भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपालका लागि चौथो भ्रमण
काठमाडौँ २०,साउन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चौथो पटक नेपाल आउने भएका छन् । भदौ १४ र १५ गते हुने चौँथो विमस्टेक बैठकमा भाग लिन नेपाल आउन लागेका प्रधानमन्त्री मोदी नेपालमा दुई दिन रहने छन् ।
सो क्रममा उनले गौतमबुद्धको जन्मस्थान लुम्बनी र पोखराको समेत भ्रमण गरी नेपालस्थित भारतीय दूतावास तयारीमा जुटेको स्रोतले जनाएको छ ।
यसअघि वैशाख २८ गते दुई दिनका लागि नेपाल भ्रमणमा आएका मोदीले मुस्ताङ्गबाट फर्किने क्रममा पोखरामा घुम्ने योजना बनाएका थिए । पोखरामा त्यस अनुसारको तयारी पनि भइसकेको थियो तर समय अभावका कारण उनी मुस्ताङ्गबाट सिधै काठमाडौँ फर्केका थिए ।
२०७१ सालमा काठमाडौँमा भएको सार्क सम्मेलनमा भाग लिन नेपाल आएका मोदीले जनकपुरसँगै लुम्बनीको समेत भ्रमण गर्ने तयारी थियो । त्यो बेला पनि लुम्बनीको भ्रमण गर्ने भनेर सम्पूर्ण तयारी पुरा भएको थियो ।
गौशालामा भारतको सहयोगमा निर्माण भएको धर्मशालाको उद्घाटन पनि मोदीले गर्ने तयारी भइरहेको छ । यद्यपि अहिले नै मिति र समय तय भएको छैन ।तर, अन्त्यमा सुरक्षाको कारण देखाउँदै जनकपुरको भ्रमण रद्द गरेपछि प्रधानमन्त्री मोदीको लुम्बनी भ्रमणसमेत रद्द भएको थियो । तर, यसपटक भने उनी लुम्बनी जाने निश्चित भएको छ किनभने उनले यसअघि जनकपुरको भ्रमण गरिसकेका छन् ।
‘जनकपुरको भ्रमण रद्द भएपछि लुम्बनीको मात्र भ्रमण गर्दा राम्रो सन्देश नजाने भन्दै त्यतिबेला भ्रमण रद्द भएको थियो । यसपटक भने भ्रमण लगभग निश्चित भएको छ,’ दूतावास स्रोतले भन्यो ।
त्यतिबेला मोदीले मुस्ताङको मुक्तिनाथ दर्शन गरेर पोखरा हुँदै लुम्बनी जाने तयारी थियो । तर, मोदीले त्यतिबेला तीनटै ठाउँको भ्रमण रद्द गरेका थिए । जनकपुर र मुस्ताङ्को भ्रमण गरिसकेका मोदी यसपटक पोखरा हुँदै लुम्बनी जाने तयारी भइरहेको छ ।यसैगरि, गौशालामा भारतको सहयोगमा निर्माण भएको धर्मशालाको उद्घाटन पनि मोदीले गर्ने तयारी भइरहेको छ । यद्यपि अहिले नै मिति र समय तय भएको छैन ।
मोदीले उद्घाटन गर्ने धर्मशालाको अवलोकन भारतीय जनता पार्टीका महासचिव राम माधवले गरिसकेका छन् । साउन १४ गते थिङ्क ट्याङ्कको सम्मोलनमा भाग लिन नेपाल आएका राम माधवले नेपालका लागि भारतीय राजदूत मञ्जिभ सिंह पुरीको साथमा सो धर्मशालाको अनुगमन गरेका थिए ।
बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशको प्रयास (विमस्टेक) नामक क्षेत्रीय संगठनको चौँथो शिखर सम्मेलन काठमाडौँमा हुन लागेको छ । बिमिस्टेकको अध्यक्ष नेपाल रहेको छ । यो क्षेत्रीय संगठनको सदस्यमा बंगलादेश, भारत, म्यान्मार, श्रीलंका, थाइल्याण्ड, भुटान र नेपाल सदस्य राष्ट्रको रुपमा रहेका छन् ।
Comments
अरु समाचार
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
मुग्लिङ–पोखरा सडकको विजयपुर खण्ड दैनिक चार घण्टा बन्द हुने !
काठमाडौं । धमाधम स्तरोन्नति भइरहेको पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–पोखरा सडकको विजयपुर खण्ड बुधबारदेखि ९ दिनसम्म दैनिक चार घण्टा बन्द हुने भएको...
-
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा वर्षा र हिमपात
काठमाण्डौ । देशका केही ठाउँमा गएरातिदेखि वर्षा र हिमपात शुरू भएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा...
-
पोखरामा यस वर्षको तिहारमा ३ लाख फूलको माला खपत हुने अनुमान !
काठमाडाैं । यस वर्ष तिहार पर्वको अवसरमा पोखरामा करिब ३ लाख फुलका माला खपत हुने भएको छ । पर्यटनको राजधानी...
-
बाढी पहिरोले क्षति पुगेका संरचनाका पुनः निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने अनुमान
काठमाडौं । बाढी पहिरोका कारण क्षति पुगेका सडकका संरचनाका पुनः निर्माण लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान...
-
रसुवामा फसेका १२ जनालाई स्याफ्रुवेशी ल्याइयाे, चारजना अझै बेपत्ता !
काठमाडाैं । अविरल वर्षाका कारण रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–५ ड्यामसाइड क्षेत्रमा फसेका व्यक्तिहरूमध्ये १२ जनालाई नेपाली सेनाको उद्धार टोलीले सकुशल...
-
प्रशासन कार्यालयले भन्याे, ‘हिमपात र भारी वर्षाको सम्भावना छ पदयात्रामा नजानु’
काठमाडौं । कास्की जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको...











