–०...
-
विश्वकप: ब्राजिल २-१ ले पराजित, नर्बे क्वार्टरफाइनलमा
काठमाडौं । पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ ले स्तब्ध पार्दै नर्वे पहिलो पटक फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ।...
-
विश्वकप: केब भर्डेलाई पराजित गर्दै अर्जेन्टिना अन्तिम १६ मा
काठमाडौँ — आत्मघाती गोल नै निर्णायक बनेपछि डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले केप भार्डेको बहादुरीपूर्ण चुनौती अतिरिक्त समयमा ३–२ ले समाप्त पार्दै...












